भोजपुर । चाडपर्वका बेलामा हुनसक्ने आपराधिक घटना न्यूनीकरणका लागि जिल्लामा सुरक्षा निकायबाट विशेष योजना बनाइएको छ । जिल्लामा चाडपर्वको समयमा कुनै पनि घटना हुन नदिन जिल्ला तहका सबै सुरक्षा निकायसँग समन्वय गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए । उनले, “निर्वाचनसमेत नजिकिँदै गएको साथै दसँै–तिहारलगायतका चाडपर्वलाई ध्यानमा राखेर सुरक्षा सतर्कता अपनाएका छाँै ।”चाडपर्वका बेलामा कुनै पनि घटना जिल्लाभित्र हुन नदिन विशेष सुरक्षा योजना अपनाइने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताए । उनले भने, “चाडपर
झापा । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा झापा जिल्लामा छ लाख ६३ हजार तीन सय ११ जना मतदाता कायम रहेका छन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार पुरुष मतदातातर्फ तीन लाख ३१ हजार ४४, महिलातर्फ तीन लाख ३२ हजार दुई सय ५९ र अन्य आठ जना मतदाता कायम भएका हुन् ।पाँच सङ्घीय निर्वाचन क्षेत्र, १० प्रदेशसभा क्षेत्र रहेको जिल्लामा कूल मतदानस्थल दुई सय ८४ र मतदान केन्द्र सात सय ६६ वटा कायम भएको निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए । उनका अनुसार सङ्घीय निर्वाचन क्षेत्र नं १ मा पुरुष मतदातातर्फ ६० हजार दुई सय ३७, महिलातर्फ ६० हजार एक सय ३८ गरेर एक लाख २० हजार तीन सय ७५ मतदाता छ
इटहरी । पूर्व पश्चिम र कोशी राजमार्गको संगम स्थल रहेको विरेन्द्र चोकबाट दुवै राजमार्गमा तीन सय मिटर क्षेत्रमा सवारी पार्किङ्ग गर्न नपाउने नियमलाई पालना गराउने तथा सडक क्षेत्रको जमिन खाली गराउने कार्यलाई इटहरी उपमहानगरपालिकाले तिव्रता दिदै आएको छ । सडक क्षेत्रमै पार्किङ्ग गरिदा पैदल यात्रीलाई हिडडुलमा समस्या हुने, नगरको शोभा बिगार्ने देखि लिएर दुर्घटनाको जोखिम समेत बढाउने तर्फ मध्यनजर गर्दै इटहरी उपमहानगरपालिकाले सडक क्षेत्र खाली गराउने कार्यलाई निरन्तरता दिदै आएको छ ।जथाभावी रुपमा सडक क्षेत्रमा गरिने पार्किङ्ग र फुटपाथमा अन्य संरचना बनाउने कार्यलाई निरन्तरता दिदै आएको इटहरी उपमहानगरपालिकाले बि
जनक पाण्डे इटहरी । रफ्तारमा आएको स्कुल बसले आफुलाई झण्डै ठक्कर दिएको बारे मैले स्थानीय जनप्रतिनिधिलाई सुनाउँदा–‘तँपाई त आज एकपल्ट पर्नुभएछ; यहाँ त त्यस्तो कहिलेकाँही दिनमै ३÷४ वटा पनि भइदिन्छ’, ती जनप्रतिनिधिले भने–स्कुल आवरमा यो बाटो अतिनै ब्यस्त बन्छ । बाटो घुमाउरो छ, त्यसमा पनि यो बाटो स्कुल बसहरुको तिव्र गतिका कारण झनै जोखिमपूर्ण छ । ५ नं. वडा इटहरी स्थित नेप्से चौक र सिमरवना चोकका स्थानीय र अभिभावकहरु अहिले ती सडकहरुमा चल्ने स्कुल बसहरुको अश्वाभाविक गति देखेर चिन्ता संगै आक्रोशित देखिएका छन् । धेरै सम्झाउँदा पनि स्कुुल बसले अटेर गर्न थालेपछि आफुले गाडी
विराटनगर । प्रदेश नम्बर. १ मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित नौ वटा मन्त्रालयले पेश गरेको प्रस्तावहरू पारित गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले केही कार्यविधि, निर्देशिका, उपचार खर्च प्रदान गर्नेलगायतका प्रस्तावहरू पारित गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार, बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा प्रस्तुत ‘मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका अन्य शर्त सम्बन्धमा व्यवस्था गर्ने विधेयक तर्जुमाको लागि सैद्धान्त
