इटहरी गोल्डकप - युवा समाज मोरङ सेमिफाइनलमा

  • वैशाख १, २०८३ / नेपाल रेखा
alt

इटहरी । सुनसरीको इटहरीमा सोमबारदेखि सुरु भएको १६ औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा युवा समाज मोरङ प्रवेश गरेको छ ।

राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरीस्थित रङ्गशालामा सुरु भएको रात्रिकालीन प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न उद्घाटन खेलमा जस्ट जोन एफसी, नाइजेरियालाई ३–२ गोल अन्तरले पराजित गर्दै युवा समाज मोरङ सेमिफाइनलमा प्रवेश गरेको हो ।
पहिलो खेलको चार मिनेटमा युवा समाजका श्रीजन गौतमले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने ३५ औँ मिनेटमा नाइजेरियाका डिबोला हामजामले गोल गर्दै खेललाई एक–एकको बराबरीमा ल्याएका थिए ।
पहिलो हाफ एक–एकको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा युवा समाजका खेलाडी सुजन डङ्गोलले ३८ औँ मिनेटमा थप गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने ४२ औँ मिनेटमा दोर्जे तामाङले गोल थपेपछि मोरङले जित सुनिश्चित गरेको हो ।
अन्तिममा खेलको अतिरिक्त थप गरिएको पाँच मिनेटको समयमा नाइजेरियाका खेलाडी एडिगन पिटरले एक गोल फर्काएका थिए । सोमबारको खेलको ‘प्लेयर अफ द म्याच’ दोर्जे तामाङ घोषित भएका छन् । उनलाई नगद १० हजार प्रदान गरिएको प्रतियोगिता संयोजक अनुरोध थापाले बताएका छन् । आगामी वैशाख ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोलीको सहभागिता छ ।
विजेता टोलीले १० लाख तथा उपविजेताले पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई एक लाख, सर्वाधिक गोलकर्तालाई २५ हजार तथा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई जनही २० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । गत वर्षको संस्करणमा मच्छिन्द्र क्लब, काठमाडौँले उपाधि जितेको थियो भने चर्च ब्वाइज युनाइटेड उपविजेता बनेको थियो ।

फोटो - गुरु ढकाल

महिलाको दिनचर्या ...

सुनसरीको इनरुवा नगरपालिका–९ मा दाउराको भारी बोकेर ...

दाउरा संकलन ...

सुनसरीको कोसी ब्यारेज नजिक सप्तकोसी नदीको बाढीले बगाएर ...

फोनिजको स्थापना दिवस ...

बाबुराम मुडियारीमोरड । नेपाल आदिवासी जनजाति पत्रकार महा ...

सङ्खुवासभाको खाँदबार ...

मौसम खुलेपछि ड्रोन क्यामराबाट देखिएको सङ्खुवा ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]