समाचार

    Showing 31-40 of 649 items.
  • नगरपालिका भवन पुनर्निर्माण नहुदा काममा बाधा

    रौतहट । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको रौतहटको चन्द्रपुर नगरपालिकाको प्रशासनिक भवन पुनर्निर्माण नहुँदा काममा बाधा भएको छ । भवन अभावले नगरपालिकाबाट गरिने सेवा प्रवाह प्रभावित बनिरहेको छ । विसं २०७५ मा निर्माण गरिएको सुविधासम्पन्न भवन जेनजी आन्दोलनका क्रममा आगोले ध्वस्त भएको थियो । आगजनीबाट भवनको भुँइतला, पहिलो र दोस्रो तला पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । आगलागीबाट रु आठ करोडभन्दा बढीको क्षति भएको प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकालले बताउनुभयो । “भवन पुनर्निर्माण हुन नसक्दा नगरपालिकाको दैनिक कार्यसम्पादन प्रभावित बनेको छ”, उहाँले भन्नुभयो । स्थानीय सरकारले

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 165 पटक पढिएको
    • नेपाल रेखा
  • राममायाँ खत्रीले पाइन् सत्तरी वर्षमा नागरिकता

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६, डाँडाखर्ककी राममायाँ खत्रीले ७० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार खत्रीलाई ७० वर्षको उमेरमा पहिलो पटक नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो । नेपाली नागरिकताको अभावमा शारीरिक रूपमा अपाङ्गता भएकी एकल महिला खत्री राज्यको सेवासुविधाबाट वञ्चित हुनुभएको थियो । कान्छो भाइ गर्भे खत्रीले आवश्यक कागजपत्र जुटाएर जिल्ला प्रशासन कार्यालयमा आएपछि राममायाको हातमा ७० वर्षको उमेरमा पहिलो पटक नागरिकता परेको हो । प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य र सहायक प्रजिअ कुलप्रसाद आचार्यले राममायाँलाई नागरिकता

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 144 पटक पढिएको
    • नेपाल रेखा
  • रौतहटमा बाघको गणना जारी

    रौतहट । बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको छ ।बाघ संरक्षण तथा मानव–बाघ द्वन्द्व न्यूनीकरणसम्बन्धी सञ्चारकर्मीलाई लक्षित गर्दै आइतबार चन्द्रनिगाहपुरमा आयोजित सचेतनामूलक कार्यक्रममा डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहले यस्तो बताउनुभएको हो ।बाघप्रति आमनागरिकले सकारात्मक धारणा बनाए मात्रै बाघको संरक्षण हुने र बाघ भएको ठाउँ सुन्दर जङ्गल भएको हँुदा बाघ मार्ने र बाघसँगको दुस्मनी कसैले पनि गर्न नहुने उहाँको भनाइ थियो ।उहाँले भन्नुभयो “रौतहटको जङ्गलमा बाघको सङ्ख्या यकीन नभए पनि यहाँका विभिन्न जङ्गलमा बाघ बस्दै आएको देखिएको छ । लोपन्मुख अवस्थामा

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 200 पटक पढिएको
    • नेपाल रेखा
  • जङ्गी अड्डामा पूर्वरथीहरुसँग अन्तरक्रिया

    काठमाडौँ । जङ्गी अड्डामा अवकाश प्राप्त रथीहरुसँग अन्तरक्रिया एवं भेटघाट कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार सम्पन्न अन्तरक्रियामा नेपाली सेनाले स्थापनाकालदेखि बहन गरिरहेको जिम्मेवारी तथा महत्वपूर्ण कार्यहरू तथा कल्याणकारी गतिविधिको सम्बन्धमा समीक्षा गर्दै राष्ट्रिय सुरक्षासँग सम्बद्ध समसामयिक विषयहरूमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ । त्यस अवसरमा प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको समयसापेक्ष आधुनिकीकरण तथा क्षमता विकासका लागि राष्ट्र र संस्थाप्रति समर्पित अग्रज नेतृत्वबाट निरन्तर प्रेरणा प्राप्त भएकामा उक्त अमूल्य योगदानप्रति उच्च सम्मान व्यक्त गर्नुभएको थियो । यस प्रकारको

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • 211 पटक पढिएको
    • नेपाल रेखा
  • अभद्र व्यवहार गर्ने विदेशी महिला पक्राउ

    काठमाडौँ । नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा सङ्लग्न सात विदेशी महिलालाई पक्राउ गरेको छ ।प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ ठमेल क्षेत्रमा जथाभावी बाटो छेकेर अश्लील क्रियाकलाप गर्ने र कार्यक्षेत्रमा रहेका प्रहरीमाथि नै अभद्र व्यवहार गर्ने सात विदेशी महिलालाई आज पक्राउ गरेको हो ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले ठमेल क्षेत्रमा हिँडडुल गर्ने स्वदेशी तथा विदेशी पर्यटक र सर्वसाधारणलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गरी दुःख हैरानी दिएको आरोपमा पक्राउ गरिएको जानकारी दिनुभयो ।कार्य

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • 229 पटक पढिएको
    • नेपाल रेखा
  • हातहतियारसम्बन्धी मुद्दामा देशभरबाट ४० जना पक्राउ

