झापाको लंका रिसोर्टमा माघ ९ गते नवीन के भट्टराईको प्रस्तुती

  • पुस २९, २०७९ / नेपाल रेखा
alt

इटहरी । अंग्रेजी नया“ बर्ष २०२३ लाई स्वागत गर्दै आंउदै गरेको प्रेम दिवसलाई लक्षित गरि १ नम्बर प्रदेशबासीलाई सांगीतिक कार्यक्रम मार्फत भरपुर मनोरञ्जन दिन नेपाली संगित क्षेत्रका चर्चित, लोकप्रिय, तथा नेपाली पप गितका किङ र नायक भनि चिनिने गायक नवीन के भट्टराई आफ्नै अतृप्त–नवीन के भट्टराई ब्यान्डसंगै झापाको अर्जुनधारा स्थित लंका रिसोर्टमा माघ ९ गते आउने भएका छन् ।
लंका छहारी रिसोर्टद्वारा आयोजना गरिएको उक्त सांगितिक सांझमा झापाको लोकल ब्यान्ड र नर्तकी सुस्मिता कार्कीले उद्घाटन अभिनय गर्नेछन् । ओसियना एजुकेसन एन्ड भिसा सर्भिसद्वारा समर्थित सांगितिक सांझको मुख्य प्रायोजक टुबोर्ग बियर, टिकट साझेदार भर्सटाइल एजुकेसन एन्ड भिसा सर्भिस र मिडिया पार्टनर पूर्वी हटलाइन दैनिक र नेपालरेखा डटकम रहेका छन् भनि लंका रिसोर्टकी व्यवसाय विकास व्यवस्थापक सोनु पुडासैनीले बताइन् ।
अतृप्त–नवीन के भट्टराई ब्यान्डद्वारा प्रस्तुत गरिने सांगीतिक सांझको सम्झौता रिसोर्टका संचालक गोपाल पोख्रेल र ब्यान्डका क्षेत्रीय संयोजक निर्मल दाहालबीच भएको थियो ।
कार्यक्रममा टिकट तीन भागमा बिभाजन गरिएको छ, प्रारम्भिक चरण साधरण प्रबेश टिकट रु ५९९ (स्थायी टिकट), भिआइपि टिकट रु १५०० जस्मा २ ओटा ५५० एम एल को टुबोर्ग बियर निःशुल्कसंगै प्रबेश र गेट सेल गरि तोकिएको छ तर गेट सेलको टिकट भने सोहि दिन तोकिने निर्णय व्यवसाय विकास व्यवस्थापक, रिसोर्ट पर्यवेक्षक र कर्मचारीहरुसंगको बैठकमा भएको र टिकट अनलाइनको लागि र टेबल रिजर्भेसनको लागि रिसोर्टमा सम्पर्क गरि आरक्षित र खरिद गर्न सकिने भनि रिसोर्टका संचालक पोख्रेलले बताए ।
कार्यक्रममा विशिष्ट व्यक्तित्व र्यापर बुलेट फ्स्लो, एन आर एन ए सिड्नी युवा संयोजक तथा अस्ट्रेलियाका कुशल व्यावसायी इन्जिनियर बिक्रम दाहाल, क्यापेला क्लिनिङ सर्भिसेस अस्ट्रेलियाका ब्यवसायी प्रताप समशेर राना, नव ज्योति पुनःस्थापन केन्द्र बिराटनगरका संचालक तथा समाजसेवी सुशील रिजाल, युथफोर्स प्रदेश–१ प्रमुख, समाजसेवी तथा ग्लोबल सप्लायर्स नामक चर्चित ब्यवसायका संचालक राजन बानिया, भर्सटाइल एजुकेसन एन्ड भिसा सर्भिस नेपालका प्रबन्ध निर्देशक युस्टल दाहाल लगायत अन्य ब्यावसायी, राजनीतिकर्मी, मोडल तथा कलाकार र पत्रकारहरुलाई सांगितिक सांझको शोभा बढाउन तथा भब्य रुपमा सफल बनाउन पत्र मार्फत भिआइपी निमन्त्रणा गरिएको र पत्र मार्फत निमन्त्रणा गरिएको ब्यक्तिलाई स्टेजमा बोलाइ सम्मान गर्ने कार्यक्रम तय गरिएको संचालक गोपाल पोख्रेलले जानकारी दिए ।
गायक नवीन के भट्टराई (एन के बि) को एकदमै क्रेज र फ्यान फलोअर्सहरु भएकाले मास अत्याधिक हुने संभावना देखिएकोले कुनै पनि झैझगडा, बाधा अबरोध हुन नदिन सुरक्षा व्यवस्था कडा बनाउन बाउनसर र सुरक्षागार्ड परिचालन गरिने छ ।
रिसोर्टमा करिब ५०० मानिस अट्ने छन् र उक्त सांझको टिकट दमक, बिर्तामोड, कांकरभिट्टा, उर्लाबारी, इटहरीजस्ता सहरहरुमा पनि उपलब्ध रहेको जानकारी संचालकले दिए ।

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

अस्पतालको गेटमै शिशु ...

इनरुवा । सुनसरीमा अस्पतालमा समयमा उपचार नपाएको आरोपपछि ...

हुलाकलाई ‘सरकारी कुर ...

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]