हरेक विद्यालयले पोषणको अवस्था बुझ्नुपर्छ

  • भदौ ३१, २०७९ / नेपाल रेखा
alt

  • कुमोद अधिकारी
    विराटनगर । मोरङको धनपालथान गाउपालिकामा पालिका स्तरीय विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम समीक्षा योजना गोष्ठि सम्पन्न भएको छ । गोष्ठिमा बिभिन्न विद्यालयका शिक्षक तथा स्वास्थ्यकर्मीहरुले आफ्नो विद्यालयकमा विद्यार्थीहरुको पोषणको अवस्थाको बारेमा जानकारी दिएका थिए ।
    पालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषीराज सेठले पोषणसंग स्वास्थ्य शिक्षा जोडिएकाले हरेक विद्यालयको पोषणको अवस्था बुझ्न गोष्ठिको आयोजना गरिएको बताए । आफ्नो पालिकालाई पोषण मैत्री पालिका बनाउने अभियान शुरु गरेकाले विद्यालयमा विद्यार्थीहरुको स्वास्थ्य अवस्था, आइरन चक्की तथा जुकाको औषधिको प्रयोगको अवस्था, दिवाखाजा, खोपको अवस्था तथा स्वास्थ्य, शिक्षा, सरसफाइ, खानेपानी जस्ता विषयमा गोष्ठिमा छलफल भएको उनले बताए ।
    कार्यक्रममा विद्यालयका शिक्षक तथा सहभागीहरुले कतीपय छात्राहरुले आइरान चक्कि खान नमान्ने गरेका, दिवा खाजामा पोषण युक्त हुनुपर्नेमा जोड दिदै पोषणमैत्री पालिका बनाउन हरेक वडा तथा चोक चौकहरुमा सरसफाई सम्बन्धि चेतना मुलुक कार्यक्रम संचालन गर्नुपर्ने जस्ता सुझाव दिएका थिए ।
    कार्यक्रममा बोल्दै स्वास्थ्यकर्मी रामनारायण यादव तथा पालिकाका स्वास्थ्य सहजकर्ता विवेककुमार पाठकले परिवार स्वास्थ्य रहेमा समाज स्वास्थ्य हुने भएकाले पोषण अभियान परिवारबाट शुरु गर्नुपर्नेमा जोड दिए । दुई दिन सम्म चलेको सो गोष्ठीमा एक दर्जन विद्यालयका शिक्षक तथा बिभिन्न स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी तथा नर्सहरुको सहभागिता थियो ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]