समाचार

    Showing 171-180 of 649 items.
  • सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएकामा राष्ट्रसङ्घद्वारा स्वागत, नेपाल सरकारलाई सघाउने प्रतिबद्धता

    काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगलाई आवश्यक पर्ने ऐन, कानुन बनाउने विधेयक सङ्घीय संसद्का दुवै सदनबाट पारित भएकामा स्वागत गरेको छ ।संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्का उच्चायुक्त भोल्कर टर्कले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक नेपालका दुवै सदनबाट पारित भएकामा त्यसको स्वागत गर्दै विधेयकको कार्यान्वयन पीडितकेन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।शान्ति सम्झौता भएको १८ वर्षपछि पारित भएको उक्त विधेयक नेपालमा दिगो शान्ति स्थापनामा कोशेढुङ्गा सावित हुने विश्वास व

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 310 पटक पढिएको
    • नेपाल रेखा
  • सात करोड बजेट आवश्यक पर्ने विद्यालयको नीति तथा कार्यक्रम सार्वजनिक

    इटहरी । इटहरीमा सञ्चालित सामूदायिक विद्यालयमध्ये वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले पहिलोपल्ट वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१।८२ का लागि विद्यालयले तय गरेका कार्यक्रम पुरा गर्न सात करोड बजेट आवश्यक पर्ने नीति तथा कार्यक्रम विहीबार इटहरीका मेयर हेमकर्ण पौडेलले सार्वजनिक गरेका हुन् । इटहरी उपमहानगरपालिकाले अघिल्लो शैक्षिक सत्रदेखि विद्यालय सुधार अभियान चलाइ रहेका बेला राष्ट्रिय माध्यमिक विद्यालयले उदाहरणीय कार्य गरेको र अरु विद्यालयले सिको गर्ने मेयर पौडेलले बताए । विद्यालयले तय गरेको वार्षिक नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार विकासतर्फ विद्यार्

    • प्रकाशित मितिः भदौ १, २०८१
    • 299 पटक पढिएको
    • नेपाल रेखा
  • ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।उक्त मन्त्रालयले डेङ्गीको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नाका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयले गत वर्ष पनि डेङ्गी रोगको सङ्क्रमण बढेपछि अभियान सञ्चालन गर्न निर्देशन दिएको थियो । मन्त्रालयले आ–आफ्ना कार्यालयमा डेङ्गी सङ्क्रमणबारे सतर्कता र सचेतना कार्यक्रम सञ्चालन गर्न पनि

    • प्रकाशित मितिः साउन २४, २०८१
    • 337 पटक पढिएको
    • नेपाल रेखा
  • हवाई सुरक्षाका निम्ति आजैदेखि सुधारका प्रयास थाल्ने पर्यटनमन्त्रीको प्रतिबद्धता

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १५ दिनको अवधिमा दुईवटा हवाई दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको बताउँदै हवाई सुरक्षालाई उच्चतम प्राथिमकतामा राखेर आजैदेखि तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गरेको जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुधबार राति एक विज्ञप्ति जारी गर्दै अतिजरुरीबाहेक सबै पूर्वनिर्धारित कार्यक्रम स्थगन गरी आगामी एक साता हवाई सुरक्षाका विषयमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै उहाँले त्यस निम्ति आवश्यक कदम चाल्न मन्त्रालय र माताहतका निकायलाई परिचालन गर्ने उल्लेख गर्नुभएको छ । नुवाकोटको शि

    • प्रकाशित मितिः साउन २४, २०८१
    • 343 पटक पढिएको
    • नेपाल रेखा
  • गरगहना चोरीको अभियोगमा दुईजना पक्राउ

    काठमाडौँ । नेपाल प्रहरीले सुनको गरगहना चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गुल्मी घर भई काठमाडौँको ज्ञानेश्वरस्थित भैरव मार्ग बस्ने राजु नेपालीको कोठाबाट गरगहना चोरी गर्ने जनकपुरका ३८ वर्षीय दीपक खड्का र मकवानपुरका २७ वर्षीय नीरज विकलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले दिउँसोको समयमा घरमा मान्छे नभएको मौका पारेर कोठा फुटाएर गरगहना चोरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकासँग प्रहरीले सुनको औँठी तीन थान, सुनको सिक्री दुई थान, सुनको टप एक थान, सुनको ब्रास्लेट एक थान, तिलहरी एक

    • प्रकाशित मितिः साउन २३, २०८१
    • 405 पटक पढिएको
    • नेपाल रेखा
  • एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

