समाचार

    Showing 501-510 of 650 items.
  • बालबालिका लाई खाद्यान्न बितरण गर्दै लायन्स क्लव अफ ईटहरी क्रिएटिभ लेडीको सेवा सप्ताह सुरु

    नेपालरेखा / इटहरी । लायन्स क्लब अफ इटहरी क्रिएटिभ लेडीको नयाँ कार्य समितिले सेवाको पहिलो दिन जुलाई १ तारिख बाट निशहाय बालबालिका सेवा आश्रम इटहरीलाई खाद्यान्न बितरण गरेर सप्ताहब्यापी कार्यक्रमको सुरुवात गरेको छ । सन् २०२१–२०२२ को नयाँ कार्यसमितिले आफ्नो नियमित सामाजिक सेवाको बिभिन्न कार्यक्रम अघि सार्दै आफ्नो सेवा सप्ताह सुरु गरेको हो । बालबालिकाका लागि चामल, दाल, खाजा, दुध लगायतका सामाग्रीहरु क्रिएटिभ लेडीका अध्यक्ष्य निता शर्मा लगायतका सदस्यहरुले संयूक्त रुपमा निशहाय बालबालिका सेवा आश्रम इटहरी कि आमा संस्थापक गितादेवी गौतमलाई उक्त खाद्यान्न हस्तान्तरण गरेका थिए । जहाँ आवश्यकता त्यहा

    • प्रकाशित मितिः असार १७, २०७८
    • 311 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरी उपमहानगरद्वारा कृषकहरुलाई बोयर बोका वितरण

    इटहरी । इटहरी उपमहानगरपालिकाले २१ वटा क्रस बोयर जातका बोका वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमकाबिच इटहरी उपमहानगर उपमेयर लक्ष्मी गौतमले कृषक समूहरुलाई बोका बितरण गर्नुभएको हो । इटहरी उपमहानगर कार्यालयका प्रमुख प्रशासकीय अघिकृत सूर्यप्रसाद सुवेदी, वडा नम्वर ३ का वडाध्यक्ष बालकृष्ण बिष्ट र वडा नम्वर १९ का वडाध्यक्ष श्रीनारायण चौधरीको समेत उपस्थितिमा क्रस बोयर जातका बोका वितरण गरिएको हो । इटहरी उपमहानगरपालिका पशुपक्षि शाखा प्रमुख दुर्गा श्रेष्ठका अनुसार प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्तर्गत कृषि फर्महरुलाई १३ वटा बोका ७५ प्रतिशत अनुदानमा बितरण गरिएको हो । अरु बोका बाख्रा पकेट कार्यक

    • प्रकाशित मितिः असार ११, २०७८
    • 571 पटक पढिएको
    • नेपाल रेखा
  • पूर्व जनमुक्ति सेना अमर थापालाई उपचार खर्च अभाव

    धरान । सुनसरीको धरान–५ देउरालीमा बसोबास गर्ने अमर थापालाई उपचार खर्च अभाव भएको छ । थापा जेठ २८ गतेदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत छन् । पूर्व जनमुक्ति सेना रहेका थापाको आन्द्रामा अल्सर भएर अप्रेसन गरिएको परिवारजनले जानकारी दिएका छन् । प्रतिष्ठानको वेडबाट थापाले ‘आर्थिक अभावले उपचारमा समस्या भइरहेको सबै साथीहरुलाई जानकारी गराउन चाहन्छु ।’ भन्दै पूर्व जनमुक्ति सेनाको फेसबुक ग्रुपमा म्यासेज पठाइ सहयोगको अपेक्षा गरेका छन् । थापाको अपेक्षा सामाजिक संजालमा पनि सार्वजनिक गरिएको छ । उनका परिवारजनले ऋण गरेर ८५ हजार रकम वीपी प्रतिष्ठानलाई तिरिसकेका छन्, अझै

    • प्रकाशित मितिः असार ९, २०७८
    • 920 पटक पढिएको
    • नेपाल रेखा
  • पूर्व विद्यार्थीद्वारा इटहरी अस्पताललाई स्वास्थ्य उपकरण तथा सामाग्री हस्तान्तरण

