समाचार

    Showing 411-420 of 650 items.
  • हत्यामा संलग्न बस्नेत भाग्दा भाग्दै पक्राउ

    उदयपुर । उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीस्थित गोवाटार गाबिङखोलाका ४३ वर्षीय नरबहादुर बस्नेत भाग्दै गरेको अवस्थामा पक्राउ परेका छन् । आफ्नै वंशजका तीन जनाको हत्या गरेर भाग्दै गरेका उनलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो । शुक्रबार दिउँसो पारिवारिक विवाद भएपछि बेलका नगरपालिका–७ मैनामैनीका ३३ वर्षीय राजकुमार बस्नेत, ३३ वर्षीया सरिता बस्नेत र १२ वर्षीय सुजन बस्नेतको हत्या गरिएको थियो । तीनैजनालाई नरबहादुरले खुकुरी प्रहार गरी हत्या गरेका थिए । मृतक सरिता नरबहादुरकी श्रीमती तथा सुजन छोरा हुन् । हत्यापछि नरबहादुर फरार भएका थिए । जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी प्रहरी नायब

    • प्रकाशित मितिः भदौ १९, २०७९
    • 178 पटक पढिएको
    • नेपाल रेखा
  • रोटरी क्लब इटहरीले दियो बराहक्षेत्र मन्दिरलाई डस्बिन

    बराहक्षेत्र । धर्तिकै पहिलो तिर्थ स्थल मानिने सुनसरीमा रहेको बराहक्षेत्र मन्दिरको सरसफाईमा सहयोग पुर्याउने उद्देश्यले रोटरी क्लब अफ इटहरीले मन्दिरलाई डस्टविन उपलव्ध गराएको छ ।मन्दिर क्षेत्रको सरसफाईलाई मध्यनजर गर्दै फोहोर व्यवस्थापनमा सहयोग पुगोस् भनेर रोटरी क्लब अफ इटहरीले १५ वटा डस्टविन मन्दिरका लागि हस्तान्तरण गरिएको हो ।बराहक्षेत्र मन्दिरमै एक कार्यक्रमको आयोजना गरी क्लबले मन्दिर क्षेत्रको सरसफाईमा सहयोग पुर्याउन डस्टविन क्लबका अध्यक्ष संयोग पराजुलीले हस्तान्तरण गरेका हुन् । सो अवसरमा बराहक्षेत्र मन्दिरका मूल पुजारी, स्थानीय जनप्रतिनिधि तथा स्थानीय सामाजिक संघसंस्थाका प्रतिनिधिको समेत उपस्

    • प्रकाशित मितिः भदौ १४, २०७९
    • 334 पटक पढिएको
    • नेपाल रेखा
  • सङ्खुवासभामा पहिरोबाट विस्थापितलाई जग्गा दिइयो

    संखुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरोबाट विस्थापित परिवारलाई जग्गा हस्तान्तरण गरिएको छ । गत २०७७ असार २७ गते राति गएको पहिरोबाट सिलिचोङ–१ बेसिन्दाका ९२ परिवार विस्थापित भएका थिए । विस्थापितमध्ये ५५ परिवारलाई खाँदबारी नगरपालिका–७ मा जग्गा हस्तान्तरण गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समिति, खाँदबारी नगरपालिका र सिलिचोङ गाउँपालिकाले संयुक्तरूपमा विस्थापित ५५ परिवारलाई गोलाप्रथा गरेर जग्गा बाँडफाँट गरेको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए । पहिराबाट विस्थापित ५५ परिवारले पुनःस्थापनाका लागि खाँदबारी रोजेका थिए । खाँदबारीका उपप्रमुखको संयोज

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • 217 पटक पढिएको
    • नेपाल रेखा
  • कालखण्डमा हाम्रो पत्रकारिता र हामी

