अनेरास्ववियूको अध्यक्ष र सहइन्चार्जमा युस्टल दाहाल (गोरे)

  • साउन १९, २०७८ / नेपाल रेखा
alt

इटहरी । एमाले निकट अनेरास्ववियू सुनसरी क्षेत्र नम्बर ३ को अध्यक्षमा युस्टल दाहाल (गोरे) मनोनित भएका छन् । साथै उनलाई सोही संगठनको इटहरी उपमहानगर सहइन्चार्जमा समेत मनोनित गरिएको छ ।
अनेरास्ववियु केन्द्रिय सदस्य जिबि गजल, जिल्ला अध्यक्ष रोशन रेग्मी, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य राजन बानिय र जिल्ला अध्यक्ष अरुण गुरुङ हरुको छलफल पश्चात् युस्टल दाहाल (गोरे) लाई सर्वसम्मत÷निर्बिरोध अध्यक्ष र सहइन्चार्जमा मनोनित गरिएको जानकारी अनेरास्ववियु सुनसरी जिल्ला अध्यक्ष रेग्मीले दिए ।
केन्द्रिय सदस्य जिबि गजलले भने–‘हामीले एक जिम्मेवारी राम्रो बहन गर्न सक्ने मान्छेलाई प्राथमिकता दिएको हो र हरेक कार्यक्रममा सामेल भएकोले मनोनित गरिएको हो ।’ त्यसैगरि, राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य राजन बानियाले–‘अहिलेको युवा पुस्तामा गोरे एकदम सक्रिय रहेको, जस्तोसुकै परिस्थितिमा पनि नचुक्ने, निडर स्वभावका धनी, अनेरास्ववियुलाई एकदम रफ्तारमा लग्न सक्ने क्षमतावान युवा नेता गोरेलाई अध्यक्ष मनोनित गरिएको हो ।’
नव नियुक्त अध्यक्ष युस्टलले आफू जस्तोसुकै परिस्थिति आए पनि पछि नहट्ने बताए । विद्यार्थीको हितमा उभिने छु र मलाई बिश्वास गरेर दिएको जिम्मेवारी राम्रोसँग पूरा गर्नेछु गोरेले भने ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]