    इटहरी । सुनसरीको इटहरीमा रहेको बोर्डिङ्ग माध्यमिक बिद्यालय (सेकेण्ड्री बोर्डिङ्ग स्कूलमा बि.स.२०४९÷५० सालमा अध्ययन गरेका पूर्व बिद्यार्थीहरुको समूहले कोविडको महामारीका समयमा आम नागरिकले सुलभ र सहज स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले करीब ३ लाख ३७ हजार बराबरका स्वास्थ्य उपकरण तथा सामाग्रीहरु हस्तान्तरण गरेका छन् । पूर्व बिद्यार्थी समाजका संयोजक डा. बेन लिम्बूले इटहरीका नगरप्रमुख द्वारिकलाल चौधरीलाई उक्त सामाग्रीहरु इटहरी अस्पतालमा वुधवार एक कार्यक्रम बीच हस्तान्तरण गर्नु भयो । हस्तान्तरण समारोहमा डा. लिम्बूले आफू पनि इटहरीको बासिन्दा भएको, आफ्ना आमा बुबा पनि यही इटहरीमा रह

    • प्रकाशित मितिः जेठ २७, २०७८
    • 236 पटक पढिएको
    • "नेपाल रेखा"
  • मेलान सुनसरीद्वारा निःसाहाय बालबालिका सेवा आश्रममा खाद्यन्न तथा फलफूल वितरण

    इटहरी । मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) जिल्ला समिति सुनसरीले निःसाहाय बालबालिका सेवा आश्रमलाई फलफूल साथै खाद्य सामाग्री प्रदान गरेको छ ।वुधबार मेलानको १६ औं स्थापना दिवसको अवसरमा इटहरी–४ मा रहेको आश्रमलाई मेलान सुनसरी जिल्ला अध्यक्ष डा. खगेन्द्र ओलीको संयोजकत्वमा खाद्य सामाग्री प्रदान गरिएको हो । डा. ओलीले स्याउ, आँप साथै मैदा, चाउ–चाउ, भुजालगायतका खाद्य सामाग्री प्रदान गरिएको बताए । कार्यक्रममा मेलान केन्द्रीय सल्लाहकार प्रकाश अधिकारीसहित सुनसरी जिल्ला कायस् समिति सदस्यहरुसमेत सक्रिय सहभागि भएका थिए ।मेलान गुणस्तरीय र जनपक्षीय स्वास्थ्य प्रयोगशाला

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 485 पटक पढिएको
    • "नेपाल रेखा"
  • कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान

      सुनसरी । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका योद्धा कृष्ण सेन इच्छुकको १९ औँ स्मृति दिवसका अवसरमा प्रेस संगठन नेपाल प्रदेश नं. १ र सुनसरी जिल्ला समितिले विहीबार नेपाल पत्रकार महासँघ सुनसरीलाई विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको छ । प्रदेश र जिल्ला समितिको सक्रियतामा विभिन्न सहयोगदाताहरुबाट सङ्कलित स्वास्थ्य सामाग्री प्रदेश र जिल्ला समितिको तर्फबाट प्रदेश इन्चार्ज राजन केडीले पत्रकार महासँघ सुनसरी अध्यक्ष जनकक्रृषि राईलाई हस्तान्तरण गर्नुभयो । स्वास्थ्य सामाग्रीमा मास्क, सेनिटाइजर, आयुर्वेदिक औषधि लगायत छन् । कोभिड–१९ महामारीका बावजुद स्थलगत पत्रकारितामा क्रियाशिल पत्रकारहर

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • 898 पटक पढिएको
    • "नेपाल रेखा"
  • बन्दाबन्दिमा गाडी नपाउदा एक ७७ वर्षिय बृद्धाले घर फर्किन पाएनन्

    https://youtu.be/3KLAk9pnjSs  भिडियो हेर्न यो छेउको लिंकमा थिच्नुहोस । नेपालरेखा / सुनसरी । महामारी नियन्त्रण तथा रोकथामका लागि बिभिन्न जिल्लामा स्थानिय प्रसासनले निषेधाज्ञा जारि गरेपछि ईटहरीमा रोकिएका भोजपूरका एक ७७ बर्षिय बृद्धा घर कसरी फर्किने भन्ने बारे पिरोलिएका छन् । सुनसरीमा बैसाख १७ गते देखी यता निरन्तर निषेधाज्ञा जारी रहँदा ब्यावशाय, बजार, यातायात ठप्प रहेको छ । यातायात र बजार बन्दरहँदा आवतजावत पनि पूर्णतः बन्द नै रहेकोले घर फर्किन सवारी साधन नपाउँदा ईटहरीमा बिगत २२ दिनदेखी भोजपूरका ७७ बर्षिय बृद्धा लक्ष्मीबहादुर तामाङ्ग घर फर्किन नपाउदा चिन्तित बनेका हुन् । बिगत २२ दिनदे

