समाचार

    Showing 281-290 of 649 items.
  • इटहरी उपमहानगरले गरेका १२ महिनाका १२ काम

    इटहरी । इटहरी उपमहानगरपालिकाले बाह्र महिनामा भएका बाह्र कामको सुची सार्वजनिक गरेको छ । जनप्रतिनिधिको कार्यकाल एक वर्ष पुरा हुँदै गर्दा भएका कामको विवरण सार्वजनिक गरिएको हो ।उपलब्धिको पहिलो बुँदामा राजमार्ग विस्तारमा अवरोध भएका संरचना हटाइएको उल्लेख छ । विराटनगर लाइनमा रहेका घर तथा संरचना भत्काएर ६ लेन सडक विस्तारमा सहयोग पु¥याएको बताइएको छ ।त्यस्तै डिजिटल प्रणालीमार्फत घर नक्सा पास सुरु गरेको र उपमहानगरले नै घर नक्सा बनाउने काम सुरुवात गरेको छ । विपन्न परिवारको घर निर्माणको नक्सा निःशुल्क बनाइदिने पनि उपलब्धिमा समावेश गरिएको छ ।पहिलो पटक विद्यालय सुधारमा

    • प्रकाशित मितिः असार ५, २०८०
    • 144 पटक पढिएको
    • नेपाल रेखा
  • यौनिक तथा लैंगिक अल्पसंख्यकलाई भेदभाव गर्न हुन्न

    इटहरी । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारको बिषय सबैको साझा मुद्दा भएको कोसी प्रदेशसभा सदस्य सपना परियारले बताएकी छन् । साहारा समाज इटहरीको आयोजना तथा मितीनी नेपालको सहयोगमा इटहरीमा भएको प्राइड मन्थ कार्यक्रममा प्रदेशसभा सदस्य परियारले सो कुरा बताएकी हुन् ।सन् १९९० मे १७ मा विश्व स्वास्थ्य संगठनले समलैंगिकतालाई मानसिक नभएर प्राकृतिक प्रक्रिया हो भनि ठहर गरिसकेको उनको भनाई थियो । उनले भनिन्–‘यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई राज्य र समाजले भेदभाव गर्न हुन्न ।’ उनले यो समुदायलाई राज्यको मूलधारमा ल्याउने गरी कानुन निर्माणमा भूमिका निर्वाह ग

    • प्रकाशित मितिः असार ५, २०८०
    • 674 पटक पढिएको
    • नेपाल रेखा
  • बसपार्कबाट सुर्तीजन्य पदार्थ बरामद

    विराटनगर। विराटनगरस्थित बसपार्कबाट महानगर प्रहरीले सुर्तीजन्य पदार्थ बरामद गरेको छ । प्रभातकालीन अनुगमनका क्रममा खुलेआम सुर्तीजन्य पदार्थ बिक्री वितरण गरेको भेटिएपछि महानगरका मेयर नागेश कोइरालाले महाननगर प्रहरीलाई तत्काल बरामद गर्न निर्देशन दिएका थिए । मेयर कोइरालाको निर्देशनपछि महानगर प्रहरीका प्रमुख राजन पौडेलको नेतृत्वमा पुगेको टोलीले गुट्खा, खैनीलगायतका सुर्तीजन्य पदार्थ बरामद गरेको थियो । पछिल्लो समय मेयर कोइरालाले सरसफाई, विकास निर्माण, सुर्तीजन्य पदार्थ, खुल्ला रुपमा हुने माछामासुको बिक्री वितरणलगायतको प्रभातकालीन अनुगमन गर्दै आएका छन् । महानगरले विराटनगरलाई सफा, सुन्दर,

    • प्रकाशित मितिः जेठ २६, २०८०
    • 152 पटक पढिएको
    • नेपाल रेखा
  • महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई साइकल वितरण

    विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ६ ले सामुदायिक महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई साइकल वितरण गरेको छ । गर्भवती महिलासहित अन्य समस्या भएकाहरुको घरमै पुगेर सेवा प्रदान गर्न सहज होस् भन्ने उद्देश्यले ९ जना स्वास्थ्य स्वयमसेविकाहरुलाई साइकल वितरण गरिएको वडाध्यक्ष हरिशचन्द्र सहनीले जानकारी दिए । महानगरका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हुमादेवी भट्टराई, मञ्जु बस्नेत, केशकशा कौशर, जेवा खानम, राधादेवी गुप्ता, मदिना खातुन, सञ्जु कामत चौधरी, आशाकुमारी मण्डल र सीमादेवी कामतलाई साइकल प्रदान गरिएको थियो । कार्यक्रममा मेयर कोइराला, वडाध्यक्ष सहनी, वडा सदस्य पन्नालाल राजवं

    • प्रकाशित मितिः जेठ २४, २०८०
    • 219 पटक पढिएको
    • नेपाल रेखा
  • स्वच्छ मासु उत्पादन एवं बिक्री, वितरण गर्न तालिम

    विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा स्वच्छ तथा सफा मासु उत्पादन एवं बिक्रीवितरणसम्बन्धी एकहप्ते तालिम सम्पन्न भएको छ ।महानगरको पशुपन्छी विकास शाखाको आयोजना भएको तालिम मंगलबार सम्पन्न भएको हो । विराटनगरको १९ वटै वडाबाट २६ जना मासु व्यवसायीको तालिममा सहभागिता रहेको पशुपन्छी शाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिए । तालिममा विज्ञ डा. गंगाराम यादव, डा. बोधप्रसाद पराजुली, डा. मनिषकुमार साह, डा. सराहना सुवेदी, शुभनारायण यादव र गणेश पौडेलले प्रशिक्षण दिएका थिए  । सहभागीहरुलाई स्वच्छ मासु उत्पादनदेखि बिक्रीवितरण तथा विभिन्न रोगहरुबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीलगायत

    • प्रकाशित मितिः जेठ २४, २०८०
    • 89 पटक पढिएको
    • नेपाल रेखा
  • मेयर कोइरालाले सुरु गरेको ‘प्रभातकालीन अनुगमन’ प्रभावकारी हुँदै

    विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बिहानको समय सरसफाईसँगै विकास निर्माण, सुर्तीजन्य पदार्थको अनुगमन र जनगुनासो सुन्नका लागि सदुपयोग गर्न सुरु गर्नु भएको छ । मेयर कोइराला सम्बन्धित शाखाका कर्मचारी र सचिवालयको टिमसहित हरेक बिहान अनुगमनमा निस्कनु हुन्छ । मेयर कोइरालाले बिहान ६ देखि साढे ९ बजेसम्मको समय अनुगमनका लागि छुट्याउनु भएको छ । उहाँले अनुगमनमा हिंड्दा जनताका समस्या र गुनासो सुन्नुका साथै सुझावसमेत लिने गर्नुभएको छ । “दिउँसो कार्यालय र कार्यक्रमहरूमा व्यस्त हुने भएकाले बिहानको समयमा अनुगमन गर्ने गरेको छु,” उहाँले भन्नुभयो, “यसले जनतासित भेटघाटसँगै उहाँ

    • प्रकाशित मितिः जेठ २४, २०८०
    • 131 पटक पढिएको
    • नेपाल रेखा
  • ट्युबवेल सुक्न थालेपछि पानीको समस्या

    उदयपुर । त्रियुगा नगरपालिकाको गाईघाट बजारसहितका क्षेत्रमा केही दिनयता खडेरी र तापक्रम बढेसँगै जमिनमुनिको पानीको सतह ह्वात्तै घटेपछि ट्युबवेलबाट पानी आउन छाडेको छ ।जमिनको सतहबाट पानी घटेर ट्युबवेलबाट पानी आउन छाडेपछि अहिले कतिपय स्थानीय पिउने पानीका लागि निकै समस्या भोग्न परेको गुनासो गर्न थालेका छन् । त्रियुगा–१२ डिएम गेट, दुर्गाटोल, सुनगाभा टोलसहितका स्थानमा एक हप्तादेखि ट्युबवेलबाट पानी आउन छाडेकाले पिउने पानीको निकै कष्ट भोग्न परेको स्थानीय दुर्गा टोलका मुहकर अलि मियाँले बताउनुभयो ।गाईघाटको सुनगाभा टोलसहित दुर्गाटोल क्षेत्रमा अहिले झण्डै सयभन्दा बढी ट्युबवेलबाट पानी आउन छाडेपछि आफूहरु

