विद्यालय हिडेका तीन बालक बेपत्ता

  • भदौ २६, २०७९ / नेपाल रेखा
alt

बुटवल । बुटवलमा विद्यालय जान निस्केका तीन बालक बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका–११ न्यू दर्गानगर का १४ वर्षीय सागर पौडेल, १५ वर्षीय प्रदीप पन्थी र १६ वर्षीय समीर लम्साल शुक्रबारदेखि बेपत्ता भएको आफन्तहरूले जनाएका छन् ।
तीमध्ये लम्साल र पौडेल बुटवलको–११ देवीनगरस्थित नवीन औद्योगिक कदरबहादुर माविको कक्षा ९ मा र पन्थी नहरपुर माविको कक्षा ८ मा अध्ययनरत थिए । शुक्रबार विद्यालय जान्छौँ भनेर हिँडेका बालक सम्पर्कमा नआएपछि आफन्तले खोजतलासका लागि इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएका थिए ।
नवीन औद्योगिक कदरबहादुर माविका प्रधानअध्यापक प्रेमबहादुर बस्नेतले विद्यार्थी शुक्रबार विद्यालय नआएका र ती दुवै विद्यार्थी पढाइमा मध्यम खालको रहेको जानकारी दिए । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले हराएका बालकको खोजतलास सुरु भएको बताए । उनले भने, ‘हामीले हराएको सूचना आएपछि खोजतलास सुरु गरेका छौँ, उनीहरुको छिट्टै पत्ता लाग्छ ।’

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]