कला र कलाकार

    Showing 31-40 of 50 items.
  • जेबी टुहुरे क्रान्तिका नायक र जनताका गायक हुनुहुन्थ्यो-प्रधानमन्त्री दाहाल

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगायक जुठबहादुर खड्की (जेबी टुहुरे) क्रान्तिकारी आन्दोलनका नायक र जनताका प्रिय गायक भएको बताउनुभएको छ । जनगायक टुहुरेको स्मृतिमा प्रकाशित पुस्तक ‘जनबोलीका अविश्रान्त गायक’को लोकार्पण गर्दै उहाँले टुहुरेको योगदानको कदर गर्दै सरकारले जनगायकको उपाधि दिएको बताउनुभयो । नेपालको वाम लोकतान्त्रिक, राजनीतिक आन्दोलन एवं सांगीतिक क्षेत्रमा उहाँले पु¥याउनुभएको विशिष्ट योगदानकै कारण हालैको मन्त्रिपरिषद् बैठकले टुहुरेलाई जनगायकको राष्ट्रिय सम्मान प्रदान गरेको बताउनुभयो । “टुहुरेको गायकीले नागरिकको दुःख बोल्थ्यो, अन्याय वि

    • प्रकाशित मितिः भदौ १०, २०८०
    • 135 पटक पढिएको
    • नेपाल रेखा
  • प्रियङका कार्की र शिवहरी पौडेलको अभिनयमा ‘हाई भन्यो मायाले’ सार्वजनिक

    काठमाडौँ । हिन्दु नारीहरुको महान चाड पर्व हरितालिका तीजको अवसरमा गायिका कल्पना देवकोटा पौडेलको स्वरमा रहेको मौलिक तीज गीत ’हाई भन्यो मायाले’ गीतको भिडियो सार्वजनिक भएको छ । तीजको गीत भन्ने बितिकै आजकल प्राय नाच्ने भन्ने नै बुझिन्छ तर तीज भन्ने बितिकै नाच्ने मात्र नभएर एउटा चेलीले बेदना पोख्ने माध्यम पनि हुन्छ भन्ने बुझाउने प्रयास स्वरुप तीज गीत ’हाई भन्यो मायाले’मा परदेशमा रहेका नेपाली चेलीहरुको अवस्थालाई चित्रण गरिएको छ ।गीतमा लक्ष्मण पौडेलको शब्द तथा संगीत रहेको छ । परदेशमा बसेर तिज आउँदा भोग्नुपर्ने पिडालाई गीतमाा देखाइएको छ । माइतिको सम्झना आमाले पकाएको दर को याद आफ

    • प्रकाशित मितिः भदौ १०, २०८०
    • 160 पटक पढिएको
    • नेपाल रेखा
  • श्रेयसी चेम्जोङ्गको स्वरमा ‘आमा मेरी आमा’ सार्वजनिक

    काठमाडौं । श्रेयसी चेम्जोङ्गको स्वरमा ‘आमा मेरी आमा’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतलाई गीतकार दिलिप योञ्जन तामाङ्गले लेखेका हुन् । गीतमा राजेश थापाको संगीत राजु कार्कीको एरेन्ज छ । आफनो सन्तानको लागि जिवनभर दुःख पीडा नभनी सघर्ष गरेकी आफ्नी आमालाई समर्पण स्वरुप गीत लेखिएको हो । मनमा पीडा र वेदना भएपनि आमा पछिको अभावलाई गीतमा चित्रण गरिएको छ । आमाले देखाएको सकारात्मक बाटोलाई आफूले आत्मसात जिवनभर गर्ने कुरा गीतमा व्यक्त गरिएको छ । ‘आमा मेरी आमा ’लाई विनोद बमले सम्पादन गरेका हुन् । गीतको भिडियोमा गायिका श्रेयसी चेम्जोङ्ग र गीतकार दिलिप योञ्जनलाई देख्न सकिन्छ ।

    • प्रकाशित मितिः साउन १०, २०८०
    • 157 पटक पढिएको
    • नेपाल रेखा
  • ‘बगान’ प्रदर्शनमा