    काठमाडौँ । एयर डाइनेस्टीको हेलिकप्टर केहीबेरअघि नुवाकोटको शिवपुरीमा दुर्घटनामा परेको छ । हेलिकप्टर दुर्घटना भएको जानकारी दिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले थप जानकारी आइनसकेको जानकारी दिनुभयो । शिवपुरी गाउँपालिका–७ स्थित शिवपुरी जङ्गलको सुइरेचौर क्षेत्रमा आगो बलेको र धुँवा देखिएपछि स्थानीयले हेलिकप्टर दुर्घटना भएको हुनसक्ने आशङ्का गरी प्रहरीलाई खबर गरेको सूचना प्राप्त भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईले जानकारी दिनुभयो । एयर डाइनेस्टीको कलसाइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटना भएपछि उद्धार सुरु

    • प्रकाशित मितिः साउन २३, २०८१
    • 342 पटक पढिएको
    • नेपाल रेखा
  • विद्यालयको बस दुर्घटनामा आमा–छोराको मृत्यु

    कास्की । कास्कीको पोखरामा आज भएको विद्यालयको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा २८ जना घाइते भएका छन् । पोखरा–१७ बिरौटास्थित एलपी देवकोटा मेमोरियल स्कुलको ग१क ६२१९ नम्बरको विद्यार्थी बोकेको बस पोखरा–२१ गुड्कुस्थित भित्री सडकमा अनियन्त्रित हुँदा सडकबाट ५० मिटर तल खसेको थियो । सो घटनामा पोखरा–२१ बस्ने उक्त विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र विद्यालयमा अध्ययनरत उनका छोरा ६ वर्षीय प्रिन्स विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो । दुवैजनाको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा

    • प्रकाशित मितिः साउन १४, २०८१
    • 428 पटक पढिएको
    • नेपाल रेखा
  • अनुचित लेनदेनसम्बन्धी उजुरीका चाङ

    महोत्तरी । स्थानीय प्रशासन तथा प्रहरी कार्यालयमा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी निवेदनका चाङ लागेका छन् । आर्थिक वर्ष २०८०–८१ सम्म दुई हजार पाँच सय ७३ वटा निवेदन फस्र्यौट नभएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।महोत्तरीमा यस प्रकृतिका निवेदन दुई हजार आठ सय नौवटा परेकामध्ये दुई सय ३५ वटा मात्र फस्र्यौट भएका छन् । अदालतमा विचाराधीन मुद्दा धेरै भएकाले निराकरणमा जटिलता भएको प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसबार बताउनुहुन्छ ।सरकारले मिटरब्याजबाट ठगिएकालाई उजुरी गर्न आह्वान गरेपछि स्थानीय प्रशासन र प्रहरी कार्यालयमा निवेदनको चाङ लागेको उहाँले बताउनुभयो । कानुनी सीमाका कारण धेरै मुद्दामा निर

    • प्रकाशित मितिः साउन १०, २०८१
    • 286 पटक पढिएको
    • नेपाल रेखा
  • मोरङको सुनवर्सी–१ केचना वजारमा प्रहरी चौकी स्थापना

    विराटनगर । शान्ति सुरक्षा थप सुदृढ वनाउन मोरङको सुनवर्सी नगरपालिका–१ स्थित केचना वजारमा प्रहरी चौकी स्थापना भएको छ । २०६५ सालदेखि सो क्षेत्रमा प्रहरी चौकी स्थापनाका लागि माग हुदै आएकोमा लामो समयपछि केचना सुक्रवारे वजारमा अस्थाई प्रहरी चौकी स्थापना भएको हो ।वुधवार एक कार्यक्रमका विच प्रहरी चौकीको कोशी प्रदेसका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारीले उद्घाटन गरे । आन्तरिक मामिलातथा कानुन मन्त्रालयको पहल र सुनवर्सी नगरपालिकाको सहयोगमा स्थापना भएको सो प्रहरी चौकीमा सहायक प्रहरी निरिक्षक असईको कमाण्डमा पाँचजना प्रहरी खटाइएको छ । कार्यक्रममा वोल्दै मन्त्री अधिका

    • प्रकाशित मितिः साउन १०, २०८१
    • 298 पटक पढिएको
    • नेपाल रेखा
  • सौर्य एयरको विमान दुर्घटनामा १८ यात्रुको निधन

    काठमाडौँ । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो । विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिनुभयो । उहाँले सङ्कलित ती शव अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको बताउनुभयो । प्रहरी उपरीक्षक विकका अनुसार सो विमानका चालक दलका एक सदस्यलाई जीवितै उद्धार गरिएको छ । सौर्य एयरको जहाज मर

    • प्रकाशित मितिः साउन ९, २०८१
    • 706 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]