विराटचोक । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत सुन्दरहरैंचाका बालबालिकालाई नेतृत्व विकाससम्बन्धी तालिम दिइएको छ । समावेशी बाल क्लब सञ्जालका लागि आयोजित तालीममा बाल सञ्जालका प्रतिनिधि तथा अपाङ्गता भएका बालबालिका गरी ४० जनाभन्दा बढी सहभागी थिए । तालीम समापन समारोहलाई सम्बोधन गर्दै सुन्दरहरैंचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईँले बालबालिकाको क्षमता अभिवृद्धि गराई उनीहरुलाई हरेक क्षेत्रमा अघि बढाउने कार्यमा नगरपालिका सधैँ लाग्ने बताए । बाल सञ्जालको माध्यमबाट बालबालिकामा बढिरहेको आत्मविश्वासको आफूले मूल्याङ्कन गरेको बताउँदै उनले बालबालिकाले माग गरेका कार्यक्रम सञ्चालनमा नगरपालिका
इटहरी । बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अनुगमन टोलीले तत्काल म्याद गुज्रिएका सामानहरु नष्ट गरि व्यवसायीलाई सचेत गराइएको छ ।जिल्ला प्रशासन कार्यालय समेतको सहभागितामा गरिएको बजार अनुगमनका क्रममा इटहरीको हटिया लाईनका केही पसलहरुमा म्याद गुज्रिएका सामानहरु फेला परेपछि नष्ट गरिएको हो ।अनुगमनका क्रममा खाद्य पसलहरुमा विक्रीका लागि राखिएका केही सामानहरुको म्याद गुजिए्रको पाइएको र यस अघि इटहरीकै अन्य पसलहरुमा पनि अनुगमन गर्दा पनि केही पसलहरुमा म्याद गुज्रिएको सामान फेला परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख काशिनाथ घिमि
रामधुनी । इटहरी उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको सनेश कृषि सहकारी सस्था लि. ले उन्नत जातका बोयर बाख्रा संस्थाका आठ जना शेयर सदस्यलाई बितरण गरेको छ ।बाख्राको नश्ल सुधारका लागि बितरण गरिएको हो । बोयर बाख्रा पाउनेमा संस्थाका आठ जना सदस्यहरु पुष्पलाल चौधरी, गोविन्द चौधरी, बिनोद चौधरी, सिरबिङ राई, अशोक चौधरी, उषा गुरुङ, उर्मिला चौधरी, लालु चौधरी रहेका छन् । कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा न. १८ का वडा अध्यक्ष रामकुमार चौधरी, संस्थाका अध्यक्ष राजदेव चौधरी, खेमराज अधिकारी, तेज नारायण चौधरी लगायतले बाख्रा बितरण गरेका थिए । यस अघि भएको कार्यक्रममा वडा अध्यक्ष चौधरीले गरिबी निवारणका लागि आय आर्
दीपक कार्की इटहरी । सुरक्षित गर्भपतन लगायतका स्वास्थ्य सेवा प्रदान गर्दै आएको नेपाल परिवार नियोजन संघ सुनसरीले पाँच महिनाको अवधिमा २० हजार बढी मानिसहरुलाई सेवा दिएको छ ।नेपाल परिवार नियोजन संघ सुनसरी अन्तरगतका परिवार स्वास्थ्य केन्द्र र क्लिनिकहरुका गत जनवरी देखि मे महिना सम्ममा २० हजार ८९ जनालाई विभिन्न किसिमको स्वास्थ्य सेवा प्रदान गरेको पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।पत्रकार सम्मेलनमा नेपाल परिवार नियोजन संघ सुनसरी अन्तरगतको परिवार स्वास्थ्य केन्द्र प्रमुख कुमार गिरीले सुरक्षित गर्भपतन, परिवार नियोजन साधन, महिला रोग, एचआईभी, गर्भवती परिक्षण बच्चालाई खोप, यौन रोग, बाझोपन, पिशा
कुमोद अधिकारीविराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारले प्रदेशमा निजी क्षेत्रले रासायनिक मल कारखाना स्थापनामा गर्न चाहेमा आवश्यक सहयोग गर्ने बताएका छन् ।नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेशको चौथो साधारण सभाको विराटनगरमा उद्घाटन गर्दै उनले मुलुकको कृषि उत्पादनमा वृद्धि गर्नका लागि अन्य उद्योग सरह मल उद्योग स्थापनामा सहज व्यवस्थापनमा सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गरे । मुख्यमन्त्री राईले राष्ट्रियताको लागि मुलुक आर्थिक रुपमा सम्पन्न हुनुपर्नेमा जोड दिँदै यसका लागि निजी क्षेत्र लगायत सबैसँग हातेमालो गर्न सरकार तयार रहेको बता