    काठमाडौँ । चलचित्र ‘बगान’ प्रदर्शन भएको छ । पूर्ण पारिवारिक विधामा रहेर तयार गरिएको चलचित्रमा एकल आमाको कथालाई देखाइएको निर्देशक सरोज खनालले जानकारी दिनुभयो । अभिनेताका रूपमा तीन दशकभन्दा लामो समय बिताइसक्नुभएका खनाल यही चलचित्रमार्फत निर्देशक बन्नुभएको हो । सामाजिक विषयलाई ठूलो पर्दामार्फत समाजमा पु¥याउनु सर्जकको दायित्व रहेको निर्देशक खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “एकल आमाले परिवारका सदस्य र समाजबाट के कस्तो अपेक्षा राख्दछन् भन्ने यसमा देखाएका छौँ, यसमा समस्यामात्र होइन समाधान पनि देखाउने कोसिस गरेका छौँ, त्यसैले स–परिवारले हेर्दा आफूलाई महसुस गर्नुहुनेछ ।&r

    • प्रकाशित मितिः असार २९, २०८०
    • 148 पटक पढिएको
    • नेपाल रेखा
  • ‘सिमाना’ मा करण र नितुको जोडी

    काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल सिजन ४’ का विजेता करण राईको स्वर र लिला सेलिङ माबोको शब्दमा ‘सिमाना’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।देवेश राईको संगीत तथा एरेन्ज रहेको गीतको भिडियोमा ‘भ्वाइस अफ नेपाल’ बाटै चर्चामा आएकी गायिका नितु पुनको अभिनय छ । नितु र करणको स्टेज जोडीलाई गायन प्रतियोगिताको मञ्चमा निकै रुचाइएको थियो ।शान थापा निर्देशित म्युजिक भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । अर्जुन तिवारी भने डीओपी (डाइरेक्टर अफ फोटोग्राफी) को जिम्मा सम्हालेका छन् । सुप्रिम पराजुलीले सम्पादन गरेको गीतको भिडियोमा दुई प्रेमिल जोडीको प्रेम र विछोडको कथा समेटिएको छ ।

    • प्रकाशित मितिः असार १, २०८०
    • 168 पटक पढिएको
    • नेपाल रेखा
  • विराटनगरकी चेली बबिनाको ‘माया आफै हुन्छ’ सार्वजनिक

    काठमाण्डौं । गायिका बबिना भट्टराईको स्वर तथा संगीत रहेको गीत ‘माया आफै हुन्छ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बिबि थापाको शब्द, संजय श्रीपालको संगीत संयोजन र प्रकाश खरेलको मिक्सिङ्ग तथा मास्टरिङ रहेको छ ।प्रेमभाव समेटिएको गीतको भिडियो भने स्टुडियो भर्सनमा सार्वजनिक गरिएको छ । भिडियोलाई सरोज रञ्जितकारले छायाँकन तथा सम्पादन गरेका हुन् । सुमधुर आवाजकी धनी गायिका बबिनाका यसअघि ‘कति मिठो भूल’, ‘तिम्रै लागि’ लगायतका गीतहरु सार्वजनिक भइरहेका छन् ।

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • 163 पटक पढिएको
    • नेपाल रेखा
  • विश्वका नेपाली प्रतिभा काठमाडौँमा, गायन र नृत्यका अडिसन सुरु

    काठमाडौं । ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा प्रतिस्पर्धा गर्न संसारभरबाट छानिएका नेपाली कलाकार काठमाडौँ आइपुगेका छन् । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा काठमाडौँमा सुरु ‘साइटलेस अडिसन’मा भाग लिन विभिन्न महादेशका ५० भन्दा बढी देशबाट पहिलो चरणमा छानिएका नेपाली प्रतिभा काठमाडौँ आइपुगेका हुन् । फाउण्डेसनका अनुसार गायनतर्फको साइटलेस अडिसन आइतबारदेखि सुरु भएको छ । गायनतर्फ एक सय ४० र नृत्यतर्फ एक सय २० नेपाली प्रतिभा फिल्ड अडिसनबाट छनोटमा परेका थिए । यीमध्ये अधिकांश प्रतिभा काठमाडौँ आइपुगेको फाउण्डेसनले जनाएको

