विराटनगर । विराटनगर महानगरपालिकाले सडक मापदण्डमा परेका संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा लागेको महानगरले सडक मापदण्डमा परेका संरचनाहरु डोजर लगाएर हटाएको हो । सडक मापदण्डमा परेका संरचना हटाउन पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि महानगरले डोजर लगाउनु परेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले प्रस्ट पारे । संरचना नहटाउँदा महानगरका विभिन्न साँघुरा सडकहरुको विस्तार अलपत्र परेको थियो । केही दिनअघि बसपार्क दक्षिण–पूर्वमा अवस्थित सडक मापदण्डमा परेको संरचना हटाएको महानगरले वडा नम्बर १ स्थित वारुणयन्त्र उत्तरको सडकको संरचन
काठमाडौं । जलवायु परिवर्तनले हिमाली जनजीवनमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउन अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विश्वको सर्वाेच्च शिखर सगरमाथा रहेको सोलुखुम्बुको स्याङ्बोचेमा विशेष अन्तक्र्रिया गरिने भएको छ ।यही फागुन २४ गते आयोजना गर्न लागेको कार्यक्रममा नेपालस्थित संयुक्त अरब इमिरेट्स (युएई) राजदूतावासको विशेष सहयोग तथा नेपालको वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युएनडिपी, इसिमोड, एनटिएनसी, बेकर्सडेन, सम्बन्धित स्थानीय तहलगायत सङ्घसंस्था र निकायको सहयोग एवं सहकार्य रहने बताइएको छ । जलवायु परिवर्तन र वातावरणका क्षेत्रका कार्यरत साथसाथै गत वर्
विराटनगर । विराटनगरमा सञ्चालनमा ल्याउन लागिएको सिटी बसका लागि प्रारम्भिक चरणको रुट परीक्षण (ट्रायल)गरिएको छ । महानगरको सडक र मोडहरुमा कति क्षमताका बस सञ्चालन गर्नु उपर्युक्त हुन्छ भन्ने जानकारी लिन रुट परीक्षण गरिएको महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् । बिहीबार दुईवटा बसबाट महानगरका विभिन्न रुटमा परीक्षण गरिएको थियो । कार्यबाहक मेयर कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला बसमा आफैं चढेर रुटको परीक्षण गरेका थिए । महानगरले सिटी बस सञ्चालनका लागि कार्यपालिका बैठकबाट निर्णय गरिसकेको छ । लगानी बोर्डको सौजन्यमा महानगरले सिटी बस सञ्चालन गर्न लागिएको उनको भनाइ थ
विराटनगर । विपन्न समुदायलाई सहज रुपले स्वास्थ्य सेवा पु¥याउन मोरङको रंगेली नगरपालिकाले त्यस्ता घर परिवारलाई निःशुल्क स्वास्थ्य विमा गर्ने भएको छ । एकल महिला तथा समुदायमा पछाडी परेकालाई नगरपालिकाले आफ्नै वजेटमा स्वास्थ्य विमा गर्न लागेको हो । रंगेली नगरपालिकामा ९ वटा वडा रहेका छन् । प्रतेक वडाका १ सय ७५ परिवारलाई विमामा लाग्ने शुल्क नगरपालिकाले व्योहोर्ने गरि विमा गर्न लागेको नगरपालिकाका उपप्रमुख भुमा पराजुलीले बताइन् । नगरपालिकाको परिषदको वैठकबाट निर्णय गरेर वजेट व्यवस्थापन गर्दै अहिले त्यस्ता परिवारसंग निवेदन लिने काम पालिकाले गरिरहेको छ । विपन्न परिवारलाई निःशुल्क स्
मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर–४ को आयोजनामा महिलाहरुलाई सेनेटरी प्याड बनाउने ४ दिने तालिम सम्पन्न भएको छ । उक्त तालिममा महिलाहरुलाई अत्ति आवश्यक पर्ने सेनेटरी प्याड रेडिमेट प्रयोग कम गराउने साथै, घरेलु उत्पादनलाई प्रोत्सान गर्ने उद्देश्यले सुन्दरहरैंचा वडा नम्बर–४ का विभिन्न टोल विकास संस्थामा आवद्ध महिलाहरुलाई आफैंले उत्पादन गरेर आफै प्रयोग गर्न सकिने र ब्यवसायमा आत्मनिर्भर बन्नका लागि तालिम प्रदान गरिएको हो ।त्यस्तै, कार्यक्रममा स्वरोजगार टे«निङ सेन्टरको प्रविधिक सहयोगमा संचालन गरेको तालिममा प्रशिक्षक रमा नेपालले तालिमको सहजिकरण गरेकी थिइन् ।उ
