समाज

    Showing ६१-७० of १२४ items.
  • प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई खुलापत्र !

    – शालिग्राम पाण्डे प्रधानन्यायाधीशज्यू, न्यायालयको सुधारका लागि जनताले तपाईबाट धेरै अपेक्षा गरेका थिए । प्रधानन्यायाधीशहरूको पाँच बर्से कार्यकाल यसअघि विरलै न्यायाधीशहरूको हुने गर्दथ्यो । तपाईको कार्याकाल पूरा पाँच वर्षको छ । तर यस अवधिमा न्यायालयभित्र मौलाएको विकृति–विसङ्गतिलाई हटाउन ध्यान नगएको हो वा ध्यान दिएर पनि नसकेको हो भन्न सकिएन । केही महिना अघिमात्र सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले पेस गर्नुभएको प्रतिवेदनमा न्यायालयको सुधारका लागि नगरी नहुने केही महत्त्वपूर्ण कुरा आएका छन् । कम्तीमा प्रधानन्यायाधीशज्यूबाट ती विषयलाई न्यूनतम रूपमा केलाएर हेरी सुधार गर्ने प्रय

    • प्रकाशित मितिः आश्विन २१, २०७८
    • ३९९ पटक पढिएको
    • नेपाल रेखा
  • जिल्ला अदालत कर्मचारी प्रशासनमा ब्यापक सुधार गरिने

    जनक पाण्डे नपालरेखा / इनरुवा । यो काम ऊ काम किन नगरिदिएको भन्दै कानुन ब्यावशायीहरुले सुनसरी जिल्ला अदालतका मुद्दा फाँटका कर्मचारीहरुलाई बारम्बार भनेर दिक्क लगाउने गरेको फाँटका कर्मचारीले गुनासो ब्यक्त गरेका छन् । सुनसरी जिल्ला अदालतको २ नं. मुद्दा फाँटको मुद्दा बिवरण हेर्दै आउनु भएका नायव सुब्बा कर्मचारी तुलसी रिजालले फाँटमा आफ्नो स्वबिवेकले काम गर्ने वातावरण नमिलेको तर्फ संकेत हुनेगरि कानुन ब्यावशायीहरुको कार्यालय भित्र हुने गरेको यस्तो वातावरणले कर्मचारीमा दिकदारी उत्पन्न हुने बताउनु भएको छ । ‘कर्मचारिले अदालतको मूद्दा फैसला प्रभाबित हुनेगरि कुनै काम गर्दैनौ’, मुद्दा फाँटका कर

    • प्रकाशित मितिः आश्विन २१, २०७८
    • १३१ पटक पढिएको
    • नेपाल रेखा
  • राष्ट्रिय बाणिज्य बैंकमा भिडभाडको समस्या एटिएम नचल्दा झनै समस्या

    जनक पाण्डे नेपालरेखा / इटहरी । सुनसरी र मोरङ्गमा राष्ट्रिय बाणिज्य बैंकका शाखाहरुमा पैसा निकाल्न प्रयोग हुने स्वचालित कारोवारको मेशीन एटिएम बारम्बार बिग्रने समस्याले बैंकमा सेवाग्राहिहरु मर्कामा परेका छन् । दशंै, तिहार र छटपर्वहरुको मुखैमा सेवाग्राहिले पैसा निकाल्न बैंकमा घण्टौं कुरेर भिडमा लाईन बस्नु पर्ने बाध्यताले सेवाग्राहिहरुलाई झनै मर्का परेको हो । नेपाल सरकारको स्वामित्व भएका ठुला र विश्वासिलो मध्येको एक राष्ट्र बाणिज्य बैंक इटहरी शाखाको एटिएम मेशीनले लामो समयदेखि काम नगर्दा बिषेश चाडबाडको बेला बैंकको छिटो छरितो सेवा यसरी प्रभावित बनेको हो । बाणिज्य बैंक इटहरी शाखाको एटिएम बिगत तीन

    • प्रकाशित मितिः आश्विन २०, २०७८
    • १४७ पटक पढिएको
    • नेपाल रेखा
  • उद्यमशीलता भित्र नयाँ उद्यम, प्राइड क्लिक्स

