इटहरीमा कालो बजारी र मूल्य बृद्धि रोक्न समाजवादी मोर्चाको माग

  • असोज २१, २०८१ / नेपाल रेखा
alt

इटहरी । इटहरीको बजारमा म्याद गुज्रेका अखाद्य सामग्री खुलेआम विक्री वितरण भइरहेको भन्दै समाजवादी मोर्चाले त्यस्ता सामग्री बेच्नेलाई कार्बाहीको माग गरेको छ ।
मोर्चाले इटहरी उपमहानगरपालिका प्रमुखलाई ज्ञापनपत्र बुझाउदै त्यस्ता सामग्री बेच्नेलाई कार्बाही गर्न माग गरेको हो ।
मोर्चाको इटहरी उपमहानगर समितिले इटहरी उपमहानगर कार्यालयको तर्फबाट इटहरी बजार अनुगमन गरि काला बजारी, ठगी धन्दा रोक्न माग गर्दै इटहरी उपमहानगर प्रमुख हेमकर्ण पौडेललाई आइतबार ज्ञापनपत्र बुझाएको हो ।
चाडवाडको मौका छोपी खाद्य सामग्रीको अत्याधिक मूल्य बृद्धि गरिएकोले यसको मार सर्वसाधारण नागरिकमा परेको समाजवादी मोर्चाले ठहर गरेको छ ।
ज्ञापनपत्रमा बाढी पहिरोबाट पीडित परिवारलाई चाँडो भन्दा चाँडो राहत उपलब्ध गराउन र घाइतेको उपचार निःशुल्क गर्नका लागि स्थानीय सरकार मार्फत प्रदेश र संघीय सरकारसँग माग गरिएको नेकपा (माओवादी केन्द्र) का इटहरी उपमहानगर कमिटि अध्यक्ष बहादुर सिंह तामाङ्ग (ज्वाला) ले बताए । ज्ञापनपत्रमा माओवादी केन्द्रका उपमानगर अध्यक्ष तामाङ्ग सहित नेकपा समाजवादीका इटहरी नगर संयोजक गौरीमान परियार, जसपा नेपाल नगर अध्यक्ष डिल्ली सुब्बाले हस्ताक्षर गरेका छन् ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]