अखिल नेपाल खेलकुद महासंघ प्रदेश १ अध्यक्षमा इटहरीका रितेश श्रेष्ठ

  • भदौ १, २०८२ / नेपाल रेखा
alt

इटहरी । अखिल नेपाल खेलकुद महासंघ प्रदेश १ ले दोस्रो अधिवेशन सम्पन्न गरी नयाँ ६१ सदस्यीय प्रदेश कार्यसमिति निर्वाचित गरेको छ ।
सुनसरीको इटहरीमा शनिबार उद्घाटन भएको अधिवेशन आइतबार सम्पन्न भएको हो ।
प्रदेश स्तरमा अखिल नेपाल खेलकुद महासंघमा खेलाडीहरुलाई संगठित गर्न अधिवेशन आयोजना गरिएको हो ।
१४ जिल्लाबाट आएका १२९ प्रतिनिधिहरूद्वारा निर्वाचन समितिले अगाडि बढाएको प्रक्रियाबाट सर्वसहमत अध्यक्षमाः रितेश श्रेष्ठ निर्वाचित भएका छन् ।
उपाध्यक्षहरूमा– नयन श्रेष्ठ, गणेश मगर, योगेश थापा निर्वाचित भए । सचिवमा इन्द्रकुमार योञ्जन तामाङ निर्वाचित भए भने सहसचिवमा कृष्णबहादुर राई चाम्लिङ्ग र कोषाध्यक्षमा–जीवनी राई निर्वाचित भइन् ।
निर्वाचन समिति संयोजक राजेन्द्र किरातीद्वारा निर्वाचितहरुलाई प्रमाणपत्र वितरण र सपथ ग्रहण गराइएको छ ।

१४ औ वार्षिक उत्सवको ...

डि पी ढुंगेल विराटनगर : विराटनगर महानगरपालिका - ४ ...

दलित सवालमा एकजुट भए ...

इटहरी । दलित समुदायले आफ्ना साझा मुद्दा पहिचान गरी साझा ...

दैनिक जीवनको तनाव: स ...

आजको व्यस्त जीवनमा तनाव हाम्रो दैनिक अनुभवको एउटा हिस्स ...

संविधान दिवस तथा राष ...

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ का अवसर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]