बाढी पहिरोपीडितलाई सोलार बत्ती वितरण

  • असार ३०, २०८० / नेपाल रेखा
alt

ताप्लेजुङ । बाढी पहिरोकाकारण विद्युतविहीन बन्न पुगेका ताप्लेजुङ्गको मौवाखोला क्षेत्रका स्थानीयलाई क्युक रेसक्यु टिम नेपाल र इसाई समाज कोशी प्रदेशले प्रोटेवल सोलार बत्ती उपलव्ध गराइएको छ ।
क्युक रेसक्यु टिम नेपाल र इसाई समाज कोशी प्रदेशले ताप्लेजुङ्गको मौवाखोला गाउँपालिका वडा नम्बर ४ ओदाक गाउँका ६५ परिवारलाई प्रोटेवल सोलार बत्ती उपलव्ध गराएको हो ।
बाढी पहिरोका कारण विद्युत सेवाबाट बञ्चिल बन्न पुगेकाहरुलाई बोकेर सहज रुपमा हिड्न मिल्ने, मोवायल चार्ज समेत गर्न मिल्ने प्रोटेवल सोलार बत्ती इटहरीबाट आएर आफुहरुले उपलव्ध गराएको क्युक रेसक्यु टिम नेपालका अध्यक्ष बिक्रम एक्तेनले जानकारी दिए ।
सोलार बत्ती वितरण कार्यक्रममा मौवाखोला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष फुर्वा शेर्पा लगायतको सहभागितामा वितरण गरिएको थियो ।
सोलार वितरणले वडा क्षेत्रका मानिसहरुलाई सहज भएको वडाध्यक्ष शेर्पाले बताए । केही दिन अघिको बाढी पहिरोका कारण विद्युत सेवाबाट बञ्चित बन्न पुगेका वडावासी सोलार बत्ती पाएपछि हर्षित भएका छन् ।
क्युक रेसक्यु टिम नेपालले विभिन्न समयमा विपदमा परेकाहरुलाई सहयोग गर्दै आएको छ ।

solar

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]