दंगा भड्किन नदिन तीनै तहका सरकारलाई पहलकदमी लिन आग्रह

  • भदौ १२, २०८० / नेपाल रेखा
alt

इटहरी । धरानको ‘गोबध’ प्रकरणले निम्तिएको विवादले सामाजिक सद्भावलाई खलल पु¥याएर सम्प्रदायिक दंगाको रुप लिने चिन्ता बढाएकोमा नागरिक समाज इटहरीले सवैलाई सचेत हुन आग्रह गरेको छ ।
नागरिक समाज इटहरीको बैठकपछि जारी विज्ञप्तिमा धरानमा तय भइसकेको सद्भाव ¥याली र त्यसबाट हुन सक्ने सम्भावित घटनाप्रति सचेत भएर सामाजिक एकतामा खलल पुग्ने कार्यबाट टाढा रही एकता–सद्भावको पक्षमा उभिने सवैप्रति धन्यवाद व्यक्त गरिएको छ । समस्या समाधानका निम्ति आ–आफ्नो ठाउँबाट हरसम्भव पहल गर्ने तीनै तहको सरकार, जिल्ला प्रशासन कार्यालय सुनसरी, स्थानीय राजनीतिक दल, धरानका पूर्व मेयरहरु, सामाजिक संस्था, बौद्धिक समुदाय, स्थानीय प्रशासन, सुरक्षाकर्मीसहित सवैलाई नागरिक समाज इटहरीले धन्यवाद व्यक्त गरेको छ ।
आपसी एकता, सद्भाव र धार्मिक सहिष्णुता कायम राख्दै नेपालको सामाजिक, धार्मिक सद्भाव र एकतामा आँच आउन दिनु हुँदैन भन्नेमा नागरिक समाज प्रष्ट भएको अध्यक्ष बालिका खड्का भट्टराईद्दारा जारी विज्ञप्तिमा उल्लेख छ । धरानलगायतका अन्य ठाँउमा आपसी भाइचारा र सामाजिक सद्भावलाई खलल पु¥याउने क्रियाकलाप आगामी दिन दोहोरिन नदिन आग्रह गरिएको छ ।
तीनै तहका सरकारले यसका लागि थप पहलकदमी लिनुपर्ने आवश्यकता रहेको नागरिक समाजको विज्ञप्तिमा उल्लेख छ । साथै, सामाजिक अन्तरसम्बन्ध खल्बलिने, अन्तरविरोध बढाउने, द्धन्द्ध निम्त्यिाउने खालका गतिविधि सञ्चालन गराउने समूहदेखि सचेत रहन पनि सवैलाई अपील गरिएको छ ।
पछिल्लो समय धरान वडा नं. १४ विजयपुरमा रहेको बालगोपाल मन्दिर अगाडि बनेको चर्चको विषय र साउन ३० गते साँस्कृतिक अभियान भन्दै धरान वडा नं. ११ मंगलबारे चौकको सार्वजनिक स्थलमा गोरु काटेर सामूहिक भोज गरि भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेपछि धार्मिक र सामाजिक सद्भाव बिथोलिएर उत्कर्षमा पुगेको थियो । घटना साम्य हुने क्रममा रहेपनि यसलाई चर्काउन विभिन्न समूह अझै पनि सक्रिय रहेकाले नागरिक समाज इटहरीले सचेत हुन सवै पक्षसँग आग्रह गरेको हो ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]