‘सिमाना’ मा करण र नितुको जोडी

  • असार १, २०८० / नेपाल रेखा
alt

काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल सिजन ४’ का विजेता करण राईको स्वर र लिला सेलिङ माबोको शब्दमा ‘सिमाना’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
देवेश राईको संगीत तथा एरेन्ज रहेको गीतको भिडियोमा ‘भ्वाइस अफ नेपाल’ बाटै चर्चामा आएकी गायिका नितु पुनको अभिनय छ । नितु र करणको स्टेज जोडीलाई गायन प्रतियोगिताको मञ्चमा निकै रुचाइएको थियो ।
शान थापा निर्देशित म्युजिक भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । अर्जुन तिवारी भने डीओपी (डाइरेक्टर अफ फोटोग्राफी) को जिम्मा सम्हालेका छन् । सुप्रिम पराजुलीले सम्पादन गरेको गीतको भिडियोमा दुई प्रेमिल जोडीको प्रेम र विछोडको कथा समेटिएको छ ।

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]