सुन व्यवसायीले मनोमानी रुपमा ठगिरहेकोप्रति सरकारको ध्यानाकर्षण

  • भदौ २७, २०८१ / नेपाल रेखा
alt

काठमाडौँ । प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरुले नागरिता, सडक निर्माण, चाडपर्वमा महँगी नियन्त्रण गर्नुपर्नेलगायत विषय उठाएका छन् ।
बैठकको शून्य समयमा सांसद अच्युतप्रसाद मैनालीले नेपालको संविधानमा कुनै पनि नागरिकलाई नागरिकताबाट वञ्चित नगरिने व्यवस्था गरिए पनि अहिले पनि सयौँ नेपाली नागरिकताविहीन भएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
सांसद अनिशा नेपालीले राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडक निर्माणमा तीव्रता दिन सरकारको ध्यानाकर्षण गराइन्। सांसद अब्दुल खानले सुन व्यवसायीले मनोमानी रुपमा ठगिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै सुनचाँदीसम्बन्धी छुट्टै कानुन ल्याएर काम गर्नुपर्ने बताए ।
सांसद डा अमरेशकुमार सिंहले १७ लाख नागरिकले सवारी साधनको चालक अनुमतिपत्र नपाएको रसिदका भरमा हिँडिरहेको उल्लेख गर्दै सवारी साधन दर्ता र नवीकरण गर्ने काममा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
सांसद ईश्वरबहादुर रिजालले नारायणघाटदेखि बुटवलसम्मको सडकको अवस्था अत्यन्तै नाजुक रहेकाले सडक निर्माणका लागि ठेक्का दिँदा समय कम लगाएर बनाउनेलाई दिन सरकारसँग माग गरे ।
सांसद ईश्वरी घर्तीले शान्ति प्रक्रिया पूरा नहुँदा अझै पनि पीडितहरु न्यायको प्रतीक्षामा बसेको बताइन् ।
सांसद एकनाथ ढकालले संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्रीको उपस्थिति महत्वपूर्ण रहेको र गरिबी निवारण, दिगो विकास, नेपाल लगानी र भ्रमणका लागि उत्कृष्ट गन्तव्य रहेकोबारे कुरा राख्नुपर्नेमा जोड दिए । सांसद कल्पना चौधरीले चाडपर्वमा घर जाने यात्रुलाई सहज रुपमा यातायातको व्यवस्था गर्न र चाडपर्वको समयमा हुने महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद कुसुमदेवी थापाले जलवायु परिर्वतनका जोखिमका कारण नेपाल जोखिममा पर्दै गएकाले सर्वोच्च अदालतबाट आवश्यक कानुन बनाउन दिएको आदेशको कार्यान्वयन नभएकोप्रति सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद किरणकुमार साहले रौतहटको राजपुर नगरपालिकामा भ्रष्टाचार भएको तथा अन्य निकायमा पनि आर्थिक अनियमितता बढ्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
सांसद गणेश पराजुलीले सहकारी पीडितले कहिले न्याय पाउने भन्ने विषयमा गृहमन्त्री रमेश लेखकसँग जवाफ माग गरे ।
सांसद गोमादेवी लाभले चाडपर्व आउन लाग्दा कालोबजारी बढ्दै जाने र सडक दुर्घटना भएर धेरै धनजनको क्षति हुने गरेकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद चन्द्रबहादुर विश्वकर्माले भूकम्पबाट प्रभावित जाजरकोट र रुकुममा अहिलेसम्म पुनः निर्माण प्रक्रिया सुरु नभएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
सांसद जावेदा खातुन जागाले उपसभामुख ईन्दिरा रानाले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिइन् ।
शून्य समयमा बोल्ने सबै सांसदले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसका अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै मुलुकले महत्वपूर्ण व्यक्ति गुमाएको भन्दै दुःख व्यक्त गरेका थिए ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]