श्रीकृष्ण गौ सदनको मलमूत्र सिधै नालामा

  • चैत १५, २०७९ / नेपाल रेखा
alt

विराटनगर । विराटनगर रोडशेषस्थित श्रीकृष्ण गौ सदनले शौचालयको मलमूत्र सिधै नालीमा मिसाएको पाइएको छ ।
महानगरको सरसफाई टोलीले नाला सफा गर्ने क्रममा शौचालयको मलमूत्र नालीमा मिसाइएको भेटिएको हो । सरसफाई शाखा प्रमुख पुनम दाहालले महानगरले ५ सयदेखि ५० हजार रुपैयाँसम्मको कारबाहीको अधिकार आफूलाई दिएको बताए । उनले शौचालयको मलमूत्र नालामा मिसाउने गौ सदनका घरधनीलाई कानुनअनुसार कारबाही गरिने जानकारी दिए ।
गौ सदनका घरधनी प्रेमप्रकाश उप्रेतीले आफूबाट गल्ती भएको स्वीकारे । उनले मलमूत्र भएको नाला सरसफाईकर्मीलाई लगाएर सफा गर्ने बताए । उनले अबदेखि यस्तो गल्ती नदोहो¥याउने प्रतिबद्धतासमेत व्यक्त गरे । “म आज नै मान्छे बोलाएरलाई नाला सफा गर्न लगाउँछु,” उप्रेतीले भने, “गल्ती भयो अबदेखि यस्तो गल्ती हुँदैन ।” शौचालयको मलमूत्र नालामा मिसाउने व्यक्तिलाई ५ सयदेखि १ लाख रुपैयाँसम्म कारबाही हुने कानुनी व्यवस्था छ ।
महानगरपालिकाले वर्षाको समयमा हुने डुबान समस्या समाधानका लागि नाला सफाईलाई तीव्रता दिएको छ । वर्षायाम सुरु भएपछि नाला सफा गर्दा प्रभावकारी नहुने भएकाले हिउँदमै सफा गरिएको दाहालले बताए । उनले वर्षा सुरु हुनु अगाडि नै महानगर क्षेत्रभित्रका सबैजसो नाला सफा गरिसक्ने जानकारी दिए ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]