म्यादी प्रहरीको तालिम सकियो

  • कार्तिक ९, २०७९ / नेपाल रेखा
alt

इटहरी । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न इटहरी क्षेत्रमा खटिने म्यादी प्रहरीहरुको लागि १० दिने तालिम सम्पन्न भएको छ ।
मंगलवार इटहरी रंगसालामा आयोजित एक कार्यक्रमका बीच तालिम सम्पन्न भएको हो । तालिममा २०९ पुरुष र १४३ महिला गरी कुल ३५२ जना म्यादी प्रहरीलाई सुरक्षा सम्बन्धी अभ्यास गराइएकोे थियो । निर्वाचनलाई भयरहित, निश्पक्ष र सुरक्षित वनाउन केन्द्रको सुरक्षा नीति अनुसार नै इटहरीमा खटिने म्यादी प्रहरीहरुका लागि सहयोग पुग्ने गरि ज्ञान, सिप, क्षमतामा अविवृद्धी गर्ने र सुरक्षालाई मजवुत पार्ने उद्देश्यले दश दिने तालिम सुरु गरिएको थियो । निर्वाचनको समयमा सुरक्षा व्यवस्थामा सहयोग पुग्ने गरी भर्ना भएका म्यादी प्रहरीहरुलाई म्यादी प्रहरीको काम कर्तव्य, निर्वाचनमा भूमिका निर्वाह, नेपालको राजनैतिक व्यवस्था, निर्वाचन सुरक्षा लगायतका विषयमा अवगत गराइएको इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।
साथै उनले सुनसरी जिल्ला भरीका म्यादी प्रहरीहरुलाई नीति अनुरुप एक स्थानबाट अर्को स्थानमा खटिने गरी निर्वाचन लक्ष्नित आवश्यक प्रशिक्षण गराइएको खड्काले बताए । असोज २६ गतेदेखी कार्तिक ८ गतेसम्म सञ्चालन भएको थियो ।

talim

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]