मादी माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चको प्रथम अधिवेशनबाट अध्यक्षमा होमराज दाहाल

  • असार २७, २०८३ / नेपाल रेखा
alt

इटहरी । संखुवासभाको मादी माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चको प्रथम अधिवेशन शनिबार इटहरीस्थित कुबेर होटलको सभाहलमा सम्पन्न भएको छ । अधिवेशनले होमराज दाहालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा राधिका कार्की (बस्नेत), सचिवमा रामकुमार दाहाल, सहसचिवमा राजेश दाहाल र कोषाध्यक्षमा रामबाबु दाहाल चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा तोयानाथ दाहाल (बासु), टंक दाहाल, ओमनाथ निरौला, राजन केडी, विष्णुप्रसाद दाहाल, सुमन दाहाल र चन्द्रमणि सुवेदी रहेका छन् ।
कार्यक्रमको सञ्चालन सचिव रामकुमार दाहालले गरेका थिए भने अध्यक्षता होमराज दाहालले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिका रूपमा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री तथा मादी माविका पूर्व विद्यार्थी बिदुर लिंथेप सहभागी थिए ।
प्रमुख अतिथि लिंथेपले मादी माध्यमिक विद्यालयको थप विकासका लागि पूर्व विद्यार्थीहरूको सक्रिय भूमिका आवश्यक रहेको बताए । उनले मादी हरेक क्षेत्रमा अग्रणी बन्दै गएको उल्लेख गर्दै मादी माविलाई शिक्षक उत्पादन गर्ने केन्द्रका रूपमा परिचित विद्यालय भएको बताए । बदलिँदो विश्वअनुसार शिक्षामा पनि समयसापेक्ष परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो । उनले भविष्यमा मादी क्षेत्रमा एउटै सशक्त विद्यालय निर्माण गरी चारदेखि पाँच हजार विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने वातावरण तयार गर्नुपर्ने धारणा व्यक्त गरे ।
मञ्चका संस्थापक अध्यक्ष पदमप्रसाद दाहालले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै विद्यालय र पूर्व विद्यार्थीबीचको सम्बन्ध अझ सुदृढ बनाउन आग्रह गरे ।
कार्यक्रममा मादी माविका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद दाहाल, पूर्व विद्यार्थी दिनेश भट्टराई तथा गणेशकुमार दाहालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । स्वागत मन्तव्य रामबाबु दाहालले दिएका थिए । अधिवेशनमा कोषाध्यक्ष भोजराज घिमिरेले आर्थिक प्रतिवेदन, सचिव रामकुमार दाहालले सांगठनिक प्रतिवेदन तथा लेखापरीक्षक धनप्रसाद प्याकुरेलले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयका प्रधानाध्यापक विश्वनाथ सुवेदीले मादी माध्यमिक विद्यालयको वर्तमान अवस्था, शैक्षिक गतिविधि तथा आगामी योजनाबारे जानकारी गराएका थिए । कार्यक्रममा विद्यालय तथा समाजमा योगदान पु¥याएका सुमन केसी, डिक केसी, जगत बर्देवा, दिनेश भट्टराई, जनार्दन दाहाल, प्रेमकुमार गुरुङ र टङ्क कार्कीलाई सम्मान गरिएको थियो । विशेष रूपमा दिनेश भट्टराईलाई २०२५ सालमा मादी माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेको स्मरण गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ । निर्वाचन समिति संयोजक शान्तराम कार्की तथा सदस्यहरू भोजराज घिमिरे र गणेश दाहालको संयोजनमा सम्पन्न अधिवेशनले मञ्चलाई थप सक्रिय र प्रभावकारी बनाउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् ।

 

MADAI MAVI

Bidur

 

गर्मी छल्न पौडी ...

सुनसरीको इनरुवा नगरपालिका-६ स्थित सुनसरी मोरङ सिचाइँ आय ...

गृहमन्त्रीलाई ज्ञाप ...

बाराको निजगढमा मङ्गलबार गृहमन्त्री सुधन गुरुङ ...

भानुजयन्ती प्रभातफेर ...

आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका ...

अनुदानमा किसानलाई वि ...

लमजुङको दोर्दी गाउँपालिका-४ मा पालिकाले ५० प् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]