निःसहाय बालबालिका सेवा आश्रमलाई १ लाख ११ हजार नगद सहयोग

  • असार ३१, २०८० / नेपाल रेखा
alt

इटहरी । दाताहरुको सहयोगबाट सञ्चालन हुदै आएको इटहरीमा रहेको निःसहाय बालबालिका सेवा आश्रममा आश्रय लिने बालबालिकाहरुको संरक्षणका लागि सात समुन्द्रपारी रहेका नेपालीहरुले समेत सहयोग गर्दै आएका छन् । यही क्रममा अमेरिकामा बसोबास गर्दै आएका सुनसरीको रामधुनीका कृष्ण आचार्यले पनि सहयोग गरेका छन् ।
अमेरिकामा बसोबास गर्दै आएका आचार्यले आश्रममा एक लाख एघार हजार एक सय एघार रुपैया नगद सहित बालबालिकाहरुलाई लत्ताकपडा लगायत सहयोग गरेका हुन् ।
आश्रमका बालबालिकाहरुलाई सहयोग गर्न अमेरिकामा बसोबास गर्ने नेपालीहरुले स्थापना गरेको लायन्स क्लब अफ क्वीन्समा रहेका तथा आफु काम गर्ने होटलका साथीहरु समेतबाट संकलित रकम र आफुले थप गरेर सहयोग उपलब्ध गराएको आचार्यले बताए ।
वि.स.२०४४ सालमा स्थापित निःसहाय बालबालिका सेवा आश्रममा दाताहरुको सहयोगले ठुलो महत्व राख्ने बताउदै आश्रमकी सञ्चालिका गिता गौतमले सात समुन्द्रपारबाट आएर समेत सहयोग उपलव्ध गराउनु भएको भन्दै खुशी लागेको बताइन् । उनले हाल आश्रम सञ्चालनमा रहेको स्थान साँघुरो भएकाले भवन बनाउन लागिएको र भवन निर्माणमा समेत सहयोगीहरुको सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन् ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको यस आश्रममा हाल ४८ जना बालबालिकाहरुले आश्रय लिदै आएका छन् । जसमध्ये कोही स्नातक र कोही स्नाकोत्तरसम्म अध्ययन गरिरहेका छन् भने अरु विद्यालय तहमा अध्ययन गरिरहेका समेत छन् । विगतमा आश्रममा आश्रय लिएका कतिपय बालबालिकाहरु विभिन्न पेशा व्यवसायमा आवद्ध भएका र जीवनयापन गरिरहेका छन् ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]