कोशी प्रदेशमा दुर्घटनामा कमी–ट्राफिक प्रहरी

  • साउन ४, २०८० / नेपाल रेखा
alt

इटहरी ।  कोशी प्रदेशमा विगत वर्षको तुलनामा आर्थिक वर्ष २०७९–८० मा सवारीसाधन दुर्घटनामा कमी आएको छ । सवारीसाधन दुर्घटनाबाट हुने मानवीय क्षति पनि कम भएको पाइएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता मोहनविक्रम दाहालका अनुसार आव २०७९–८० मा तीन हजार पाँच सय १० सवारीसाधन दुर्घटना हुँदा चार सय १२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी आठ सय १० जना गम्भीर तथा चार हजार सात सय ९७ जना सामान्य घाइते भएका थिए ।
आव २०७८–७९ मा प्रदेशमा तीन हजार आठ सय २० सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनाबाट पाँच सय ३१ जनाको मृत्यु, एक हजार दुई सय तीन जना गम्भीर घाइते र पाँच हजार चार सय ४५ जना सामान्य घाइते भएका दाहालले बताए । ट्राफिक सचेतना कार्यक्रम र प्रहरी कारबाहीको प्रभावकारिताका कारण सवारी दुर्घटना तथा मानवीय क्षति कम भएको उनको भनाइ छ ।
आव २०७९–८० मा अघिल्लो आवको तुलनामा सवारीसाधन दुर्घटना आठ प्रतिशत कम, मानवीय क्षति २२ प्रतिशत कम, गम्भीर घाइते ३३ प्रतिशत कम तथा सामान्य घाइते १२ प्रतिशत कम भएको तथ्याङ्क छ । आव २०७९–८० मा उक्त अवधिमा आठ हजार तीन सय ६३ जनालाई मादक पदार्थ सेवन कारबाही, २६ हजार छ सय ६४ जनालाई सवारी शिक्षा र तीन लाख एक हजार आठ सय ७१ जनालाई सवारी नियम उल्लङ्घन गरेकामा जरिवाना गरिएको प्रवक्ता दाहालले जानकारी दिए ।
आव २०७८÷७९ मा पाँच हजार एक सय पाँच जनालाई मापसे कारबाही, १९ हजार आठ सय ३३ जनालाई सवारी शिक्षा र दुई लाख ६९ हजार आठ सय २३ जनलाई सवारी नियम उल्लङ्घन गरेकामा जरिवाना गरिएको थियो ।
सवारी नियम उल्लङ्घन गर्नेलाई जरिवाना गर्दा राजस्व सङ्कलनमा समेत वृद्धि भएको छ । आव २०७९–८० मा २० करोड सात लाख ३५ हजार राजस्व सङ्कलन भएको छ भने आव २०७८–७९ मा १८ करोड एक लाख ५९ हजार राजस्व सङ्कलन भएको थियो ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]