विराटनगर । प्रदेश १ का सडक पूर्वाधार तथा शहरी विकासमन्त्री दुर्गाप्रसाद चापागाईंले संघीय सरकारको भन्दा प्रदेश सरकारले विकास निर्माणका काम छिटो गर्ने र जनताको पहुँचमा रहेको बताएका छन् । मोरङको बेलबारी–४ स्थित लिम्बू चोक र सभापुर जोड्ने नवनिर्मित पुल उद्घाटनको लागि आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले प्रदेश सरकारको औचित्यमाथि उठेका प्रश्नहरू निराधार रहेको बताए । प्रदेश सरकार गठन भएयता प्रशासनिक, विकास निर्माणका कुराहरूमा जनता सहजै पुग्न सक्ने अवस्था सिर्जना भएको बताए । ‘प्रदेश सरकार थिएन भने काठमाडौं छिर्नुपर्ने हुन्थ्यो, मेहेनतका साथ सिंहदरबार छिर्नु
इटहरी । नेशनल लाईफ इन्सुरेन्सले आप्mनो ३६ औं वार्षिकोत्सव विविध कार्यक्रम गरेर मनाएको छ । इन्सुरेन्सको कार्यालय इटहरीले निःसहाय बालबालिका सेवा आश्रम इटहरीका नानीहरुलाई १ छाक खाना खुवाएको छ । वार्षिक उत्सव कार्यक्रममा इन्सुरेन्स कम्पनिले निःसहाय वालबालिका सेवा आश्रमका नानीहरुका साथमा केक काटेर रमाइलो गरेको थियो । इन्सुरेन्सका कर्मचारीहरु निःसहाय बालबालिका सेवा आश्रममा गएर केक काटिएको र खानाको व्यवस्था मिलाइएको थियो । सो अवसरमा आश्रमका संस्थापक अध्यक्ष गिता गौतमले आश्रमको स्थापनाका बारेमा जानकारी गराउनु भएको थियो भने इन्सुरेन्सका १ नं. प्रदेश प्रमुख नरेन्द्र राईले इन्सुरेन्सले मानवीय क्षेत्रमा ग
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले जथाभावी हुने प्लटिङ र अव्यवस्थित बसोबासलाई व्यवस्थित तथा योजनाबद्ध बनाउन जग्गा विकास तथा हाउजिङ निर्माणसम्बन्धी निर्देशिका–२०७९ स्वीकृत गरेको छ । उर्लाबारीको बढ्दो सहरीकरण व्यवस्थित गर्न जथाभावी हुने प्लटिङ व्यवसाय रोकी जमिनको संरक्षण गर्न पालिकाले निर्देशिका जारी गरेको नगरपालिकाले जनाएको छ । यसअघि जग्गा कित्ताकाट खुला गरेको नगरपालिकाले जथाभावी हुने प्लटिङ र अव्यवस्थित बसोबास व्यवस्थित र योजनाबद्ध बनाउन जग्गा विकास तथा हाउजिङ निर्माणसम्बन्धी निर्देशिका कार्यपालिका बैठकबाट स्वीकृत गरेको हो । बढ्दो सहरीकरमा ध्यान दिँदै भविष्यमा हुने ज
इटहरी । सुनसरीको इटहरीमा संचालित इन्खा एकीकृत अस्पतालका अध्यक्ष डाक्टर खगेन्द्र ओलीले आफ्नो जन्म दिन निःसहाय बालबालिका सेवा आश्रम इटहरीका नानीहरुको साथमा मनाएका छन् । इटहरी–४ मा संचालित निःसहाय बालबालिका सेवा आश्रमको संस्थागत विकासमा लामो समयदेखि योगदान गर्दै आएका डा. ओलीले बिहीवार बेलुकाको खाना खुवाउनुका साथै १० हजार १ सय पाँच सहयोग पनि गरेका छन् । आश्रम संचालिका गिता गौतमले संस्थालाई आर्थिक, भौतिक तथा नैतिक सहयोग पुर्याएकोमा डा. ओलीलाई धन्यवाद ज्ञापन गरेकी छन् । दुरदराज गाउँमा गएर नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएका ओली नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाको सहकोषाध्यक्षम
विराटनगर । विराटनगर स्थित महेन्द्र मोरङ क्याम्पस व्यवस्थापन संकायका सातजना प्राध्यापकलाई बिहीवार सम्मानित गरिएको छ। सम्मानित हुनेहरुमा डा. शिवचन्द्र चौधरी, मोहनकुमार श्रेष्ठ, रामकुमार थापा, डा. मोहनकुमार सुवेदी, वेदप्रसाद संग्रौला, डा. जनकनाथ सापकोटा र जयकुमार महतो रहेका छन् ।दुई दशक भन्दा वढी समयदेखि क्याम्पसमा प्राध्यापन गरिरहेको उनीहरुलाई विषयगत विभागको प्रमुखमा नियुक्त भएकोमा स्वागत एवं सम्मान गरिएको हो । सम्मानित डा चौधरी, व्यवस्थाप विज्ञान श्रेष्ठ व्यवस्थापन थापा वजारशास्त्र डा. सुवेदी वित्तशास्त्र संग्रौला अर्थशास्त्र र डा. सापकोटा लेखाशास्त्रका अध्यक्ष हुन् भने महतो एमपिए अनुसन्धा