नगर बस सञ्चालनका लागि मेयर कोइरालाको नेतृत्वमा दोस्रो पटक रुट परीक्षण

  • फागुन २५, २०७९ / नेपाल रेखा
alt

विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालनमा ल्याउन लागेको नगर बसका लागि दोस्रो पटक रुट परीक्षण (ट्रायल) गरिएको छ ।
महानगरपालिकाका मेयर नागेश कोइरालाको नेतृत्वमा बिहीबार रुट परीक्षण गरिएको हो । कम्पनीकै गाडीमार्फत रुट परीक्षण गरिएको थियो । कुन रुटमा कति क्षमता र साइजका बस सञ्चालन गर्न सहज हुन्छ भनेर परीक्षण गरिएको महानगरका मेयर नागेश कोइरालाले बताउनुभयो । नगर बसमा ज्येष्ठ नागरिक र अपाङ्गताले निःशुल्क आवागमन गर्न पाउनेछन् । महिला र विद्यार्थीलाई सहुलियत दिने र अन्यलाई पनि न्यून शुल्क लिएर सेवा दिने मेयर कोइरालाले जानकारी बताउनुभयो । बसमा एसीसहितका विभिन्न सुविधा हुने महानगरले जनाएको छ । पूर्ण रुपमा तयार भएपछि नगर बस सञ्चालनमा ल्याइनेछ । परीक्षणका क्रममा सवारी चाप, जनघनत्व, घुम्ती तथा मोडहरुमा आइपर्ने समस्यालगायतका विषयमा समेत अध्ययन हुनेछ ।
महानगरले मिलन चोक, ढाट, इक्राही, केशलियालगायत विभिन्न रुटबाट बस सञ्चालन गर्ने तयारी गरेको छ । सर्वसाधारणको सहज आवागमनको उद्देश्यसहित महानगरले सिटी बस सञ्चालन गर्न लागेको हो । प्रारम्भिक चरणमा १९ वटा सिटी बस सञ्चालनको तयारी रहेको उहाँले बताउनुभयो । निजी क्षेत्र र लगानी बोर्डसँगको साझेदारीमा नगर बस सञ्चालनको प्रक्रिया अन्तिम चरणम पुगेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताउनुभयो । नगर बस सञ्चालनका लागि मेयर कोइरालाको नेतृत्वमा विभिन्न चरणमा छलफल भई खरिद प्रक्रियासमेत अगाडि बढेको छ । रुट परीक्षणमा मेयर कोइरालासहित प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, प्रशासन प्रमुख अर्जुन थपलिया, सरसफाई शाखा प्रमुख पुनम दाहाल, महानगर प्रहरी प्रमुख राजन पौडेल, मेयरका सचिवालयका सदस्यका साथै गाडी कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यसअघि फागुन १८ गते पनि उपमेयर शिल्पा निराला कार्कीको नेतृत्वमा रुट परीक्षण गरिएको थियो ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]