विराटनगरमा नेपाली कथानक चलचित्र ‘म पर्खिरहन्छु’ को प्रिमियर शो

  • फागुन १४, २०७९ / नेपाल रेखा
alt

विराटनगर । लामो प्रतीक्षापछि नेपाली कथानक चलचित्र ‘म पर्खिरहन्छु’ को प्रथम प्रदर्शन (प्रिमियर शो) शनिबार विराटनगरमा सम्पन्न भएको छ । इन्द्रेणी कला प्रतिष्ठानको आयोजनामा चलचित्रको प्रिमियर शो सम्पन्न भएको हो ।
विराटनगरका कलाकारहरु बाहुल्य रहेको यो चलचित्र २०७७ सालको नयाँ वर्षमा प्रदर्शनी (रिलिज) को तयारी भए पनि कोरोना कहरले रोकिएको थियो । पछि नयाँ नेपाली चलचित्रहरुको बीचमा ‘म पर्खिरहन्छु’ले प्रथम प्रदर्शनीको लागि समय मिलाउने क्रममा शनिबार प्रथम प्रदर्शनी विराटनगर–८ हाटखोलास्थित आरके महलमा गरिएको थियो । तीन दर्जन बढी नयाँ चलचित्रसँगै ‘म पर्खिरहेछु’ पनि प्रदर्शनीको पर्खाइमा थियो ।
नेपाली र मैथिली गरी एक दर्जन बढी चलचित्र निर्देशन गरिसकेका सन्तोष सरकारको कथा, सम्वाद (पटकथा), निर्देशन रहेको ‘म पर्खिरहेको छु’ को निर्मात्री बबिता श्रेष्ठ हुन् ।

नेपाली युवाले भोगेको वास्तविक घटनामा आधारित वियोगान्त कथा रहेको ‘म पर्खिरहेछु’ मा भूपेन्द्र रायमाझी र नषराज घिमिरेको संगीत छ । कथामा वैदेशिक रोजगारीले पारिरहेको सामाजिक समस्या, पारिवारिक विचलन पाइन्छ र यस्तो अवस्थामा समाजलाई सही मार्ग लैजानका लागि गरिएको प्रयास देखिएको छ ।
‘म पर्खिरहेछु’ का प्रमुख कलाकारहरुमा विनोद श्रेष्ठ, कल्पना भट्टराई, पुष्प श्रेष्ठ, प्रवलदीप विश्वास, शारदा आर्यन, प्रमोद श्रेष्ठ, दिनेश कोइराला, डीबी बस्नेत, विनोद दुगड, कृष्ण सुवेदी र महेश सहनी छन् । बाल कलाकारमा बेदिका श्रेष्ठ र शीतला सरकार छन् ।
यस चलचित्रमा डा. विनोद श्रेष्ठ र सुरेश वैद्यको गीतमा रामा मण्डल र मनिषा पोखरेलले स्वर दिएका छन् । कोशी भिजन फिल्म प्रोडक्सन इटहरीको व्यानरमा निर्माण गरिएको ‘म पर्खिरहेछु’ मा राजेश लेप्चा र नवीन राईले द्वन्द्व निर्देशन र हेमन्त योञ्जनले सम्पादन छ ।
पूर्वको प्रमुख शहर विराटनगर, इलाम, इटहरी, धरान, धनकुटालगायत पर्यटकीय स्थल जेफाले, डाँडाबजार, कोशी व्यारेज, श्रीअन्तुमा छायाङ्कन गरिएको यस चलचित्रको क्यामराम्यान यज्ञ पराजुली र सुमन तामाङ छन् ।
दुई घण्टा १५ मिनेट समयको यस चलचित्रको सम्पादन गुञ्जन स्टुडियो काठमाडौंमा र अन्तिम सम्पादन म्युजिक हब पोष्ट प्रोडक्सन स्टुडियो ओशीवारा, अन्धरी वेष्ट मुम्बईमा गरिएको अभिनेता डा विनोद श्रेष्ठले जानकारी दिए ।

1 2

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

रसुवामा भीषण बाढी, स ...

रसुवा । रसुवामा आएको भीषण बाढीका कारण स्याफ्रुबेँसी, टि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]