कुमोद अधिकारी विराटनगर । मोरङको धनपालथान गाउपालिकामा पालिका स्तरीय विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम समीक्षा योजना गोष्ठि सम्पन्न भएको छ । गोष्ठिमा बिभिन्न विद्यालयका शिक्षक तथा स्वास्थ्यकर्मीहरुले आफ्नो विद्यालयकमा विद्यार्थीहरुको पोषणको अवस्थाको बारेमा जानकारी दिएका थिए । पालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषीराज सेठले पोषणसंग स्वास्थ्य शिक्षा जोडिएकाले हरेक विद्यालयको पोषणको अवस्था बुझ्न गोष्ठिको आयोजना गरिएको बताए । आफ्नो पालिकालाई पोषण मैत्री पालिका बनाउने अभियान शुरु गरेकाले विद्यालयमा विद्यार्थीहरुको स्वास्थ्य अवस्था, आइरन चक्की तथा जुकाको औषधिको प्रयोगको अवस्था, दिवाखाजा, खोपको अवस्थ
कुमोद अधिकारी विराटनगर । मोरङको धनपालथान गाउँपालिकाले आफ्नो पालिकालाई पोषणमैत्री पालिका बनाउने प्रतिबद्धता जनाएको छ । नेपाल सरकारले २०८७ साल सम्म सबै पालिकालाई पोषण मैत्री पालिका बनाउने लक्ष्य लिएको छ । सो लक्ष्य अनुसार नेपाल सरकारले विभिन्न पालिकामा कार्यक्रम संचालन गरिरहेको छ । धनपालथान गाउपालिकाले पनि केहिवर्ष भित्रै आफनो पालिकालाई पोषण मैत्री पालिका बनाउने प्रतिवद्धता जनाउदै तयारी शुरु गरेको छ । पालिकामा आयोजित वहुक्षेत्रीय पोषण सेवा विस्तार कार्यक्रम अन्तर्गत पोषण उन्मुख नमूना वस्तीको अवधारणा र पोषण मैत्री स्थानीय तह घोषणा सम्वन्धि अभिमुखीकरण कार्यक्रममा सो पालिकाले प्रतिबद्धता जनाएको ह
बुटवल । बुटवलमा विद्यालय जान निस्केका तीन बालक बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका–११ न्यू दर्गानगर का १४ वर्षीय सागर पौडेल, १५ वर्षीय प्रदीप पन्थी र १६ वर्षीय समीर लम्साल शुक्रबारदेखि बेपत्ता भएको आफन्तहरूले जनाएका छन् । तीमध्ये लम्साल र पौडेल बुटवलको–११ देवीनगरस्थित नवीन औद्योगिक कदरबहादुर माविको कक्षा ९ मा र पन्थी नहरपुर माविको कक्षा ८ मा अध्ययनरत थिए । शुक्रबार विद्यालय जान्छौँ भनेर हिँडेका बालक सम्पर्कमा नआएपछि आफन्तले खोजतलासका लागि इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएका थिए । नवीन औद्योगिक कदरबहादुर माविका प्रधानअध्यापक प्रेमबहादुर बस्नेतले विद्यार्थी शुक्रबार विद्या
विराटचोक । मोरङको सुन्दरहरैँचा नगरपालिकाले पूर्वतयारीका लागि भू–उपयोग योजना तर्जुमाको काम सुरू गरेको छ । सरकारले भूउपयोग नीति लागू गरी जमिनको वर्गीकरण गर्ने कार्यक्रमअन्तर्गत कार्यन्वयनको पूर्वतयारीका लागि काम सुरू गरिएको सुन्दरहरैँचा नगरपालिकाका नगर प्रवक्ता रोशनप्रसाद ढकालले जानकारी दिए।उनले नगरपालिकाले पिकासो कन्सल्टेन्सी इटहरीका प्राविधिकमार्फत जमिनको वर्गीकरणको काम सहज बनाउन वडास्तरमा अन्तक्र्रिया कार्यक्रम सुरु गरेको जानकारी दिए। नगरको वडा नं १० र १२ मा प्रारम्भिक चरणको काम सुरू भएको छ । विद्यमान भू–उपयोग अवस्था, भूमिको उर्वरता, जनसङ्ख्या प्रक्षेपण, जग्गाको मूल्य, जग्गाको खण्
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले टोलटोलमा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ । वडा नम्बर ६ ले वडावासीको सहजताका लागि राष्ट्रिय परिचयपत्र प्रदान गर्दै आएको छ । वडावासी कोही पनि नछुट्न भनेर वडा कार्यालयले टोलटोलका नागरिकलाई पालैपालो परिचयपत्र वितरण गर्न थालेको हो । राष्ट्रिय परिचयपत्रका लागि जिल्लावासीले सुरुआतमा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय धाउँदै आएका थिए । पछिल्लो समयमा पायकपर्ने स्थानको पालिकाबाट उक्त सेवा लिन सकिने व्यवस्था मिलाइएको छ । टोल विकास संस्थासँग समन्वय गरेर पालैपालो परिचयपत्र वितरण गर्न लागिएको वडा सदस्य दिनेश प्रधानले जानकारी दिए । राष्ट्रिय परिचयप