पकली खानेपानी आयोजना संचालनमा उपभोक्ता भन्छन्ः पानीको उपचार गर्नुपर्छ

  • श्रावण ३, २०७८ / नेपाल रेखा
alt

जनक पाण्डे
इटहरी । इटहरी वडा नम्बर–१७ मा पकली खानेपानी उपभोक्ता तथा सरसफाई समिति आयोजनाको समुद्घाटन गरिएको छ ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इटहरीका प्रमुख प्रदीपलाल कर्णबाट आयोजनाको भवन परिसरमा शनिबार समुद्घाटन गरिएको हो । डिभिजन प्रमुख कर्णले शिलापत्रको तुला र खानेपानीको धारा खोलेर उद्घाटन गरेका थिए ।
इटहरी वडा नम्बर १६, १७ र १८ मा बसोबास गर्ने ५ सय उपभोक्ता यस समितिमा आवद्ध भइसकेको समितिको अध्यक्ष राजेन्द्रप्रसाद ओझाले बताए । ओझाकाअनुसार ४ सय धाराबाट पानी वितरण थालिएको छ । ४५ किलोमिटर पाइपलाइन योजना अन्तर्गत २५ किलोमिटर पूरा भइसकेको ओझाको भनाइ छ ।
बर्षेनि हिउद महिनामा जमिन मुनिको (अन्डरग्राउण्ड सोर्स अफ वाटर) पानीको स्रोत सुक्ने समस्या रहेको इटहरी उपमहानगर पालिकाको १६, १७ र १८ नं. वडाका वडाबासीहरुलाई सुलभ र स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले इटहरीको पकली खानेपानी उपभोक्ता तथा सरसफाई समितिले बैसाख महिनाबाट वडावासीलाई पानी बितरण कार्य थालनी गरेको थियो ।
स्थानीय क्षेत्रहरुमा कल ट्यूववेलमा पानीको स्रोत सुक्ने समस्या भएकोले बडाबासीहरुले धारा जडान गरेको बताएका छन् । यही समस्या देखेर उपभोक्ताको अनुरोधमा समितिले गत बैसाखबाट पानी बितरण सुरु गर्यो ।
समुद्घाटन कार्यक्रममा सहभागि उपभोक्ताहरुले बितरित पानीमा आइरनको मात्रा रहेको उपभोक्ताहरुले बताएका छन् । सुरुमा पाइपलाईन सफा नगरी छोडिएको पानी खराब भएकोले नुहाउँदा जिउ चिलाउने समस्या आएको स्थानीय उपभोक्ता यज्ञबहादुर निरौला बताउँछन् । उनी भन्छन्–‘पानी खराब छ, नुहाउँदा एलर्जी हुन्छ । पानीमा जिरो पैन्ट तीन प्रतिशत आइरन पनि पाइएको छ ।’ अहिले चाँहि दवाई पाउडर हालेर पानी पठाएपछि यो समस्या रोकिएको छ ।’
अहिले पानी ट्रिटमेन्ट प्लान्टको अभावका कारण पानीमा देखिएको आइरनको समस्या भने पकली खानेपानी आयोजनामा यथावत नै रहेको छ । अहिले अर्को एक सय चार मिटर गहिरो नयाँ बोरिङ्ग पनि गाडिएकोले पानीको ल्याव परिक्षण गरेर राम्रो देखिएमा नयाँ बोरिङ्गको पानी मात्र बितरण गरिने समितिको योजना भएको समितिका सदस्य भोजराज नेपाल बताउँछन् । उनी भन्छन्–‘त्यो पानी नभए वाटर ट्रिटमेन्ट प्लान्ट स्थापना गरेर पानी सुद्धिकरण पश्चात बितरण गर्नुपर्ने हुन्छ ।’
इटहरीको १६, १७, १८ नं. वडा र रामधुनीको नगरपालिकाको ३ नं. बडा पनि यो आयोजनाको कार्यक्षेत्र परेकोले आयोजनाले यी क्षेत्रमा सबै उपभोक्तामा समान रुपमा स्वच्छ र सुलभ पानीको बितरण सकेसम्म छिटो गरिनु पर्ने समितिका पूर्व सहसचिव केशव आचार्य बताउँछन् । उनी भन्छन् –‘यो एरिया नै काकाकुल बनेको छ, हिउदमा जमिनका सबै पानीका स्रोतहरु सुक्छन्, तसर्थ नयाँ बोरिङ्गको ब्यवस्था गरेर पिउनयोग्य पानी ब्यवस्था गर्न समितिले तदारुकता देखाउनु पर्छ ।’ फिल्टरले पनि केहि मात्रामा पानीमा आइरनको मात्रा कम गर्ने बिज्ञ र प्राबिधिकहरुको भनाई राख्दै समितिका पूर्व सहसचिव केशव आचार्य यस्ता प्लान्ट खरिदका लागि नेपाल सरकारको पनि सहयोग र समन्वय आवश्यक भएको बताउँछन् ।
श्री रामेश्वर शिव पञ्चायन मन्दिरले पकली खानेपानी उपभोक्ता तथा सरसफाई समितिलाई ४ कठ्ठा जग्गा उपलब्ध गराएपछि खानेपानीको ओभरहेड ट्यांकी र भवन बनाइएको समितिको सदस्य शोभा पौडेलले बताइन् । मन्दिरलाई जग्गा उपलब्ध गराउने चाँही एकलीदेवी थरुनी हुन् ।
यो आयोजनाको २०६८ सालमा पहिलो उपभोक्ता समिति बनाइ खानेपानीको क्षेत्रमा काम सुरु गरिएको थियो । त्यतिबेला भुवनसिंह खड्काको अध्यक्षतामा समिति बनाइएको थियो ।
सो भवनलाई साविकको पकली गाविस भवन भूकम्पले भत्काएपछि सोही भवनलाई गाविस कार्यालय बनाउने चर्चा पनि चलाइएको थियो पछि फेरि पकली स्वास्थ्य चौकी पनि सोही भवनबाट संचालन गर्ने पनि भनियो तर, अन्तिममा भने सो भवनबाट खानेपानी तथा उपभोक्ता तथा सरसफाई समितिको काम हुने भएको छ । यो आयोजना प्रदेश सरकार मातहतको हो ।
गतसाल चैत्र २८ गते सो उपभोक्ता तथा सरसफाई समितिको १० औं साधारणसभा आयोजना गरिएको थियो । सो साधारणसभामा समिति अध्यक्ष राजेन्द्रप्रसाद ओझा कोषाध्यक्ष विष्णुमान श्रेष्ठले छुट्टा छुट्टै प्रतिवेदन पेश गरेका थिए । ओझा नेतृत्वको कार्यसमिति २०७६ कात्तिक २३ गते निर्वाचित भएको थियो । शनिबार भएको उद्घाटन कार्यक्रमको सभापतित्व पकली खानेपानी उपभोक्ता तथा सरसफाई समिति अध्यक्ष राजेन्द्रप्रसाद ओझाले गरेका थिए भने संचालन समिति सचिव महेन्द्रप्रसाद चौधरीले गरेका थिए । साथै स्वागत मन्तव्य समितिको उपाध्यक्ष मुकेशकुमार रायले व्यक्त गरेका थिए ।5 1 1 2 2 2 4 2 8 1 6 1 5 2 7 1

 

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]