कोरोना सङ्क्रमितलाई आयुर्वेदिक औषधि

  • जेठ १७, २०७७ / "नेपाल रेखा"
alt

स्याङ्जा । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएपछि जिल्ला अस्पतालको आइसोलेशनमा राखेर उपचार गराइएका बिरामीको उपचारमा आयुर्वेदिक औषधिको प्रयोग गरिएको छ । कोरोना सङ्क्रमणले महामारीको रूप लिएको अवस्थामा रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग काठमाडौँबाट तयार पारिएको प्रोटोकलअनुसार तयार पारिएको औषधि प्रयोगमा ल्याइएको हो ।

जिल्ला अस्पतालसँग समन्वय गरेर आफूहरूले काम गरिरहेको जिल्ला आयुर्वेदिक अस्पताल लागिपरेको अस्पतालकी प्रमुख चिकित्सक सुभद्रा कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय जङ्गलमा गएर गुर्जोलगायतका जडीबुटी खोजेर ल्याएर सङ्क्रमित बिरामीलाई ताजा गुर्जोको रसका साथै जडीबुटीबाट बनाएका औषधि खाने व्यवस्था मिलाएका छौँ ।” गुर्जो, असोगन्धा चूर्ण, महासुदर्शन चूर्णलगायतका औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले यी औषधि प्रयोगमा ल्याएको जिल्ला आयुर्वेदिक अस्पतालले जनाएको छ ।

भिडियो कन्फेरेन्सका माध्यमबाट आइसोलेशनमा रहेका सङ्क्रमितलाई योग प्रणायामका साथै ध्यानका विधिसमेत आफूले सिकाउने गरेको डा कार्कीले बताउनुभयो । भारतबाट आएर वालिङको क्वारेन्टिनमा बसेका चार पुरुष र एक महिलामा कोरोना सङ्क्रमण देखिएपछि अहिले जिल्ला अस्पतालको कोरोना आइसोलेशन कक्षमा राखेर उपचार गरिएको छ भने एक महिलालाई पोखरा लगिएको छ । उनीहरूमा सङ्क्रमणका अन्य लक्षण नदेखिएको र अवस्था सामान्य रहेको जिल्ला अस्पतालले जनाएको छ ।

इटहरीमा ‘माया जालैमा ...

इटहरी । गायक बालकृष्ण कार्की र गायिका गंगा गौतम आचार्यक ...

धान गोड्दै किसान ...

सुनसरीको इनरुवा नगरपालिका–९ मा धान गोड्दै किसान । ...

जलगैँडा ...

ललितपुर महानगरपालिका–४, जावलाखेलस्थित स ...

सुनसरी घटनाको छानबिन ...

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं प ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]