वडाबाटै आधारभूत स्वास्थ्य सेवा दिन थालियो

  • असार २१, २०७९ / नेपाल रेखा
alt

धिरेन्द्रकुमार चौधरी
रामधुनी । सुनसरी स्थित रामधुनी नगरपालिकाको ९ नम्बर वडा कार्यालय आधारभूत स्वास्थ्य सेवा केन्द्र भबनको सोमबार उद्घाटन गरी सेवा संचालन दिन थालिएको छ । स्वास्थ्य सेवा केन्द्रमा एक जना कर्मचारी दुई जना स्वास्थयकर्मी सहित तीनजना कार्यरत रहेका छन्  ।
रामधुनी नपा कार्यालयका पूर्व नगरप्रमुख जयप्रकाश चौधरीले एक कार्यक्रम बिच भबनको उद्घाटन गरे । सो अबसरमा उनले वडाबासीलाई स्वास्थ्य सेवा लिन सहज हुने धारणा राखे । रामधुनी ९ का वडा अध्यक्ष घनश्याम चौधरीको अध्यक्षता भएको कार्यक्रममा उनले आधारभूत स्वास्थ्य सेवा केन्द्रको आफ्नै भवन भएपछि स्थानीयबासी सबैको स्वास्थ्य सेवामा सरल तरिकाले पहुच पुग्ने बिचार व्यक्त गरे ।
रामधुनी नगरपालिका कार्यालय वडा न. ९ वडा कार्यालय हाता भित्र आधारभूत स्वास्थ्य सेवा केन्द्र भबन निर्माण गरिएको छ । भबन निर्माण सम्पन्न गर्न आर्थिक बर्ष २०७८।२०७९ को पाँच लाख १४ हजार विनियोजन गरिएको थियो । सो बराबरको लागतमा उपभोक्ता समिति मार्फत भबन निर्माण सम्पन्न भएको वडा सचिब जयराम चौधरीले बताए । यस अघि ठेक्कामा उक्त केन्द्रको भबन निर्माण शुरु गरिएको थियो । रामधुनी वडा न. ९ बस्ने अनिष साहका बुबा राजेन्द्र साहले स्वास्थ्य केन्द्र भबनका लागि सबा एक कठा जग्गा निःशुल्क प्रदान गरेको वडा सचिव चौधरीले बताएका छन् ।

कोशी प्रदेश सरकारले ...

विराटनगर । २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउन क ...

मुस्कुराइरहेको प्रकृ ...

–विजय खतिवडा प्राकृतिक सौन्दर्य, जैविक विविधता र ...

सिदादान गर्न लामबद्ध ...

कुशे औँशीका अवसरमा शुक्रबार भक्तपुर नगरपालिका ...

भोटेकोशी बाढीमा बेपत ...

इटहरी । भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएका बर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]