    नपालरेखा/इटहरी । पर्यटन क्षेत्रमा प्रवद्र्धनका लागि सहजता थप्न प्राईड हस्पीटालिटी प्रा.लि.ले होटल ब्यावशाय र यसका सेवाग्राहीको सुबिधाको लागि अनलाईन मार्फत होटल बुकिङ्ग र भूक्तानिको सेवाको लागि प्राईड क्लिक्स नामक एप्लीकेशन लन्च गरेको जनाएको छ । होटल ब्यावशायीहरुका लागि होटल ब्यवस्थापन कम्पनी प्राईड हस्पीटालिटी प्रा.लि.ले ल्याएको यस्तो सेवाले प्रत्यक्ष होटलको सम्पर्कमा रहेर गरिने बुकिङ्ग भन्दा प्राईड क्लिक्सबाट आफुले रोजेको होटल बुकिङ्ग गर्दा सस्तो मूल्य पर्न जाने बताइएको छ ।सेवा सुबिधा लिए बापत सेवाग्राही तथा गेष्टले यसमा अतिरिक्त पोईन्टस र लोयाल्टी समेत प्रात्त गर्न सक्ने हुँदा सेवाग्राहीहरु

    • प्रकाशित मितिः आश्विन १६, २०७८
    • ३८२ पटक पढिएको
    • नेपाल रेखा
  • सुनसरीको ईटहरीमा जितिया पर्व फोटो फिचरः

    सुनसरीको ईटहरीमा आयोजित जितिया पर्वको कार्यक्रममा सहभागि थारु समुदायका स्थानिय महिला, बालबालिका तथा यूवा यूवतीहरु । यो पर्वमा थारु समुदायका महिलाहरु आफ्ना सन्तानको सुख, खुसी र प्रगतिका लागि भगवान जितमहान गोँसाईको श्रद्धापूर्वक पूजा अर्चना गरि निर्जल उपवास बस्ने गर्दछन् ।  बैदिक सनातन हिन्दु रित अनुसार तराई मधेशमा मनाईने यो पर्व मातृस्नेह र मातृवात्सल्यको प्रतिकको रुपमा रहेको पाईन्छ । आश्वीन कृष्ण पक्ष सप्तमी देखि नहमी सम्म तिन दिन मनाईने यो पर्वमा भगवान बिष्णु, शिव र शुर्य भगवानको पूजा आरधना गर्दै पारम्परिक गीत, संगित र नाचगान सहित तराईमा यो पर्व मनाईन्छ । प्रकृति पुजा, प्रकृति प्रेम प

    • प्रकाशित मितिः आश्विन १४, २०७८
    • १२२ पटक पढिएको
    • नेपाल रेखा
  • वडा कार्यसमितिको सभापतिमा चेतेन्द्र खड्का विजयी

    जनक पाण्डे/नेपालरेखा । पथरी/नेपाली काँग्रेस पथरी–शनिश्चरे नगरपालिका ५ नं. वडाको अधिवेशनले चयन गरेको काँग्रेस वडा कार्यसमितिको सभापतिमा चेतेन्द्र खड्का (चेतन) विजयी भएका छन् । ५ नं. वडाको जनप्रतिनिधि समेत रहेका खड्काको यो जित संगै अव ५ नं. वडाको नेपाली काँग्रेस पार्टीलाई नेतृत्व गर्ने जिम्मेवारी समेत उनलाई थपिएको छ । वडा कार्य समितिमा बिजय भएपछि संचारकर्मीसंग कुराकानी गर्दै नव निर्वाचित वडा सभापति चेतेन्द्र खड्काले अबको नेतृत्वले श्रद्धेय अग्रज नेताहरुको वाणिहरुलाई मुलमन्त्रको रुपमा अनुसरण गरेर अगाडी जानुपर्ने बताएका छन् । खड्काले पार्टीभित्र एकताको भावना कम भए सिङ्गो पार्टीलाई नै यसक

    • प्रकाशित मितिः आश्विन ७, २०७८
    • ४६ पटक पढिएको
    • नेपाल रेखा
  • बैदेशिक रोजगारीले स्वदेशमा औद्योगिक जनशक्ति अभाव

    जनक पाण्डे   सुनसरी / नेपालरेखा।  अर्थतन्त्रको बलियो आधार यूवा जनशक्ति रोजगारीका लागि तेस्रोे मुलुक पलायन हुने प्रचलन बढ्दै गएपछि उत्पादन मूलक उद्योगहरुमा समेत समय– समयमा जनशक्ति अभाव हुने गरेको छ । उद्योगमा काम गरिरहेका यूवा श्रमिकहरु वैदेशिक रोजगारीका लागि भिजा नलागेसम्म काम गर्ने भिजा लागेपछि दुई चार महिनामै रोजगारी छोडेर बिदेश जाने परिपाटीले उद्योगहरुमा जनशक्ति अभाव हुने गरेको हो । सुनसरी–मोरङ्गका अधिकांश उद्योगहरुले उत्पादनका लागि स्वदेशी श्रमिक परिचालन गर्ने गरेका भए पनि दक्ष जनशक्ति, प्राबिधिकहरु भारतबाट बोलाउने  गरेका छन् । सोनापुरमा रहेको ओम उड प्रोड

