मल्टि स्किलद्वारा धनकुटामा निःशुल्क सिपमुलक तालिम संचालन

  • भदौ २४, २०७८ / नेपाल रेखा
alt

धनकुटा । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ग्रामिण उद्यम तथा विपे्रषण आयोजना समृद्धिको वित्तीय सहयोग र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा मल्टी स्किल एण्ड इन्भारोमेन्ट डेभलपमेन्ट प्रालिद्वारा धनकुटा र पाख्रिवास नगरपालिकामा ६० जना युवालाई सिपमुलक तालिम दिएको छ ।
जसमा धनकुटा नगरपालिकामा टेलरिङ्ग २० जना र व्यूटिसियन २० जना र पाख्रिबास नगरपालिकामा २० जना मेसन गरी जम्मा ६० तालिम प्रदान गरिएको मल्टी स्किल कार्यक्रम संयोजक विकास खनालले जानकारी दिए । पाख्रिबासको मेसन तालिम समापन कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक खनालले सम्पूर्ण प्रशिक्षार्थीलाई सिटीईभिटीईबाट सिप परिक्षण गराई व्यावसाय संचालन र रोजगारीमा पनि सहजीकरण गरिने बताए ।
साथै कार्यक्रम समापनमा बोल्दै वडा अध्यक्ष फणिन्द्र तामाङ्गले तालिम गुणस्तरीय रुपमा संचालन भएको र सिप सिकेका युवाहरु अब वेरोजगार बस्नु नपर्ने भन्दै रोजगार बनाउन वडाले पनि पूर्ण सहजीकरण गर्ने बताए ।
साथै प्रशिक्षार्थीहरुलाई वित्तिय शिक्षा तथा व्यावसायिक ज्ञान तालिम पनि संचालन गरिएको छ ।
मल्टि स्किलद्वारा धनकुटा, भोजपुर र सुनसरी मोरङ गरी ४२० जनालाई व्यावासायिक सिपमुलक तालिम साथै सुनसरी र मोरङमा १२० जनालाई औद्योगिक प्रशिक्षार्थी तालिम संचालन गरिएको कार्यक्रम संयोजक खनालले जानकारी दिए ।IMG_20210429_222938 2 IMG_20210908_084650 2 IMG_20210908_085432 2

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]