खेलकुद

    Showing 11-20 of 127 items.
  • इटहरी गोल्डकप - युवा समाज मोरङ सेमिफाइनलमा

    इटहरी । सुनसरीको इटहरीमा सोमबारदेखि सुरु भएको १६ औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा युवा समाज मोरङ प्रवेश गरेको छ । राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरीस्थित रङ्गशालामा सुरु भएको रात्रिकालीन प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न उद्घाटन खेलमा जस्ट जोन एफसी, नाइजेरियालाई ३–२ गोल अन्तरले पराजित गर्दै युवा समाज मोरङ सेमिफाइनलमा प्रवेश गरेको हो ।पहिलो खेलको चार मिनेटमा युवा समाजका श्रीजन गौतमले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने ३५ औँ मिनेटमा नाइजेरियाका डिबोला हामजामले गोल गर्दै खेललाई एक–एकको बराबरीमा ल्याएका थिए ।पहिलो हाफ

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • 265 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरी गोल्डकप आजदेखि – एफसिनाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

    इटहरी । सुनसरीको इटहरीमा आजदेखि १६ औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।आयोजक राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरीस्थित रङ्गशालामा आज साँझ ६ः३० बजेदेखि रात्रिकालीन रूपमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा जस्ट जोन एफसिनाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा हुनेछ ।आजदेखि सुरु भई आगामी वैशाख ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताका विजेताले १० लाख र उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्ने कार्यक्रम संयोजक अनुरोध थापाले बताउनुभयो ।प्रतियोगितामा सर्वाधिक गोलकर्ता खेलाडीलाई २५

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • 257 पटक पढिएको
    • नेपाल रेखा
  • छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप चैत २२ देखि

    इटहरी । सुनसरीको इटहरीमा यही चैत २२ गतेदेखि ‘छैठौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ । प्रतियोगिता चैत २८ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।हाम्रो इटहरी भेट्रान क्लबको आयोजनामा हुन लागेको उक्त प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार नगद पुरस्कार पाउनेछ । प्रतियोगिताको मुख्य उद्देश्य पुराना खेलाडीहरूलाई पुनः खेलमा सक्रिय बनाउनुका साथै नयाँ खेलाडी उत्पादन र खेल प्रशिक्षक (कोच) तयार पार्नु रहेको आयोजकले जनाएको छ ।हाम्रो इटहरी भेट्रान क्लबका अध्यक्ष राम शरण चौधरीको सभ

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 286 पटक पढिएको
    • नेपाल रेखा
  • गुम्दामा आलु मेलामा खेलाडीलाई तीन पाथी आलु पुरस्कार

    गोरखा । धार्चे गाउँपालिका–५ गुम्दामा विगत वर्षमा झैँ यस वर्ष पनि आलु मेला सम्पन्न भएको छ । गुम्दा एकता युवा क्लब र थामरा धार्चे युवा क्लबले यही भदौ १ देखि ५ गतेसम्म उक्त मेला आयोजना गरेको हो ।‘अग्रज स्रष्टा र खेलाडीको सम्मान, कला, संस्कृति, पर्यटनको प्रवर्द्धनमा हाम्रो अभियान’ नाराका साथ मेला आयोजना गरिएको आयोजक गुम्दा एकता क्लबका अध्यक्ष मनुराज गुरुङले बताउनुभयो । मेलामा जिल्लास्तरीय अन्तर क्लब पुरुष र महिला भलिबल प्रतियोगिता तथा स्थानीयस्तरमा उत्पादन भएका आलु प्रदर्शनसँगै विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । पुरुष भलिबल प्रतियोगितामा धार्चे–७ लापुबेँसीको घल

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 454 पटक पढिएको
    • नेपाल रेखा
  • अखिल नेपाल खेलकुद महासंघ प्रदेश १ अध्यक्षमा इटहरीका रितेश श्रेष्ठ

    इटहरी । अखिल नेपाल खेलकुद महासंघ प्रदेश १ ले दोस्रो अधिवेशन सम्पन्न गरी नयाँ ६१ सदस्यीय प्रदेश कार्यसमिति निर्वाचित गरेको छ । सुनसरीको इटहरीमा शनिबार उद्घाटन भएको अधिवेशन आइतबार सम्पन्न भएको हो । प्रदेश स्तरमा अखिल नेपाल खेलकुद महासंघमा खेलाडीहरुलाई संगठित गर्न अधिवेशन आयोजना गरिएको हो । १४ जिल्लाबाट आएका १२९ प्रतिनिधिहरूद्वारा निर्वाचन समितिले अगाडि बढाएको प्रक्रियाबाट सर्वसहमत अध्यक्षमाः रितेश श्रेष्ठ निर्वाचित भएका छन् ।उपाध्यक्षहरूमा– नयन श्रेष्ठ, गणेश मगर, योगेश थापा निर्वाचित भए । सचिवमा इन्द्रकुमार योञ्जन तामाङ निर्वाचित भए भने सहसचिवमा कृष्णबहादुर राई चाम्लिङ्ग र कोषाध्यक्षमा&nda

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 756 पटक पढिएको
    • नेपाल रेखा
  • नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्ने

