निर्वाचनमा आउनसक्ने चुनौतीलाई सामना गर्न महानिरीक्षक सिंहको निर्देशन

  • कार्तिक २२, २०७९ / नेपाल रेखा
alt

काठमाडौँ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले निर्वाचनका समयमा आउनसक्ने सुरक्षा चुनौतीलाई सामना गर्न तयार रहन मातहतका निकायलाई निर्देशन दिएका छन् ।
उनले प्रदेश प्रहरी प्रमुख, प्रदेश तालिम केन्द्र, जिल्ला प्रहरी प्रमुख र गणका प्रमुखलाई भर्चुअल माध्यामबाट सम्बोधन गर्दै निर्वाचन सुरक्षामा कुनै द्धिविधा हुन नदिन निर्देशन दिएका हुन् । “हालसम्म निर्वाचन सुरक्षासम्बन्धी भएको तयारी र निर्वाचन अनुकूल वातावरण बनाउने गरी भएका प्रयास सकारात्मक छ”, उनले भने ।
प्रहरी महानिरीक्षक सिंहले निर्वाचनसम्बन्धी केन्द्रको रणनीति, केन्द्रबाट भएको परिपत्र र निर्देशनलाई बुथ कमाण्डर तहसम्म पु¥याई निर्वाचन सुरक्षामा कुनै द्विविधा हुन नदिन निर्देशन दिए । उनले निर्वाचन राष्ट्रिय राजनीतिको दृष्टिले महापर्व भएकाले निर्वाचनमा आउनसक्ने चुनौतीलाई सामना गर्न तयार रहन निर्देशनसमेत दिए ।
उनले निर्वाचनमा केही उच्शृङ्खल तत्वले बिथोल्न खोज्छन् भन्ने त्यसप्रति सजग रहन आग्रह गरे । निर्वाचन सुरक्षाका क्रममा कमाण्डरको व्यावसायिकता बुथमा खटिने प्रहरी कर्मचारीले गर्ने कार्यबाट झल्कने र त्यही नै कमाण्डरको मूल्याङ्कनको हुने प्रहरी महानिरीक्षक सिंहले उनको भनाइ छ । उनले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरी राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए ।
कार्य तथा अपराध अनुसन्धान विभागका प्रमुख एवं केन्द्रीय निर्वाचन सेलका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले म्यादी प्रहरीको सहयोग लिई निर्वाचनलाई शान्तिपूर्ण बनाउन कुनै कसर बाँकी नराख्न निर्देशन दिए । उनले स्रोत–साधनको समुचित प्रयोग गरी निष्पक्ष तवरले निर्वाचन सम्पन्न गर्नसमेत निर्देशन दिए ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]