    • प्रकाशित मितिः चैत २०, २०७९
    • 117 पटक पढिएको
    • नेपाल रेखा
  • गायिका तृप्ती खड्का को स्वरमा ‘माया यसै छ’ सार्वजनिक

    काठमाडौं । गायिका तृप्ती खड्का र प्रेम राजा महतको स्वरमा रहेको मौलिक भाकामा आधारित गीत ‘माया यसै छ’ गीतको भिडियो सार्वजनिक भएको छ ।अमेरिकामा रहेर पनी गीत संगीतको प्रवद्र्धन र विकाशका लागि सक्रिय गीतकार हरि उप्रेतीको शब्द तथा तृप्ती खड्काको संगीत गीतमा रहेको छ । एथ्लेटिक्स खेलमा निकै अब्वल रहेका कृतिमानी खेलाडि बसन्त घिमिरेको निर्माणमा रहेको गीतमा देव पुनको छायाँकन, मिलन विश्वकर्माको सम्पादन रहेको छ । गीतमा विजय गुरुङ, तृप्ती खड्का बसन्त घिमिरे, नवराज खड्काको फिचिरिङ रहेको छ ।

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 138 पटक पढिएको
    • नेपाल रेखा
  • विराटनगरमा नेपाली कथानक चलचित्र ‘म पर्खिरहन्छु’ को प्रिमियर शो

    विराटनगर । लामो प्रतीक्षापछि नेपाली कथानक चलचित्र ‘म पर्खिरहन्छु’ को प्रथम प्रदर्शन (प्रिमियर शो) शनिबार विराटनगरमा सम्पन्न भएको छ । इन्द्रेणी कला प्रतिष्ठानको आयोजनामा चलचित्रको प्रिमियर शो सम्पन्न भएको हो ।विराटनगरका कलाकारहरु बाहुल्य रहेको यो चलचित्र २०७७ सालको नयाँ वर्षमा प्रदर्शनी (रिलिज) को तयारी भए पनि कोरोना कहरले रोकिएको थियो । पछि नयाँ नेपाली चलचित्रहरुको बीचमा ‘म पर्खिरहन्छु’ले प्रथम प्रदर्शनीको लागि समय मिलाउने क्रममा शनिबार प्रथम प्रदर्शनी विराटनगर–८ हाटखोलास्थित आरके महलमा गरिएको थियो । तीन दर्जन बढी नयाँ चलचित्रसँगै ‘म पर्खिरहेछु’ पनि प्

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • 136 पटक पढिएको
    • नेपाल रेखा
  • झापाको लंका रिसोर्टमा माघ ९ गते नवीन के भट्टराईको प्रस्तुती

    इटहरी । अंग्रेजी नया“ बर्ष २०२३ लाई स्वागत गर्दै आंउदै गरेको प्रेम दिवसलाई लक्षित गरि १ नम्बर प्रदेशबासीलाई सांगीतिक कार्यक्रम मार्फत भरपुर मनोरञ्जन दिन नेपाली संगित क्षेत्रका चर्चित, लोकप्रिय, तथा नेपाली पप गितका किङ र नायक भनि चिनिने गायक नवीन के भट्टराई आफ्नै अतृप्त–नवीन के भट्टराई ब्यान्डसंगै झापाको अर्जुनधारा स्थित लंका रिसोर्टमा माघ ९ गते आउने भएका छन् । लंका छहारी रिसोर्टद्वारा आयोजना गरिएको उक्त सांगितिक सांझमा झापाको लोकल ब्यान्ड र नर्तकी सुस्मिता कार्कीले उद्घाटन अभिनय गर्नेछन् । ओसियना एजुकेसन एन्ड भिसा सर्भिसद्वारा समर्थित सांगितिक सांझको मुख्य प्रायोजक टुबोर्ग बियर, टि

    • प्रकाशित मितिः पुस २९, २०७९
    • 160 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]