इटहरी । इटहरी उपमहानगरले इटहरी बडा नम्बर १ का पनि २५ जना कृषकलाई कोरली गाई वितरण गरेको छ । इटहरीका उपमेयर लक्ष्मी गौतमले बडा नम्बर १ का २५ जना कृषकलाई २५ वटा कोरली गाई वितरण गर्नुभएको हो । इटहरीलाई दुधमा आत्मनिर्भर वनाउन गाईपालन जोनका कृषकलाई कोरली गाई वितरण गरिएको उपमेयर गौतमले जनाउनुभयो । केही दिन अघिमात्र इटहरी २० का २५ जना कृषकलाई इटहरीका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले २५ वटा कोरली गाई वितरण गर्नुभएको थियो । अब वडा नम्वर २ का २५ जना कृषकलाई यसैगरि कोरोली गाई वितरण गर्ने कार्यक्रम छ । उपमहानगरले वडा नम्वर १, २ र २० लाई गाईपालन जोनका रुपमा क्षेत्र निर्धारण गरेको छ । इटहरी उपमह
इनरुवा÷नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटिले अनुगमन सुरु गरेको छ ।नेकपा जिल्ला कमिटी सुनसरीका अध्यक्ष योगेन्द्र प्रसाद मण्डल (पप्पु) को नेतृत्वमा अनुगमन गरेको हो । कोशी गाउँपालीका, भोक्राहा गाउँपालिका र हरिनगर गाउँपालिका वडा नं. ३ मा अनुगमन गर्दै सरोकारवाला पक्षसँग छलफल पनि गरेको छ ।छलफल पछि खुला सीमा भएकाकारण भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्ने गरेको निष्कर्ष निकालिएको छ । भारतबाट चोरी तस्करी पनि बढेको बताइएको छ । सरोकारवाला पक्षले सिमानाकाबाट लुकिछिपी हुने आवतजावत, तस्करी हुने गरेकोले त्यसलाई नियन्त्रण गर्न प्रशासन सक्रिय हुनु पर्ने माग उठाएका छन् । सिमानाकाबाट लुकीछिपी हुने
मेलम्ची । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीको म्यादी जीवन बीमा गर्ने घोषणा गर्नुभएको छ । कोरोना सङ्क्रमणका कारण नेपालमै पहिलो व्यक्तिको मृत्यु सिन्धुपाल्चोकमै भएका कारण यहाँ कार्यरत स्वास्थ्यकर्मी पनि असुरक्षित रहेकाले उनीहरूको बीमा गरिदिने घोषणा पूर्वमन्त्री बस्नेतले गर्नुभएको काँग्रेसका युवानेता युधिर पौडेलले जानकारी दिनुभयो । बस्नेतले जिल्लाभर रहेका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी, उपस्वास्थ्यचौकीमा कार्यरत चिकित्सकदेखि कार्यालय सहयोगीसम्मको सामूहिक म्यादी जीवन बीमा गरिदिनुहुने भएक
अच्युत भट्टराई बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिकाले भारतबाट विभिन्न नाका हुदै नेपाल आएर सिमानामा रहेको पालिकाको क्वारेन्टाइनमा बसेका नागरिकहरुलाई ल्याउने भएको छ । बिश्व कोबिड–१९ को महामारीमा परे पछि रोजगारी गुमाएर नेपाल फर्केका मजदुरहरुको तथ्यांक पत्ता लगाइसकेको हुँदा उनीहरुको स्वास्थ्य परिक्षण गरि आफ्नै नगर ल्याइने बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले बताए ।बराहक्षेत्र नगरपालिका वार्ड न ५ घर भएका प्रदेश नम्बर ५ को रुपन्देहीको शंकरपुर नगरमा ३ जना, वराहक्षेत्र ५ कै प्रदेश नम्बर ५ को बुटवल नगरपालिका क्रान्ति सेकेण्डरी माबिमा ६ जना, वराहक्षेत्र ९ र १० का प्रदेश नम्बर ५ को कच
काठमाडौँ । शिक्षा क्षेत्रलाई सुधार र निरन्तरताका लागि बजेट वृद्धि गर्न जोड दिइएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले आयोजना गरेको ‘सङ्क्रमणकालीन वर्तमान नेपालको शैक्षिक मुद्दा र बजेट व्यवस्थापन’ विषयमा अनलाइन संवादमा सांसद, शिक्षाविद् तथा शिक्षक नेताहरूले समाजवादोन्मुख शिक्षाको स्थापनाका लागि उच्च प्राथमिकता दिइनुपर्ने जनाइएको हो ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री राम कार्कीले शिक्षामा समाजवादोन्मुख रुपान्तरणका लागि तल्लो तहबाट दबाब सिर्जना हुनुपर्ने बताउनुभयो भने नेकपाका स्थायी कमिटी सदस्य एवं सांसद देवेन्द्र पौडेलले उत्पादनमुखी र व्यवहारिक