    काठमाडौँ । नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट हातहतियारसम्बन्धी मुद्दामा संलग्न ४० जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ परेकामध्ये काठमाडौँ उपत्यकाबाट तीन जना, कोशी प्रदेशबाट एक जना, मधेस प्रदेशबाट एक जना, बागमती प्रदेशबाट एक जना, गण्डकी प्रदेशबाट १४ जना, लुम्बिनी प्रदेशबाट नौ जना, कर्णाली प्रदेशबाट आठ जना र सुदूरपश्चिम प्रदेशबाट तीन जना पक्राउ परेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पक्राउ परेकाबाट चाइनिज पेस्तोल एक थान, पेस्तोल एक थान, रिभल्वर एक थान, कटुवा पेस्तोल दुई थान, भरूवा बन्दुक २१ थान,

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • 226 पटक पढिएको
    • नेपाल रेखा
  • अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्नेलाई कारबाही गरिने

    जुम्ला । जिल्ला प्रशासन कार्यालयले नदीमा अवैध रुपमा गिट्टी, बालुवा उत्खनन् गर्नेलाई कानुनी कारबाही गर्ने भएको छ ।प्रशासनको आयोजनामा सोमबार भएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना र विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले विशेषगरी तिला र हिमा नदीमा अवैध रुपमा नदीजन्य र खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकाल्ने काम भइरहेको बताउनुभयो । जिल्लामा हुने विपद्को बैठकमा पटकपटक अवैध रुपमा सञ्चालन भएका क्रसर उद्योगलाई बन्द गर्न निर्देशन दिए पनि सुनुवाइ नभएको उल्लेख गर्दै उहाँले विनादर्ता र अनुमतिविना सञ्चालित क्रसर उद्योगलाई बन्द गरिने बताउनुभयो ।नदीजन्य तथा

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • 275 पटक पढिएको
    • नेपाल रेखा
  • जङ्गली फल सेवन गर्दा एकको मृत्यु, आठ बिरामी

    बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–५ खाराबजारका भोजराज घिमिरेको घरमा जङ्गलमा पाइने फल (जङ्गली भ्याकुर) खाँदा आज एक जनाको मृत्यु भएको छ भने आठ जना बिरामी भएका छन् ।भ्याकुर फल सेवन गरिसकेपछि चक्कर लाग्ने, हातखुट्टा लुलो हुने, वान्ता हुने गरेपछि बडिगाड गाउँपालिका–५ निवासी ७२ वर्षीया फिरककुमारी घिमिरेको मृत्यु भएको छ । यस्तै बडिगाड गाउँपालिका–५ का दुरपती कामी, विष्णु घिमिरे, शारदा न्यौपाने, अबिसन घिमिरे, भोजराज घिमिरे, सुरेन्द्र विक, पुतली घिमिरे र खिमानन्द घिमिरे बिरामी भएका छन् । बिरामीलाई उपचारका लागि बुर्तिबाङ अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी चिरञ

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 265 पटक पढिएको
    • नेपाल रेखा
  • झापामा सिटी सफारी चोरीमा संलग्न गिरोह पक्राउ

    झापा । सिटी सफारी चोरीमा संलग्न एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । सिटी सफारी चोरीमा संलग्न तीन जना, चोरीको सामान खरिद गर्ने सात जना, चोरी गरिएका सातवटा सिटी सफारी, २० वटा ब्याट्री र एउटा चार्जिङ कन्ट्रोलर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । करिब २१ लाख ५५ हजार रुपैयाँबराबरको सामान बरामद गरिएको उहाँले बताउनुभयो ।प्रहरीले मेचीनगर–७ गैरीगाउँका २२ वर्षीय अभिषेक चौधरी (रूपककुमार सरदार), बिर्तामोड–७ मियाँबारीका ३१ वर्षीय मोहम्मद सलिम, मेचीनगर–१० ताराबारी धाइजनढाँटका ३० वर्षीय अभिषेक उराउलाई पक्राउ गरेको छ ।

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 254 पटक पढिएको
    • नेपाल रेखा
  • मितेरी सहर लिञ्जीद्वारा पोखरालाई एम्बुलेन्स प्रदान

    कास्की । पोखरा महानगरको मितेरी सहर मित्रराष्ट्र चीनको जिजाङ प्रान्तस्थित लिञ्जीले उपहारस्वरूप प्रदान गरेको अत्याधुनिक एम्बुलेन्ससहितको स्वास्थ्य सामग्री आज पोखरा आइपुगेको छ ।लिञ्जी सहरले अत्याधुनिक उपकरण जडित एम्बुलेन्स, भेन्टिलेटर, अक्सिजन सिलिन्डर तथा अक्सिजन इन्सिनेटरलगायत स्वास्थ्य सामग्री पोखरालाई सहयोग गरेको हो । विसं २०७९ मा पोखरा महानगरको नयाँ नेतृत्वलाई स्वागत गर्दै लिञ्जीले ती सामग्री सहयोगको घोषणा गरे पनि रसुवा (केरुङ) नाकामा भन्सार प्रक्रियाका कारण रोकिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो । तत्कालीन व्यवस्थाअनुसार भन्सार छुटको सीमा १६ लाखसम्म मात्रै रहेको र स्वास्थ्य सामग्रीक

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • 170 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]