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • ५७९ पटक पढिएको
    • नेपाल रेखा
  • किरात स्वायत्त राज्यको निम्ति बृहत संघर्षको उठान गर्नेछौं’ ज्ञान किराती

    गणतन्त्र मार्ग निर्माण समिति अध्यक्ष (इटहरी हलगडा टोल विकास अन्तर्गत), किरात साँस्कृतिक कला केन्द्रको अध्यक्ष, किरात राई सुन्निमा संघ सुनसरी जिल्ला सल्लाहाकार, किरात राई यायोख्खाको प्रकास इटहरी (५ र ७ वडा कमिटि) सल्लाहाकार हुनुहुन्छ ज्ञान किराती । २०३० सालमा भोजपुर हालको आमचोक गाउँपालिका वडा नम्बर–६ तुम्मा बाराताङ, साविक देवानटार गाविसमा बुबा कमानसिंह राई–आमा शीरमाया राईको कोखबाट जन्मिएका ज्ञान किराती हाल इटहरी–५ गणतन्त्र मार्ग हलगडा टोलमा बसोबास गर्नुहुन्छ । उहाँ बिभिन्न सामाजिक तथा राजनीतिक संघ, संस्थाको स्थानीयदेखि केन्द्रीय नेतृत्वमा समेत रहनु भएको छ ।ज्ञान किराती किरात

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • २७८ पटक पढिएको
    • नेपाल रेखा
  • चर्चा चलेको नेप्से चोक

    नेपालरेखा / इटहरी ।  चोकको चौतारीमा बरको रुखमा टाँगिएको एउटा साईन बोर्ड ‘नेप्सेचोकमा यहाहरुलाई हार्दिक स्वागत छ’ नेप्से चोक, इटहरी–५ । यो चोकमा आउने जो कोहिलाई अचम्म लाग्न सक्छ यो कस्ता नाम होला ? तर नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नाम बाट जुराईएको यो नाम शेयर बजार कारोवार गर्ने जो कोहिलाई भने यो नाम नौलो छैन । चोकको आडैमा संखुवासभाका बिनोद दाहालको किराना तथा चिया पसल पनि छ । अनि हरेक दिन चोक र चिया पसलमा शेयर बजारको कुराकानी हुनेगरेपछि यो चोकको नाम नै नेप्से चोक राखिनु पर्ने स्थानिय युवाहरुको भनाई आएपछि चोकको नामाकरण नेप्से चोक राखिएको स्थानीय समाजसेवी तथा अधिवक्

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • ४९९ पटक पढिएको
    • नेपाल रेखा
  • बालबालिका लाई खाद्यान्न बितरण गर्दै लायन्स क्लव अफ ईटहरी क्रिएटिभ लेडीको सेवा सप्ताह सुरु

    नेपालरेखा / इटहरी । लायन्स क्लब अफ इटहरी क्रिएटिभ लेडीको नयाँ कार्य समितिले सेवाको पहिलो दिन जुलाई १ तारिख बाट निशहाय बालबालिका सेवा आश्रम इटहरीलाई खाद्यान्न बितरण गरेर सप्ताहब्यापी कार्यक्रमको सुरुवात गरेको छ । सन् २०२१–२०२२ को नयाँ कार्यसमितिले आफ्नो नियमित सामाजिक सेवाको बिभिन्न कार्यक्रम अघि सार्दै आफ्नो सेवा सप्ताह सुरु गरेको हो । बालबालिकाका लागि चामल, दाल, खाजा, दुध लगायतका सामाग्रीहरु क्रिएटिभ लेडीका अध्यक्ष्य निता शर्मा लगायतका सदस्यहरुले संयूक्त रुपमा निशहाय बालबालिका सेवा आश्रम इटहरी कि आमा संस्थापक गितादेवी गौतमलाई उक्त खाद्यान्न हस्तान्तरण गरेका थिए । जहाँ आवश्यकता त्यहा

    • प्रकाशित मितिः असार १७, २०७८
    • १०५ पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]