‘बगान’ प्रदर्शनमा

  • असार २९, २०८० / नेपाल रेखा
alt

काठमाडौँ । चलचित्र ‘बगान’ प्रदर्शन भएको छ । पूर्ण पारिवारिक विधामा रहेर तयार गरिएको चलचित्रमा एकल आमाको कथालाई देखाइएको निर्देशक सरोज खनालले जानकारी दिनुभयो ।
अभिनेताका रूपमा तीन दशकभन्दा लामो समय बिताइसक्नुभएका खनाल यही चलचित्रमार्फत निर्देशक बन्नुभएको हो । सामाजिक विषयलाई ठूलो पर्दामार्फत समाजमा पु¥याउनु सर्जकको दायित्व रहेको निर्देशक खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “एकल आमाले परिवारका सदस्य र समाजबाट के कस्तो अपेक्षा राख्दछन् भन्ने यसमा देखाएका छौँ, यसमा समस्यामात्र होइन समाधान पनि देखाउने कोसिस गरेका छौँ, त्यसैले स–परिवारले हेर्दा आफूलाई महसुस गर्नुहुनेछ ।”
उहाँले आफ्नै परिवारमा महसुस गरिरहेको कथालाई एउटा पुस्तकमा पाएपछि निर्देशक खनालले चलचित्रको स्वरूप दिनुभएको हो । “म निर्देशकभन्दा पनि कथावाचक हुँ, यसमा एकल महिलाको कथा, समवेदना र शिक्षा महत्वलाई प्रस्तुत गरेको छु”, निर्देशक खनालले भन्नुभयो ।
चलचित्रमा निर्देशक खनालसँगै करिश्मा मानन्धर, नीर शाह, बसुन्धरा भुसाल, मिथिला शर्मा, प्रमिला कार्की, आकाश श्रेष्ठ लगायतका कलाकारले अभिनय गर्नुभएको छ । स्वप्न नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशङ्कर धुजुले छायाङ्कन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायाङ्कन, सन्देश शाहले सम्पादन, समीर मियाँले भिएफएक्स तथा रेनिश फागोले रङ्ग संयोजन गर्नुभएको छ । प्रदर्शनका लागि चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका तथा मोफसलमा एफडी कम्पनीले गरेको छ ।

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

रसुवामा भीषण बाढी, स ...

रसुवा । रसुवामा आएको भीषण बाढीका कारण स्याफ्रुबेँसी, टि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]