छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप चैत २२ देखि

  • चैत १९, २०८२ / नेपाल रेखा
alt

इटहरी । सुनसरीको इटहरीमा यही चैत २२ गतेदेखि ‘छैठौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ । प्रतियोगिता चैत २८ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
हाम्रो इटहरी भेट्रान क्लबको आयोजनामा हुन लागेको उक्त प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार नगद पुरस्कार पाउनेछ । प्रतियोगिताको मुख्य उद्देश्य पुराना खेलाडीहरूलाई पुनः खेलमा सक्रिय बनाउनुका साथै नयाँ खेलाडी उत्पादन र खेल प्रशिक्षक (कोच) तयार पार्नु रहेको आयोजकले जनाएको छ ।
हाम्रो इटहरी भेट्रान क्लबका अध्यक्ष राम शरण चौधरीको सभापतित्वमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा क्लबका प्रतिनिधि सुनिल तामाङका अनुसार प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोलीको सहभागिता रहनेछ । भारतको सिक्किमस्थित बम्रिक नामफिङ क्लब सहभागी हुने छ भने नेपालतर्फ आयोजक इटहरीसहित धरान भेट्रान, हाम्रो धरान, पथरी भेट्रान, एभरेष्ट भेट्रान, विराटनगर भेट्रान र दमक भेट्रान क्लब सहभागी हुनेछन् ।
प्रतियोगिताअन्तर्गत प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ घोषित खेलाडीलाई १ हजार ५०० प्रदान गरिनेछ । साथै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा सर्वाधिक गोलकर्ता खेलाडीलाई जनही २ हजार ५०० पुरस्कार प्रदान गरिने क्लबका दिवस राईले जानकारी दिए ।
प्रतियोगिता सञ्चालनका लागि करिब १५ लाख खर्च हुने अनुमान गरिएको छ । इटहरी उपमहानगरपालिकाले ४ लाख सहयोग गर्ने जनाएको छ भने अन्य वडाहरुबाट सहयोगको अपेक्षा गरिएकोछ ।

कुम्भकर्ण र कञ्चनजङ् ...

तीन हजार ६३६ मिटर उचाईमा अवस्थित नेपाल-भारत स ...

अरिहन्त देखि पानीपिय ...

कृष्ण अधिकारीविषयमा प्रवेश गर्नुभन्दापहिले एउटा प्रशंग ...

आलोचनात्मक प्रतिपक्ष ...

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट ...

सुनचाँदीको मूल्य केह ...

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य केही घटे ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]