दीपक कार्कीधनकुटा । लोप हुदै गएको पञ्चे बाजाका साथमा कृषि अनुसन्धान केन्द्र पाख्रिबासका प्रमुख डाक्टर गोविन्द प्रसाद तिमल्सिनाको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको प्रमुख आतिथ्यतामा धान रोपेर कृषि अनुसन्धान केन्द्र पाख्रिबासले १९ औं राष्ट्रिय धान दिवस मनाएको छ ।नेपाल सरकार नेपाल कृषि अनुसन्धान परिषद् कृषि अनुसन्धान केन्द्र पाख्रिबासले धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनामा सहयोग भन्ने मुल नाराका साथ केन्द्रको कार्यक्षेत्र स्थित साउथ क्षेत्रमा प्रमुख अतिथि, अतिथि लगायतले धान रोपेर १९ औं राष्ट्रिय धान दिवस मनाइएको हो ।खेतमा काम गरी दहीच्युरा खाएर धान रोप्ने दिनका
विराटनगर । विराटनगरको खानेपानी समस्या समाधानका लागि एकीकृत खानेपानी ढल व्यवस्थापन परियोजनाले विराटनगर महानगरसित छलफल गरेको छ । सन् २०३० सम्म उच्च तथा मध्यमस्तरको खानेपानी ९० प्रतिशत जनताको पहुँचमा पु¥याउने नेपाल सरकारको लक्ष्य रहेको छ । सोही लक्ष्य परिपूर्तिका लागि परियोजनाले नेपालका ६ वटा सहरमा काम गरिरहेको छ।खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रोजेक्ट डाइरेक्टर बालमुकुन्द श्रेष्ठले हाल विराटनगरसहित भरतपुर, वीरगञ्ज, हेटौडा, जनकपुर र धरानको खानेपानी समस्या समाधानका लागि डीपीआर तयार गरिरहेको जानकारी दिए । हाल नेपालमा उच्च तथा मध्यमस्तरको खानेपानी २५ प्रतिशत जनताले मात्रै प्राप्त गरेको उनको
कुमोद अधिकारी विराटनगर । गरिवसंग विशेश्वशर कार्यक्रम अन्तर्गत विराटनगरका आवद्ध समुहका सदस्यहरुलाई सिपमुलक तालिम प्रदान गरिएको छ । गरिवसंग विशेश्वशर कार्यक्रम अन्तर्गत विराटनगर महानगरपालिकाका ८ र १४ नम्वर वडाका २८ जना महिलाहरुलाई अचार, पापड तथा जाम वनाउने तालिम प्रदान गरिएको हो ।सात दिनसम्म भएको तालिममा सहभागीहरुलाई नेपाल घरेलु तथा साना उद्योग महासंघकी महासचिव एवम् महिला उद्यमी मालती नेपाल आचार्य र यशोधा मिश्रले तालिम दिएको संस्थाकी सामाजिक परिचालिका युवा भण्डारी आचार्यले वताइन् । तालिमा सहभागीहरुलाई आठ नम्वर वडाका वडा अध्यक्ष राम पोखरेल तथा विराटनगर महानगरपालिकाका सामाजिक विकास महा
धनकुटा । राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर धनकुटामा समृद्धिका लागि वन भन्ने नाराका साथ धनकुटाको सल्लेरी राष्ट्रिय वनमा वृक्षारोपण गरि मनाइयो ।डिभिजन वन कार्यालय धनकुटाको आयोजनामा सल्लेरी राष्ट्रिय वन क्षेत्रमा विभिन्न जातका विरुवा रोपेर राष्ट्रिय वृक्षारोपण दिवस मनाइएको हो ।सल्लेरी राष्ट्रिय वनको कार्यक्षेत्र ५ र ६ साथै भिमदल गण सल्लेरी व्यारेकको परिसर क्षेत्रमा समेत गरी १ दशलव ९ हेक्टरमा बृक्षारोपण गरियो । धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको प्रमुख आतिथ्य तथा डिभिजनल वन अधिकृत मेघराज राईको अध्यक्षतामा खोटेसल्ला, कल्की फुल, तेजपात, कपुर र समी लगायत
धनकुटा । नेपाल राष्ट्रिय शिक्षक संगठन धनकुटाले विभिन्न माग राख्दै धनकुटा नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको बैक खातामै मासिक तलव भत्ता उपलव्ध गराउने लगायतका मागहरु सहितको ज्ञापन पत्र नगरप्रमुख चिन्तन तामांगलाई बुझाएको हो ।सो ज्ञापन पत्रमा धनकुटा नगरपालिका भित्रका सम्पूर्ण ईसिडि शिक्षक, बालविकास तथा विद्यालय कर्मचारीको पारिश्रमिक नेपाल सरकारले आर्थिक वर्ष २०७९÷०८० को बजेटमा तोके बमोजिम उपलव्ध गराउनु पर्ने, नगरपालिकामा शिक्षकहरुको दरबन्दी मिलान गर्दा पालिकाभित्र रिक्त हुदै जाने दरबन्दी मात्र पठाउदै जाने, अन्य