इटहरी नगरसभाबाट सात विधेयक पारित

  • चैत २८, २०७९ / नेपाल रेखा
alt

इटहरी । इटहरी उपमहानगरपालिको नगरसभा सात वटा विधेयक पारित गर्दै सम्पन्न भएको छ ।
नगरसभाले विनियोजन ऐन संशोधन विधेयक २०७९, इटहरी उप–महानगरपालिकाको केही ऐन संशोधन गर्न बनेको विधेयक २०७९, रात्रि बजार सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र बजार अनुगमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ सर्वसम्मत पारित गरेको हो ।
नगरसभामा नगर खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९, कर्मचारी आचारसंहिता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ छलफल पश्चात सर्वसम्मत पारित गरिएको हो।
पारित भएका विधेयकमध्ये कर्मचारी आचारसंहिता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ मा एमालेबाट निर्वाचित जनप्रतिनिधिले असन्तुष्टि जनाएका थिए । तर, सोमबार बसेको कार्यपालिका बैठकले अघिल्लो पटक असन्तुष्ट जनाएको कुनै पनि सवाललाई सहज ढंगले पारित गरिएको नगरप्रमुख हेमकर्ण पौडेलले बताए ।
नगरसभाको दोस्रो बैठकमै कर्मचारी सम्बन्धी विधेयको विषयमा राजनीतिक दलहरु बीच सहमति भएकै आधारमा नगरसभाबाट टुंग्याउने योजना रहेपनि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले उपस्थिति जनाएर बहिष्कार गर्ने तयारी गरेपछि सभाध्यक्ष एवंम नगरप्रमुख पौडेललले अनिश्चितकालका लागि नगरसभा स्थगित भएको घोषणा गरेको थिए । त्यसलगतै उनले नगरसभा स्थगित हुनुका कारण र कर्मचारीलाई व्यवस्थापन गर्ने ऐन पारित गर्ने सवालमा दलहरुबीच सहमति भएको बारेमा स्पष्ट पारेका थिए । त्यसको एक सातापछि एमालेबाट निर्वाचित जनप्रतिनिधिले पनि पत्रकार सम्मेलन गरि नगर प्रमुख पौडेलले गलत आरोप लगाएको जिकिर गरेका थिए । त्यसको तीन सातापछी सोमबार दुवै पक्ष नगरसभा सञ्चालन गर्न सहमत भएका थिए । विधेयक पास गर्ने बिषयमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले असन्तुष्टी व्यक्त गर्दै बहिष्कार गरेपछि १२ औं नगरसभा अनिश्चितकालको लागि स्थगित भएको थियो ।
फागुन २७ गते १२ औं नगरसभाको पहिलो बैठक सम्पन्न भएको थियो। चैत ३ गते दोस्रो बैठक बहिष्कार गरेपछि अनिश्चित बनेको हिउदे नगरसभा दुई पक्षीय सहमतिपछि सोमबार सकिएको हो ।

नवनियुक्त मुख्यमन्त् ...

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमा ...

इलाममा आजदेखि सूर्यो ...

इलाम। इलाममा आजदेखि दुई दिने ‘प्रथम सूर्योदय चिया ...

आयोगले थाल्यो स्थानी ...

काठमाडौँ। निर्वाचन आयोग स्थानीय तहको चुनावको तयारीमा जु ...

चालु आवको तीन महिना: ...

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाम ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]