पोषणमैत्री पालिका बन्दै धनपालथान

  • भदौ २७, २०७९ / नेपाल रेखा
alt

  • कुमोद अधिकारी
    विराटनगर । मोरङको धनपालथान गाउँपालिकाले आफ्नो पालिकालाई पोषणमैत्री पालिका बनाउने प्रतिबद्धता जनाएको छ । नेपाल सरकारले २०८७ साल सम्म सबै पालिकालाई पोषण मैत्री पालिका बनाउने लक्ष्य लिएको छ । सो लक्ष्य अनुसार नेपाल सरकारले विभिन्न पालिकामा कार्यक्रम संचालन गरिरहेको छ । धनपालथान गाउपालिकाले पनि केहिवर्ष भित्रै आफनो पालिकालाई पोषण मैत्री पालिका बनाउने प्रतिवद्धता जनाउदै तयारी शुरु गरेको छ ।
    पालिकामा आयोजित वहुक्षेत्रीय पोषण सेवा विस्तार कार्यक्रम अन्तर्गत पोषण उन्मुख नमूना वस्तीको अवधारणा र पोषण मैत्री स्थानीय तह घोषणा सम्वन्धि अभिमुखीकरण कार्यक्रममा सो पालिकाले प्रतिबद्धता जनाएको हो
    पालिकाका अध्यक्ष जिवछप्रसाद गच्छदारले पोषणमैत्री पालिका बनाउन शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा सरसफाइ लगायत समाजिक क्षेत्रमा पालिकाले उल्लेखनीय रुपमा काम गरिरहेको बताउदै आगामी दिनमा वडाहरुमा पोषणको अवस्था कस्तो छ र पोषणका लागि कस्तो लगानी गर्नुपर्छ त्यहि अनुसार पालिकाले थप कार्यक्रम संचालन गर्ने बताए ।
    निर्वाचन अघि जनता विचमा गएर स्वास्थ्य समाज स्वास्थ्य पालिका बनाउने घोषणा पत्रमा प्रतिवद्धता जाहेर गरेका थियौ अब त्यसरी जनताको घरघरमा गएर उनीरुका समस्या र स्वास्थ्य अवस्था बुझेर तथ्यांक संकलन गर्दै पोषणमैत्री पालिका बनाउने अभियानमा लाग्ने उनको भनाइ थियो ।
    पालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालले दक्ष र सक्षम जनशक्ति उत्पादन नभएसम्म विकास संभव नहुने भएकाले पनि पोषण मैत्री पालिका आजको आवश्यकता भएको बताए । आ–आफनो वडामा गएर पोषणको अवस्था कस्तो छ र त्यसलाई थप सुधार गर्न के गर्नुपर्छ भन्ने विषयमा डोर टु डोर तथ्यांक संकलन गर्नुपर्नेमा उनले जोड दिए ।
    पालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराज सेठले पोषणमैत्री पालिका घोषणाका लागि सातवटा क्षेत्रलाई समेटेर ७६ वटा सुचि तयारी पारिएको छ भन्दै कुन वडामा पोषणको अवस्था कस्तो छ र आगामी दिनमा थप के गर्नुपर्छ सो अनुसार पालिकाले कार्य योजना बनाउने वताए ।
    उनले कम सुचांक भएका वडालाई छनोट गरेर त्यहाँ पहिलो चरणमा पािलकाले अभियान संचालन गर्ने बताए ।
    सो अवसरमा कार्यपत्र प्रस्तुत गर्दै प्रदेश नम्बर १ का वहुक्षेत्रीय पोषण कार्यक्रमका संयोजक सन्जिव लामा घिसिङले प्रदेश १ का १ सय ३७ वटै पालिकाले पोषणमैत्री पालिका बनाउन तयारी शुरु गरिएको बताए । पोषण मैत्री स्थानीय शासन लागु गर्दै यो अभियानलाई प्रभावकारी रुपमा अघि वढाउदै लैजाने उनको भनाइ थियो ।
    कार्यक्रममा मातृ तथा बालपोषण परियोजनाको संयोजक अनुराग सिंह घिमिरेले पोषण मैत्री पालिका बनाउन मोरङका सातवटा पालिकामा आफनो संस्थाले काम गर्दै आएको बताए ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]