    काठमाडौं । अस्ट्रेलियामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेल्ने भएको छ ।नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज एक प्रेस विज्ञप्ती जारी गर्दै नेपालले आगामी भदौ १० देखि १४ गतेसम्म पाँच अभ्यास शृंखला खेल्ने जनाएको हो । नेपालले आगामी भदौ १० गते एसिटी तथा भदौ १२ गते साउथ अस्ट्रेलियासँग समान दुई दुई ट्वान्टी–२० खेल्नेछ । पहिलो खेल बिहान ४ः४५ तथा दोस्रो खेल ९ः४५ मा सुरु हुनेछ ।त्यसैगरी नेपालले भदौ १४ गते साउथ अस्ट्रेलियासँगै एकदिवसीय खेल खेल्ने तय छ । यो खेल बिहान ५ः४५ मा सुरु हुने छ । यो अभ्यास शृंखला अघि नेपालले अस्ट्रेलियाको डार्बिनमा टप एन्ड टी–

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 620 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीमा पहिलो राष्ट्रिय कोबुदो विशेष ‘किहोन’ सेमिनार सम्पन्न

    इटहरी । सुनसरीको इटहरीमा ऐतिहासिक प्रथम राष्ट्रिय कोबुदो विशेष ‘किहोन’ सेमिनार दुई दिनसम्म भव्य रूपमा सम्पन्न भएको छ । नेपालका विभिन्न प्रदेशहरूबाट सहभागी वरिष्ठ प्रशिक्षक तथा खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त सेमिनारले नेपाली कराते खेल क्षेत्रमा थप उपलब्धी हासिल भएको छ ।दुई दिने सेमिनारमा जापानबाट आएका करातेका ओल्ड ग्रान्ड मास्टर गियो गिबो सहित १२ जना वरिष्ठ प्रशिक्षकहरूले विभिन्न विधामा कोबुदो तथा करातेका विशेष कौशल प्रदर्शन गर्नुका साथै प्रशिक्षण प्रदान गरेका थिए ।‘शान्ति–मित्रता–एकता’ भन्ने मूल नाराका साथ कार्यक्रम सञ्चालन गरिएको हो । सेमिनारको स

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 690 पटक पढिएको
    • नेपाल रेखा
  • मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा तामाङको पुनःबहाली

    विराटनगर । उच्च अदालत विराटनगरको आदेशपछि इन्द्रकुमार योन्जन तामाङले पुनः मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षको कार्यभार सम्हालेका छन् । अदालतले पुनः बहालीको आदेश दिएपछि तामाङ मंगलबार जिल्ला खेलकुद विकास समितिको कार्यालयमा पुगेर औपचारिक रूपमा कार्यभार ग्रहण गरेका हुन् ।तामाङ २०८० चैत २३ गते चार वर्षे कार्यकालका लागि मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त भएका थिए । तर २०८१ भदौ ६ गते प्रदेश खेलकुद विकास बोर्ड कोशीका सदस्य सचिव पर्शुराम बस्नेत (कृष्ण) ले तामाङलाई पदबाट हटाएका थिए । बस्नेतले आफ्नो निकट राजनीतिक कार्यकर्तालाई नियुक्त गर्न तामाङलाई हटाएको आरोप ला

    • प्रकाशित मितिः असार ४, २०८२
    • 684 पटक पढिएको
    • नेपाल रेखा
  • फुटबलर सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण

    लमजुङ । नेपाली महिला फुटबल टोलीकी चर्चित फुटबल खेलाडी सावित्रा भण्डारीको सम्मानमा मस्र्याङ्दी गाउँपालिका–९ खुदीपुल वारिको क्षेत्रलाई ‘साम्बा चोक’ नामाकरण गरिएको छ । आज एक कार्यक्रमबीच मस्र्याङ्दी–९ पामचोकका फुटबलर सावित्राको सम्मानमा साम्बा चोक नामाकरण गरिएको हो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले साम्बाको तस्बिर राख्दै आजदेखि यस क्षेत्रलाई साम्बा चोक नामाकरण गरिएको घोषणा गर्नुभयो । आफ्नै ठाउँको चेली सावित्रा फुटबल खेलको क्षेत्रबाट पालिका, जिल्ला मात्र नभई नेपाललाई विश्वसामु चिनाउन सफल भएकाले पालिकावासी हर्षित रहेको उहाँको भनाइ छ । यस्ता कार्यले सावित्रालाई प्रेरणा मिल्

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 722 पटक पढिएको
    • नेपाल रेखा
  • ओलम्पियन केसीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

    गण्डकी । नवौँ संस्करणको पोखरा स्पोट्र्स अवार्डअन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन एवं सुटिङ प्रशिक्षक भगवती खत्री केसीलाई प्रदान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा पोखरामा आयोजित अवार्ड वितरण समारोहमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले उहाँलाई अवार्ड हस्तान्तरण गर्नुभयो । यसअघि अवार्ड छनोट समितिले उक्त अवार्डका लागि केसीको नाम सिफारिस गरेको थियो । नेपाल सुटिङ सङ्घका उपाध्यक्ष केसीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी भई विभिन्न पदक हात पारिसक्नुभएको छ । बागलुङकी उहाँ सन् २००० मा सिड्नीमा भएको २७ औँ ओलम्पिक खेलमा

    • प्रकाशित मितिः वैशाख २७, २०८२
    • 640 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]