    २०४७ साल यता राजनीतिक दलहरुको संरक्षणमा स्थापना भएका पत्रपत्रिकाहरुले निष्पक्ष समाचार प्रवाह गर्नुको साटो आफु पक्षधर पार्टी र धारको बिचार मात्र प्रवाह गर्ने र वास्तबिकता ढाकछोप गर्ने प्रबृत्तिको बिकाश हँुदै गयो । देशमा संञ्चार क्षेत्रमा ठुलो लगानी भएता पनि नेपाली पत्रकारिता पार्टीगत राजनीतिबाट अछुतो हुन नसकेकोले वाध्यकारी कारण पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ पनि राजनीतिक भागबन्डाले गर्दा पत्रकारिता स्वतन्त्र र निश्पक्ष हुन सकिरहेको छैन । यो परिवेशमा संञ्चार माध्यमहरु राजनीतिक संरक्षणमा हुर्किरहेको देखिन्छ । यसरी संञ्चार माध्यमहरु पार्टीको मुखपत्र जस्तो बन्दै गईरहेको आवस्थालाई हे

    • प्रकाशित मितिः भदौ ४, २०७९
    • 601 पटक पढिएको
    • नेपाल रेखा
  • चुस्त र दुरुस्त प्रसासन सञ्चालन गरेर देशलाई सुधार्ने रवीको बाचा

    नेपालरेखा / इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवी लामिछानेले आँउदो मंसीर ४ गते हुने आमनिर्वाचनमा आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिएर जिताएको खण्डमा चुस्त र दुरुस्त प्रसासन सञ्चालन गरेर देशलाई सुधार्ने बाचा गरेका छन् । सुनसरी स्थित ईटहरीको होटल ईम्पेरियलमा सोमवार भएको राष्ट्रिय स्वतन्त्र पार्टीको नगर, जिल्ला र प्रदेश कमिटी गठन गर्ने क्रममा आयोजित सभालाई सम्बोधन गर्दै पार्टीका संयोजक रवी लामिछानेले यस्तो बताएका हुन । “एउटा सामान्य टेलिभिजन कार्यक्रममा काम गर्दा धेरैलाई सेवा गर्न सकें भने तँपाईहरुको समस्या सुन्ने ठाँउमा पुगेको अवस्थामा देशलाईनै काया पलट गर्न सक्छु

    • प्रकाशित मितिः भदौ २, २०७९
    • 188 पटक पढिएको
    • नेपाल रेखा
  • निर्वाचनलाई सुव्यवस्थित तुल्याउन आयोग तीव्र गृह कार्यमा

    काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई सुव्यवस्थित रुपले सम्पन्न गर्न निर्वाचन कार्यतालिका स्वीकृत गरी थप गृह कार्यलाई तीव्र तुल्याएको छ ।सोही क्रममा आयोगले निर्वाचनका लागि आवश्यक पर्ने निर्देशिका, कार्यविधिको तर्जुमा र परिमार्जनको काम गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाकाअनुसार आयोगले यसबीचमा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ताका लागि आह्वान, आर्थिक व्यवस्थापन कार्यविधि र बजेट तर्जूमाको काम गरेको छ । मिति घोषणापछि तयारीका लागि आयोगलाई एक सय सात दिन समय उपलब्ध छ । निर्वाचनका लागि खर्च करिब १० अर्ब लाग्ने र कूल मतदात

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • 94 पटक पढिएको
    • नेपाल रेखा
  • खसी चोर पक्राउ

    इटहरी । दशंै, तिहार लगायतका चाडपर्व नजिकिएसँगै खसीबाख्रा चोरीका घटनाहरु बढ्न थालेका छन् । इटहरी–१० बाट खसी बाख्रा चोरी गरी पूर्वतर्फ लैजादै गरेको अवस्थामा गछियाका स्थानीयको सहयोगमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । को १ ज २८३९ नम्बरको म्याजिकमा इटहरी–१० बाट चोरी गरी लैजादै गरेको ६ वटा खसीबाख्रा सहित ३ जनालाई नियन्त्रणमा लिई गछिया प्रहरीलाई बुझाइएको थियो ।पक्राउ पर्नेमा म्याजिक चालक इटहरी–१७ का रहमद अली, इनरुवा–३ का छिनर खान र पर्सा बिरगंजका ममताज मियाँ रहेको प्रहरीले जनाएको छ ।इटहरी भित्र रहेका बिभिन्न बिटहरुले गस्ति पेट्रोलिङ गरिरहेको र चोरीजन्य गतिविधि न्यूनिकरण

