मोरंग/नेपालरेखा । कृषिकर्मलाई प्रोत्साहन गर्दै पथरी शनिश्चरे नगरपालिकाले आफ्नो नगरको ५ नं. वडा हसन्दहमा असार १५ गतेको अवसरमा धान दिवश मनाएको छ । जलवायु अनुकुलित कृषक मैत्री प्रबिधी, धान उत्पादनमा बृद्धि भन्ने नाराका साथ पथरीशनिश्चरे नगरले हसन्दहमा २०औं राष्ट्रिय धान दिवश-२०८० मनाएको हो ।
धान दिवश स्थानिय कृष्णबहादुर थापाको खेतमा जनप्रतिनिधी, बिभिन्न संघ संस्थाका प्रतिनिधीहरु लगायत स्थानीय वडा वासीको सहभागितामा सवैले धान रोपेर मनाईएको थियो । धान दिवशमा पथरी शनिश्चरे नगरपालिकाका मेयर मोहन प्रसाद तुम्वापो, उपमेयर देवीमाया काफ्ले, नगरका प्रमुख प्रसासकिय अधिकृत लक्ष्मी खरेल, पुर्व उपमेयर यमुना बिष्ट, नगर कृषि शाखाका प्रतितिनिधी, शिक्षा शाखा, महिला तथा बालबालिका शाखा, सहकारी शाखा लगायत नगर कार्यपालिकाका प्रवक्ता नबिन जंग कार्कीको रोपाई कार्यक्रममा उपस्थिति रहेको थियो ।
पथरीशनिश्चरे नगरपाकिाको बित्तिय सहयोगमा स्थानिय साना किसान तथा कृषि सहकारी संस्था लि.हसन्दहले आयोजना गरेको धान दिवश कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका मेयर मोहन प्रसाद तुम्बापोले स्थानिय स्तरमा समेत कृषिकर्म उपेक्षामा परेको बताएका थिए । कृषिकर्म पुणर्रुपमा युवाहरुको रोजाईमा पार्नुपर्ने भएकोले यसमा परिवर्तन ल्याउन आवश्यक रहेको बताउँदै तुम्वापोले स्थानिय सरकारबाट यसलाई प्रोत्साहन गरिने बताएका छन् ।
त्यसैगरेर, धान दिवशको रोपाई कार्यक्रममा ५ नं. वडा जनप्रतिनिधीहरु तुलसा खड्का (मुना), बिनय तिम्सीना र दिलबहादुर मगर लगायत स्थानिय वडावासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । त्यस्तै ६ नं. वडाबाट शूर्य एग्रीकल्चर प्रा. लि. हसन्दह का संञ्चालक नन्दन थापाको रोपाई कार्यक्रममा उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता गरेको आयोजक संस्था साना किसान तथा कृषि सहकारी संस्था लि. हसन्दहका अध्यक्ष शरण राईले धान दिवशको यस रोपाई कार्यक्रमले समाजमा कृषि पेशाको सम्मान भएको र कृषि संस्कृती प्रवर्धन भएको बताएका छन् । त्यसै गरेर सहकारीका शेयर सदस्य समेत रहेका रोपाईका लागि खेत उपलब्ध गराउने स्थानिय कृष्णबहादुर थापाले धान दिवसको कार्यक्रमले स्थानिय युवामा कृषिमाथि सकारात्मक संदेश प्रवाह भएको बताएका छन् ।
त्यसैगरेर, साना किसान सहकारी संस्था लि. का अर्का शेयर सदस्य प्रकाश सुवेदीले कार्यक्रम संञ्चालन गरेर कार्यक्रमलाई औपचारिकता प्रदान गरेका थिए । पथरी शनिश्चरे नगरपालिकाको ५ नं. वडा र ६ नं. वडा कृषिका लागि उर्वर भूमि मानिएको छ । जनक पाण्डे बाट ।
फोटो फिचरः