इटहरी । स्वतन्त्र नागरिक समाज सुनसरीको प्रथम वार्षिक साधारण सभाले पन्ध्र सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ । इटहरीको राधाकृष्ण शिव मन्दिरमा शनिवार आयोजित वार्षिक साधारण सभाले उक्त नयाँ सुनसरी जिल्ला कार्य समितिको चयन गरेको हो ।
समाजको नयाँ कार्य समितिको संयोजकमा मोहन प्रसाद ढकाल निर्वाचीत भएका छन् । त्यसै गरेर उप-संयोजकमा शिवकुमार (एसके) राई सचीवमा दिनेश कोईराला, सह-सचिवमा हिरा आचार्य र सह-कोषाध्यक्षमा दिमोशा मगर स्वतन्त्र नागरिक समाज सुनसरीको जिल्ला कार्य समितिमा निवाचित भएका हुन् ।
त्यस्तै समितिको सदस्यहरुमा बिवेक चौधरी, हरिभक्त चौधरी, गोरखनाथ रौनियार, ओमेन्द्र महत, निर्बिरोध निर्वाचित भएका छन् । त्यसैगरेर, रामप्रसाद आचार्य, टिकाराम कट्टेल, जनक प्रसाद वाग्ले र अग्नी फुँयल सदस्यमा निर्विरोध निवाचित भएका छन् ।
निर्वाचनमा कोषाध्यक्ष र एक जना सदस्यको पद पुर्ति समाजको नयाँ कार्यसमितिको बैठक बाट मनोनयन प्रकृया बाट पद पुर्ति गरिने स्वतन्त्र नागरिक समाजका सुनसरीका नव निवार्चित अध्यक्ष मोहन प्रसाद ढकालले बताए ।
समाजका निवर्तमान संयोजक जनक पाण्डेको अध्यक्षता तथा निःसहाय बालबालिका आश्रमका अध्यक्ष गीता गौतम को प्रमुख आतित्यमा सम्पन्न थियो । समाजको प्रथम वार्षिक साधारण सभामा समाज संग आवद्ध बिभिन्न बक्ताहरुले समाजको औचित्य र खाँचो बारेमा बोलेका थिए ।
निःसहाय बालबालिका आश्रम कि प्रमुख गीता गौतमले कार्यक्रममा बोल्दै इटहरी वासी न्यायप्रेमी भएकाले ईटहरीमा बिभिन्न संघ संस्थाहरुले आफ्ना गतिबिधीहरु अगाडी बढाएका छन् । स्वतन्त्र नागरिक समाजले देश र जनताको हितमा असल काम गरेर देशकै उदाहरणीय संस्था बन्न सकोस भन्ने कामना गरिन ।
त्यस्तै कार्यक्रममा बोल्दै कानुन ब्यावशायी उद्धव कटुवालले सरकारलाई राम्रोकार्य गर्न खवरदारी गर्न पनि यो संस्था को आवश्यकता रहेको बताए । स्वतन्त्र नागरिक समाज सुन्दरहरैचाका अध्यक्ष चिरन्जिवी शिवाकोटीले यो समाज सरकारको बिरोधी नभई राम्रो कार्य गर्न उत्प्रेरक भएको बताए ।
त्यसैगरेर, बक्ताहरु बोल्ने क्रममा स्वतन्त्र नागरिक समाज सुनसरीका संस्थापक सल्लाहकार शालिग्राम पाण्डेले निरिह र असाहयको लागि आमरुपमा बोल्ने र सरकारलाई राम्रोकाम गर्न झकझकाउन यो समाजको खाँचो रहेको बताए । त्यस्तै मिडिया कर्मी खगेन्द्र काकीले स्वतन्त्र नागरिक समाज परिवर्तनका लागि एउटा स्वच्छन्द समाज भएको बताएका छन् ।
कार्यक्रममा समाजका सल्लाहकार एवं शिक्षा पेशाकर्मी राजेन्द्र श्रेष्ठ, त्यस्तै समाजसेवी टिकाप्रसाद दंगालको बिषेश आतित्यमा उपस्थिति रहेको थियो । कार्यक्रममा समाजका बिभिन्न क्षेत्र, वर्ग र पेशाका बिभिन्न ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।