स्वतन्त्र कानून व्यवसायी मंच सुनसरी गठन

  • असार १३, २०८३ / नेपाल रेखा
alt

इटहरी । स्वतन्त्र कानून व्यवसायी मंच सुनसरी गठन गरिएको छ ।
हालै सम्पन्न कानून व्यवसायीहरूको भेलाबाट वरिष्ठ अधिवक्ता सुमन चन्द्र कार्कीको संयोजकत्वमा मंच गठन गरिएको हो ।
गठित मंचको सहसंयोजकमा रामराज चौधरी चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा राजेन्द्रप्रसाद कोइराला, शोभा राई, बलेन्द्र मेहता, लक्ष्मण भट्टराई र पर्शुराम खाँ रहेका छन् ।
कानून व्यवसायीहरूको पेशागत हकहित, न्यायिक क्षेत्रको सुदृढीकरण तथा कानून व्यवसायीहरूबीच आपसी सहकार्य र एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यका साथ मंच गठन गरिएको बताइएको छ । कार्यक्रममा सहभागी वक्ताहरूले स्वतन्त्र, निष्पक्ष र प्रभावकारी न्याय प्रणाली निर्माणमा कानून व्यवसायीहरूको भूमिका अझ महत्वपूर्ण रहेको धारणा व्यक्त गरेका थिए ।
भेलामा कानून व्यवसायीहरू रामबाबु पोखरेल, नवराज आचार्य, पञ्च नारायण मण्डल लगायतको उपस्थिति रहेको थियो ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शुभकामना दिँदै सहभागीहरूले संगठनलाई अझ सक्रिय, प्रभावकारी र कानून व्यवसायीहरूको साझा मञ्चका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए । नवगठित मंचले आगामी दिनमा विभिन्न पेशागत, कानुनी तथा सामाजिक गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

ढोरपाटनमा चर्दै घोडा ...

बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित ढोरप ...

इटहरीमा नेपाली हिज्ज ...

इटहरी । शनिबार इटहरीमा आयोजित नगरस्तरीय नेपाली हिज्जे प ...

पानकाे व्यापार ...

सुनसरीको इनरुवा बजारकाे पान पसलमा भारतबाट व्यापारीले बि ...

मोरङमा चैते धानको उत ...

मोरङ । मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ । ग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]