गुम्दामा आलु मेलामा खेलाडीलाई तीन पाथी आलु पुरस्कार

  • भदौ ८, २०८२ / नेपाल रेखा
alt

गोरखा । धार्चे गाउँपालिका–५ गुम्दामा विगत वर्षमा झैँ यस वर्ष पनि आलु मेला सम्पन्न भएको छ । गुम्दा एकता युवा क्लब र थामरा धार्चे युवा क्लबले यही भदौ १ देखि ५ गतेसम्म उक्त मेला आयोजना गरेको हो ।
‘अग्रज स्रष्टा र खेलाडीको सम्मान, कला, संस्कृति, पर्यटनको प्रवर्द्धनमा हाम्रो अभियान’ नाराका साथ मेला आयोजना गरिएको आयोजक गुम्दा एकता क्लबका अध्यक्ष मनुराज गुरुङले बताउनुभयो । मेलामा जिल्लास्तरीय अन्तर क्लब पुरुष र महिला भलिबल प्रतियोगिता तथा स्थानीयस्तरमा उत्पादन भएका आलु प्रदर्शनसँगै विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।
पुरुष भलिबल प्रतियोगितामा धार्चे–७ लापुबेँसीको घले हाब्रेस्टिङ युवा क्लब प्रथम, बारपाक सुलिकोटको बाह्रमुले युवा क्लब द्वितीय र बारपाक सुलिकोट युवा क्लब प्रतियोगितामा तृतीय भयो । प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः ७५ हजार, ५० हजार र ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
महिला भलिबलतर्फ बारपाक सुलिकोटक टोली ‘ए’ प्रथम, बारपाक सुलिकोटक टोली ‘बी’ द्वितीय र द मुस्कान युवा क्लब तृतीय भए । उनीहरूले क्रमश २० हजार,१० हजार रसात हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको अध्यक्ष गुरुङले बताउनुभयो । प्रतियोगितामा पुरुष र महिला भलिबलतर्फ प्रथम, दोस्रो र तेस्रो हुने सबै टोलीलाई तीन–तीन पाथी आलु प्रदान गरिएको थियो ।
यस्तै, एकल लोक नृत्य प्रतियोगितामा रुपा गुरुङ प्रथम, सुस्मिता सुनार द्वितीय र निस्मा गुरुङ तृतीय भइन् । समूहगत लोकनृत्य प्रतियोगितामा धार्चे आमा समूह गुम्दा प्रथम, गुम्दा एकता महिला समूह गुम्दा द्वितीय र हिमाली आमा समूह लाप्राक तृतीय भए । धार्चेको गुम्दा, लाप्राकलगायत आसपासका गाउँलाई आलु पकेट क्षेत्रका रूपमा चिन्ने गरिन्छ । यहाँको मुख्य खाद्यान्न बाली नै आलु हो । यहाँ उत्पादित आलु जिल्लाका सदरमुकाम तथा विभिन्न स्थानीय तहसँगै पोखरा, काठमाडौँलगायतका बजारमा बिक्री गरिन्छ ।

१४ औ वार्षिक उत्सवको ...

डि पी ढुंगेल विराटनगर : विराटनगर महानगरपालिका - ४ ...

दलित सवालमा एकजुट भए ...

इटहरी । दलित समुदायले आफ्ना साझा मुद्दा पहिचान गरी साझा ...

दैनिक जीवनको तनाव: स ...

आजको व्यस्त जीवनमा तनाव हाम्रो दैनिक अनुभवको एउटा हिस्स ...

संविधान दिवस तथा राष ...

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ का अवसर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]