    • प्रकाशित मितिः जेठ १९, २०८०
    • 99 पटक पढिएको
    • नेपाल रेखा
  • ठगी गर्ने गिरोह सक्रिय रहेकाले प्रलोभनमा नपर्न आग्रह

    काठमाडौँ । वैदेशिक रोजगार विभागले दक्षिण अफ्रिकामा आकर्षक जागिरको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै त्यस्तो प्रलोभनमा नपर्न आग्रह गरको छ । विभागले एक सूचना प्रकाशित गरी आकर्षक सेवा सुविधासहितको पदमा काम लगाइदिने भन्दै त्यो गिरोहले नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गरेकाले प्रलोभनमा नपर्न आग्रह गरेको हो । विभागद्वारा प्रकाशित सूचनामा भनिएको छ, “भारतमा रहेको दक्षिण अफ्रिकाको उच्चायुक्त र कन्सुलेट जनरलबाट जारी हुने पर्यटक भिसा दक्षिण अफ्रिका आउने प्रयोजनका लागि मात्र भएको हुँदा त्यस भिसाका आधारमा अफ्रिकामा रोजगारीजन्य काममा संलग्न हुन पाइँदैन ।”मानव बेचब

    • प्रकाशित मितिः जेठ १९, २०८०
    • 154 पटक पढिएको
    • नेपाल रेखा
  • वथनाहा–विराटनगर रेलसेवा संचालनमा, उद्योगी व्यवसायी र सर्वसाधारण उत्साहित

    कुमोद अधिकारी विराटनगर । भारतको वथनाहा देखी विराटनगरको वुधनगरसम्म कार्गो रेलसेवा संचालनमा आएको छ । बिहीवार ध्वजा पताकाले सिंगारिएको कार्गो रेल विराटनगर आइपुगेको हो । भारत भ्रमणमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट हरियो झण्डा देखाएर उद्घाटन गरेपछि वथनाहाबाट छुटेको रेल विराटनगर आइपुगेको हो ।वथानाहा देखि विराटनगर स्थित एकिकृत भन्सार जाँचचौकी स्थित कष्टमयार्ड सम्मको आठ किलोमिटर रेलमार्गमा कार्गो रेलसेवा सुचारु भएको हो । वथनाहा देखि विराटनगर हुदै कटहरीको महेशपुरसम्म १८ किलोमिटर लामो रेलमार्ग निर्माण गर्ने लक्ष्य रहेप

    • प्रकाशित मितिः जेठ १९, २०८०
    • 91 पटक पढिएको
    • नेपाल रेखा
  • विराटनगर महानगरलाई सरकारी संयन्त्रमध्ये उत्कृष्ट पुरस्कार प्रदान

    विराटनगर। सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाएर उदाहरणीय कार्य गरेको भन्दै संघीय सरकार स्वास्थ्य मन्त्रालयले सरकारी संयन्त्रणतर्फ विराटनगर महानगरपालिकालाई सर्वोत्कृष्ट पुरस्कार प्रदान गरेको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले महानगरका मेयर नागेश कोइरालालाई नगदसहित सम्मानपत्र प्रदान गरे। स्वास्थ्य मन्त्रालयले आयोजना गरेको कार्यक्रममा महानगरलाई प्रदान गरिएको पुरस्कार मेयर कोइरालाले ग्रहण गरेका हुन् । कार्यक्रममा मन्त्री बस्नेत र स्वास्थ्य सचिव डा. रोशन पोखरेलले मेयर कोइरालालाई दोसल्ला ओढाएर नगद ५० हजार र सम्मानपत्र प

    • प्रकाशित मितिः जेठ १८, २०८०
    • 137 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]