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • 199 पटक पढिएको
    • नेपाल रेखा
  • सप्तकोसीको कहरः टापुबासी जेखिममा

    धिरेन्द्रकुमार चौधरी उदयपुर । सप्तकोसी नदिमा उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नम्बर ८ मा भएको कटानबाट बाढी पस्दा त्यस क्षेत्र डुबानमा परेको छ ।बुधबार बिहानको समयमा कोशी नदिको तटबन्ध कटान गर्दा नपाको वडा न. ३ र ८ मा रहेकोे वडाको बिभिन्न भाग डुबानमा परेको हो । कटानबाट कोशी नदिको बाढी जाने क्रम अझै रोकिएको छैन । स्थानीयबासीका अनुसार यहाँको खेत घर सबै डुबान भएको छ । पीडितहरु कोहि स्थानीय बिद्यालय र कोहि त्रिपाल टाङ्गेर बसिरहेका छन् । त्यस क्षेत्रका किसानको धान बाली सबै डुबानमा रहेको छ ।त्यस क्षेत्रमा खोला नाला र पहाड रहेको छ । यसले गर्दा होचा भाग डुबानमा रहेको स्थानीयले बताएका छन् । बेलका नपा

    • प्रकाशित मितिः साउन २४, २०७९
    • 202 पटक पढिएको
    • नेपाल रेखा
  • परिक्षाको मापदण्ड छ तर पाठ्यक्रम छैन

    जनक पाण्डेइटहरी÷‘पहिले यातायात नहुँदा ढाकरमा नुन बोक्नु पथ्र्यो, अहिले यातायातको सुविधाले यो अवस्था रहेन’ सुन्दरहरैचा, मोरङ्गको एक ड्राईभिङ्ग प्रशिक्षण केन्दका प्रोप्राईटर काजी कुमार तिमिल्सिनाले भने– ‘अहिले चालिस बर्ष कटेको अभिभावकलाई पनि ड्राईभिङ्ग सिक्न आवश्यकता बोध हुन थालिसकेको छ ।, यूवामाझ त यो अनिवार्य जस्तै छ, स्वदेश बिदेश सवैतिर आवश्यक भईसकेको छ, तर ड्राईभिङ्ग र ट्राफिक बारे औपचारिक शिक्षा छैन ।’ यातायात ब्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र इटहरीले मात्र चालक अनुमति पत्र (लाईसन्स)संग सम्बन्धित दैनिक सात सय देखि एक हजारसम्म सेव

    • प्रकाशित मितिः साउन १७, २०७९
    • 279 पटक पढिएको
    • नेपाल रेखा
  • जथाभावि सवारी पार्किङ्गले थलिएको ट्राफिक ब्यवस्थापन

    जनक पाण्डेसुनसरी÷शडक किनारामा गरिने अब्यवस्थित सवारी पार्किङ्ग अहिले ईटहरीको ट्राफिक ब्यवस्थापनको लागि मूख्य चुनौति बन्दै गएको छ । ईटहरीको शहरी क्षेत्र भित्र मापदण्ड सहितको कुनै सवारी पार्किङ्गको उचित ब्यवस्थापन नहुँदा यस्तो समस्याको श्रृजना भएको हो । तिव्र शहरीकरण, घना बस्ती तर भौतिक संरचना र पूर्वाधारको पूर्ण मापदण्ड बिना निर्माण गरिएका संरचना र त्यसले श्रृजना गरेका अवरोध नै आज ईटहरी का लागि ट्राफिक ब्यवस्थापनको लागि टाउको दुखाई बनेको छ । ईटहरीका अधिकाँस ब्यावशायीक भवन, संघ संस्था, बित्तिय संस्था सुपर मार्केट, डिपार्टमेन्टल स्टोर आदिका आफ्ना निजी पार्किङ्ग नहुँदा शडकमा हुने पार्किङ्ग

    • प्रकाशित मितिः साउन १५, २०७९
    • 321 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]