धनकुटा । जिल्ला अस्पताल धनकुटाका महिला चिकित्सकमा पहिलो नोवल कोरोना भाईरस कोभिड–१९ को संक्रमण भए लगत्तै अस्पतालमा रहेका अन्य चिकित्सक र संक्रमित नर्ससँग सिधा सम्पर्कमा आएका ८३ जनाको स्वाव परिक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।गत जेठ ५ गते लिइएको स्वाव परिक्षणको रिर्पोट ६ गते आएको थियो उक्त रिर्पोटमा एक महिला र ४ पुरुष गरि जम्मा ५ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।कोरोना पोजेटिभ देखिएका पाँचजनालाई नै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धनकुटाका सभापति हरिकुमार राईले सात गते आफ्नै गाडिमा राखेर कोशि अस्पताल विराटनगर पुर्याउनु भएको जिल्ला अस्पताल धनकुटाले जनाएक
इटहरी । इटहरी उपमहानगरले कोरली गाई वितरण गरेपछि विपन्न कृषकहरु खुशी भएका छन् । इटहरीका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले वडा नम्बर २० का २५ जना कृषकलाई २५ वटा कोरली गाई वितरण गर्नुभयो । पर्याप्त सामाजिक दुरी कायम गरेर ठूलो चौरमा कोरली गाई वितरण गरिएको हो । उपमहानगरले सतप्रतिशत अनुदानमा गाई वितरण गरेको हो । आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषकलाई कोरोली गाई वितरण गरिएको मेयर चौधरीले बताउनुभयो । यो कार्यले इटहरीलाई दुधमा आत्मनिर्भर बनाउने उपमहानगरको अभियानलाई सहयोग पुग्ने उपमेयर गौतमको भनाई छ । उहाँका अनुसार अब वडा नम्बर १ र २ का पचास जना कृषकलाई यसैगरि कोरोली गाई वितरण गर्ने का
धनकुटा । विश्व महामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरस कोविड–१९ को संक्रमणबाट अब धनकुटा पनि अक्षुतो छैन । जसले गर्दा जिल्ला उच्च जोखिममा रहेको छ । यस जोखिमलाई केहिहदसम्म सामना गर्न सहज होस् भन्ने उद्देश्यले संघिय सांसद राजेन्द्रकुमार राईको पहलमा स्वास्थ्य कार्यालय धनकुटामा ६ लाख बढि रकमको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । जिल्लामा कोरोना भाईरसको संक्रमण बढेसंगै चासो र चिन्तालाई सम्बोधन गर्ने उद्देश्यले संक्रमणको रोकथाम र उपचारको लागि राईले स्वास्थ्य कार्यालयमा आवश्यक पर्ने स्वास्थ्य सामाग्री स्वास्थ्य कार्यालयलाई उपलब्ध गराउनु भएको हो ।धनकुटामा केही दिनदेखि लगातार कोरोना संक्रमण
लहान । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि प्रदेश सरकारले सिरहामा ८० श्यया (बेड) को आइसोलेसन बेड तयार गर्ने भएको छ । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रदेशस्तरीय निर्देशन एवं समन्वय समितिको मङ्गलबार बसेको बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिदो अवस्थामा रहेकाले सिरहास्थित जिल्ला अस्पतालमा ५० बेड र सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाई मेमोरियल अस्पतालमा ३० बेड गरी ८० बेडको आइसोलेसन बेड तयार गर्ने निर्णय गरेको हो । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने औंल्याउँदै प्रदेश सरकारले आइसोलेसन बेड थप्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन
इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर २ मा कोरोना संक्रमण देखिएकोले जेठ ११ गतेसम्मका लागि सोही वडा र ३ नम्बर वडालाई सिल गरिएको छ । इटहरी नगरक्षेत्रभित्र पनि औषधी पसल मात्र संचालन हुनेछन् । त्यसबाहेक सम्पूर्ण पसलहरु बन्द गर्न भनिएको छ । साथै आवत जावतसमेत बन्द गरिने जनाइएको छ । लकडाउनको पूर्ण रुपमा पालना गर्नसमेत इटहरी उपमहानगरले आव्हान गरेको छ । यसैबीच, प्रदेश १ मा मंगलबार ११ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।झापामा ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झापाका ९ जनामा कोरोना संक्रमण देखिएको कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले जानकारी दि