तिनसय छात्रालाई शैक्षिक सामग्री वितरण

  • असार १९, २०८३ / डि पी ढुंगेल
alt

रङ्गेली l रङ्गेली नगरपालिका मोरङको आयोजनामा कक्षा ८ मा अध्ययनरत १५ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ३०० जना छात्रालाई छात्रासित उपमेयर कार्यक्रममा सम्मान गरिएको हो ।

सम्मानस्वरूप छात्राहरूले ब्याग तथा शैक्षिक सामग्री प्राप्त गरेका छन् । छात्रासित उपमेयर कार्यक्रमलाई निरन्तरता दिँदै विज्ञहरूबाट किशोरी अवस्थाका परिवर्तनहरू किशोरीको मनोविज्ञान पढाइप्रतिको चासो साइबर अपराधबाट बच्ने उपाय प्राविधिक तथा सीपमूलक शिक्षा मानसिक तनाव कुलत र कुसंगतबाट बच्ने उपायहरू लगायतका विषयमा ३०० जना छात्रालाई अभिमुखीकरण गरिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रमका अध्यक्ष तथा रङ्गेली नगरपालिका कि कार्यवाहक नगर प्रमुख भूमा पराजुलीको अध्यक्षतामा सम्पन्न भएको जनाइएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप साह शिक्षा अधिकृत लीला देवी ओझा ओरेक नेपालका प्रतिनिधि विभिन्न विद्यालयका शिक्षकहरू लगायतको सहभागिता रहेको थियो ।

रङ्गेली नगरपालिकाले विशेषगरी किशोरी शिक्षा र स्वास्थ्यमा सुधार योजना विगत केही वर्षदेखि गर्दै आएको हो। कार्यक्रमको मूल नारा रंगेलीको इच्छा छात्रालाई शिक्षा रहेको थियो । अभिमुखीकरण कार्यक्रममा विज्ञहरूबाट सहजीकरण भएको थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरू चेतना खवास सन्जिता राजधानी संगम तामाङ लुना झाँगर भूमिका गिरी लगायतले कार्यक्रम अत्यन्तै राम्रो र फलदायी भएको प्रतिक्रिया दिए ।

WhatsApp Image 2026-07-02 at 3.34.20 PM (1)

तनहुँ जलविद्युत् आयो ...

तनहुँ । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्यु ...

सुरक्षण मुद्रण केन्द ...

काभ्रेपलाञ्चोक। यहाँको पनौती नगरपालिका–५ धनेश्वरस ...

रानी नाकालाई व्यवस्थ ...

विराटनगर / नेपाल–भारतको प्रमुख प्रवेशद्वारका रूपम ...

इटहरीमा वर्षमान पुनक ...

इटहरी । नेपाली कम्युनिस्ट पार्टीले दुईमहिने राष्ट्रिय ज ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]