समृद्धिकालागि सिलाई कटाई सिकेका महिलालाई सिलाई मेशिन प्रदान

  • आश्विन २, २०७८ / नेपाल रेखा
alt

इटहरी । इटहरी उपमहानगरपालिकाले सिलाई कटाई सिप सिकेका महिलालाई सिलाई मेशिन प्रदान गरेको छ ।
इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले मल्टि स्किल एण्ड एन्भारोमेन्ट डेभलपमेन्ट प्रा.लि.द्वारा संचालित तह–१ को निःशुल्क ६५ दिने (३९०ण्टे) सिपमुलक टेलरिङ तालिम समापन कार्यक्रममा सिलाई मेशिन हस्तान्तरण गरिन् । इटहरी उपमहानगर वडा नम्बर ५ को तर्फबाट १३ वटा र उपमेयर आत्मनिर्भर कार्यक्रमको ७ वटा गरि २० वटा सिलाई मेशिन वितरण गरिएको हो ।
नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) परियोजना अन्तर्गत ६५ दिन सम्म सञ्चालित टेलरिङ्ग तालिमको समापनका अवसरमा मेसिन हस्तान्तरण गरिएको हो । तालिममा समृृद्धिको आर्थिक सहयोग र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा मल्टि स्किल एण्ड इन्भारोमेन्ट डेभलपमेन्ट प्रालिले इटहरी–५ मा सञ्चालन गरेको हो । महिलालाई सिप सिकाएर मेशिन समेत प्रदान गरेर गरिखाने बनाउने लक्ष्य राखिएको उपमेयर लक्ष्मी गौतमले बताइन् । उनले सिकेको सिप प्रयोग गरेर ६ महिना भित्रमा रोजगार बन्न आग्रह गरिन् । वडा नम्बर ५ का वडाध्यक्ष कल्याणबहादुर कार्कीले सिप सिकेका महिलाले सिलाएका लुगाको बजारीकरणमा सहयोग गर्ने बताए। समृद्धि हेल्भेटास परियोजनाका टिम लिडर बालमुकुन्द न्यौपानेले हातमा सिप भएको मान्छे कहिल्यै भोको बस्नुनपर्नेमा जोड दिए । कार्यक्रममा आयोजक मल्टि स्किल एण्ड इन्भारोमेन्ट प्रालिका कार्यक्रम संयोजक विकास खनालले तालिम सम्पन्न गर्नमा इटहरी उपमहानगरपालिका र वडा नम्बर ५ कार्यालयले सहजीकरण र समन्वय गरेको बताए ।
महिलाहरु आफ्नै सिप र पहिचानमा अघि बढ्नु पर्ने कार्यक्रम संयोजक खनालको भनाइ थियो । वडा सदस्य टीका बस्नेत र प्रशिक्षार्थी सुभद्रा ढुंगेलले पनि तालिमका सन्दर्भमा बोलेका थिए ।
निर्मला मैनाली र सुमित्रा विश्वकर्माले प्रशिक्षार्थीहरुलाई टेलरिङ्ग तालिम दिएका हुन् ।

1631868895837 1 1631868895880 1 1631868895966 (1) 1

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]