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 379 पटक पढिएको
    • "नेपाल रेखा"
  • कति सुरक्षित छन् स्थानिय आइसोलेसन सेन्टरहरु

    https://youtu.be/HXlQ-v4kdGw जनक पाण्डे इटहरी÷सुनसरीमा आइसोलेसन सेन्टर निर्माण सहित कोरोना संक्रमितहरुलाई माया र हौसला दिदै उच्च मनोवल बढाउन बिभिन्न संघ संस्थाहरु मार्फत स्वस्फुर्त सामाजिक पहल कदमी बढाउन थालिएको छ । नेपालमा कोरोना संक्रमण दर तिब्र गतिमा बढिरहेकोले यो महामारी नियन्त्रण तथा रोकथामका लागि नागरिक स्तरबाटै यस्ता पहल कदमी बढाउन थालिएको हो । सुनसरीको इटहरीमा यहि साता दुईवटा आईसोलेसन सेन्टरहरु सञ्चालनमा ल्याउने तयारी भए । स्वास्थ्य मापदण्ड अनुरुपको जनाइएका आईसोलेसन सेन्टर एउटा इटहरी उपमहानगरपालिका र इटहरी अस्पतालको समन्वयमा इटहरी रंगशाला क्षेत्र वडा नं. ९ मा बिरामी राखेर सञ्च

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 319 पटक पढिएको
    • "नेपाल रेखा"
  • खोप कहिले सरकार...

    जनक पाण्डेसुनसरी÷मुलुकमा कोरोना संक्रमणको ग्राफ बढेसंगै अहिले स्थानीय स्तरमा समेत खोपबारे नागरिकहरुको चासो र चिन्ता बढ्न थालेको छ । मोरङ्गमा पहिलो डोजको खोप लगाएका नागरिकहरु दोस्रो डोजको खोप लगाउन पाइने हो या नपाइने हो कि त कहिले पाइने हो ? भनेर आ–आफ्नो पायक पर्ने नगरपालिकामा फोन गर्ने गरेको बिभिन्न पालिकाको कार्यालयहरुले जनाएका छन् । उर्लाबारी, पथरीशनिश्चरे, बेलबारी नगरपालिकाहरुमा नागरिकले कोरोना भाईरस बिरुद्धको खोपबारे टेलिफोनबाट चासो ब्यक्त गर्ने गरेको नगरपालिकाको कार्यालयहरुले जनाएका छन् । त्यसैगरी, मोरङ्गकै सुन्दरहरैंचा नगरपालिकामा पनि खोपबारे नागरिकले सोध्ने गरेको नगर प्रमु

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • 282 पटक पढिएको
    • "नेपाल रेखा"
  • प्रधानमन्त्री केपी ओलीलाई खुल्ला पत्र

    सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यू , देशमा लोकतन्त्र आउनु अघिको अवस्थालाई एक पटक स्मरण गरिदिनुस त ? देशमा लोकतन्त्र स्थापना गर्नका लागि सुखानीमा सहिदहरुले गोली खानु परेको परिदृष्य तँपाईलाई राम्ररी थाहा छ । राणा शासनकाल, पंचायत काल, अनि अधिनायकवादी राजतन्त्रको अन्त्य गर्न कतिले ज्यानको आहुति दिए ? कति घाइते भए ? कति देश निकाला गरिए ? कतिको कोख रित्तीयो ? कति विधवा भए एक पटक छातीमा हात राखेर गम्भीर ढंगले सोचि दिनुस त केपी ओली ज्यू । तँपाई नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) को केन्दीय अध्यक्ष भएर झण्डै दुई तिहाईको सरकारको प्रधानमन्त्री हुनु भयो । तर तपाईकै अहमताले गर्दा आज तपाई आबद्ध नेकपा पुनः

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • 962 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]