यूवासंग हेल्पीङ यूथ सुनसरी

  • भदौ २४, २०८० / नेपाल रेखा
alt


नेपालरेखा । यूवालाई संञ्चार संग जोडेर आम यूवाका समस्या निवारण गर्न मद्दत पुर्याउने उद्देश्यले एकदिने यूवामुखी अन्तर्कृया कार्यक्रम शनिवार सुनसरीको दुहवीमा सम्पन्न भएको छ । आम यूवाका बिषयहरु सार्वजनिक रुपमा उठान गरेर यूवाहरुमाझ सचेतना अभिबृद्धि गराउन हेल्पीङ युथ सुनसरीले कार्यक्रमको आयोजना गरेको हो ।


समाज परिवर्तनको मुख्य सम्वाहक संञ्चार जगत नै भएकोले स्थानीय युवाहरुमाझ संञ्चारको महत्व यसको पहुँच लाई बुझन पनि यूवाले आवश्यक रहेकोले कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष बिकल पौडेलले बताए ।


संञ्चारले ल्याउनसक्ने परिवर्तन बाट युवाहरु कसरी लाभान्वित हुँदै समाजलाई कसरी योगदान पुर्यान सकिन्छ भन्ने बिषयमा अन्तर्कृृया रहेको कार्यक्रमका आयोजक मित्र क्षेत्रीले बताए ।


कार्यक्रममा बोल्दै दुहवी नगरपालिकाकी उपमेयर मेनुका पोखरेलले समाज परिवर्तनमा योगदान जस्तो गहन बिषयमा चूनौतिहरु धेरैनै हुने भएपनि सवैको बलबाट परिवर्तन सम्भव भएकोले यूवाहरु निरन्तर लागिपर्नु पर्ने बताईन । संञ्चार नै बिकाशको मुल आधार भएको र यूवाहरुले यसमा चासो राख्नुपर्ने पनि उपमेयर पोखरेलले बताईन ।


कार्यक्रममा स्थानिय पत्रकार सुमन पुरीले खोज पत्रकारीताको माध्यमबाट समाजमा लुकेका यूवाका समस्याहरु उठान गर्न सकिने बारेको धारणा यूवामाझ राखेका थिए ।


उक्त अन्तरक्रिया कार्यक्रममा युवाले पत्रकारिता क्षेत्रबाट के कस्तो अपेक्षा राखेका छन् भन्ने कुराको सम्बन्धमा छलफल गरिएको थियो । समाजमा भएका विकृति, विसङ्गति, तथा समस्याका बारेमा उजागर गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक मनोज निरौलाले बताए ।


कार्यक्रममा सुनसरी र मोरङका बिभिन्न सामाजिक ब्यक्तित्वहरु, समाजसेवी, पत्रकार महासंघ कोशी प्रदेश महासचिव बिवेक गौतम, निवर्तमान अध्यक्ष बिक्रम लुईटल लगायत पत्रकारहरु र स्थानीय यूवाहरुको उपस्थिति रहेको थियो ।

 

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

रसुवामा भीषण बाढी, स ...

रसुवा । रसुवामा आएको भीषण बाढीका कारण स्याफ्रुबेँसी, टि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]