घटना रोक्न बालबालिकालाई संगठीत गरेर सचेतनामूलक कार्यक्रम

  • असोज २४, २०८१ / नेपाल रेखा
alt

इटहरी । उनको उमेर १० वर्ष पुग्यो । उनी विराटनगरको इक्राईमा बस्छिन् । उनी कक्षा ६ मा पढ्छीन् ।
उनको पारिवारिक अवस्था कमजोर छ । आमाले चिया पसल गर्छिन् । बुबा धेरै रक्सी पिउँछन् । ती बालिकालाई आफ्नै बुवाले पोर्न भिडियो देखाउँछन् । उनका बुबाले भिडियो हेर्न र स्कुल नजान उत्प्रेरित गर्छन् । उनका बुवाले आमालाई मानसिक तनाव, अश्लील भिडियो र साइट देखाएर यातना दिन्छन् ।
आफ्नी छोरीलाई मात्र होइन् । बालिका बाबुले आमालाई समेत यौन दुव्र्यवहार गर्छन् । अहिले उनका बाबुलाई आमाले वैवाहिक बलात्कारको मुद्दा दायर गरेर कानुनी कारबाही भइरहेको छ । अहिले बालिका नियमित विद्यालय जान थालेका छन् ।
यसैगरी, उनको उमेर १४ वर्ष पुग्यो । उनी इटहरी वडा नं. ४ आइताबारेमा बस्छिन् । उनी स्थानीय विद्यालय कक्षा १० मा पढ्छिन् । उनको पनि पारिवारिक अवस्था कमजोर छ । जसले गर्दा उनको आमा घर सफा गर्ने काम गर्ने गर्छिन् । बाबु पनि ज्याला मजदुरीको काममा व्यस्त हुन्छन् ।
बाबुआमा नभएको बेला ती बालिका फोनमा मात्र झुम्मिने गर्थिन । उनी सामान्यतया फेसबुकमा अपरिचित व्यक्तिसँग कुरा गर्थिन् । फेसबुकमार्फत नै उनी गाढा प्रेममा परिन् । यही सिलसिलमा उनको साथीले होटलको कोठामा बोलाए । उनी भेट्न गइन् । ती युवाले बालिकासँग शारीरिक सम्बन्ध राख्न प्रस्ताव गरे । ती युवाको प्रस्तावमा बालिका राजी भइन् ।
तीन महिनापछि बालिका गर्भवती भइन् । उनको समस्या बाहिर आयो । सामाजिक कारणले गर्दा आफनो छोरीको समस्या अरूसँग बाँड्न सक्दिन थिइन् । त्यसपछि उनी श्रमिक महिला साझा मञ्च नेपालको सम्पर्कमा पुगिन् । श्रमिक महिला साझा मञ्च नेपालले कोशी अस्पताल विराटनगरसँगको समन्वयमा नाबालिग भएकाले गर्भपतन गरायो । अहिले ती बालिका भ्वाइस अफ चिल्ड्रेनको सम्पर्क छीन् ।
एकपछि अर्को घटना हुने क्रममा विराटनगर, बुद्धचोककी १६ वर्षे बालिका कक्षा ११ मा पढ्छिन् । उनका बुवा विदेशमा छन् भने आमा गृहिणी हुन् । ती बालिका पनि साथीभाईको लहैलहैमा लागेर प्रेम गर्छिन् । उनको प्रेमी स्वास्थ्य सहायक थिए । उनको प्रेमीले उनीसँग यौन सम्बन्ध राख्ने उद्देश्य राख्छन । उनले तुरुन्तै उनको उद्देश्य अस्वीकार गरिन्। त्यसपछि प्रेमीले उनलाई सामाजिक सञ्जालबाट अश्लील शब्दहरू प्रयोग गरे, धम्की दिए । लामो समयसम्म दुव्र्यवहार गरे त्यसपछि उनी चिन्तित भइन् र नियमित रूपमा अध्ययन गर्न सकिनन् । उनले आमालाई समेत आफ्नो केस कसैलाई सेयर गर्न सकिनन् । त्यसपछि अन्ततः उनले आफ्ना प्रेमीलाई भेट्ने निर्णय गरिन् ।
जब उनी एक्लै भेट्न गइन्, उसले जबरजस्ती गर्न खोज्यो । उनी चर्को स्वरले चिच्याइन्, त्यसपछि छिमेकी आएर उद्धार गरे । उनीहरूले प्रहरीलाई बोलाए र उनलाई पक्राउ गरे, अहिले उनी प्रहरी हिरासतमा छन् ।
पछिल्लो समय फेसबुक, म्यासेन्जर, टिकटक, युटयुव, भाइवर, ह्वाटसअप, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जाल तथा अनलाइन भिडियो गेममार्फत बाल यौन दुव्र्यवहार हुने गरेको छ । अनलाइनबाट हुने बाल यौन दुव्र्यवहारमा बालिकाको शारीरिक, मानसिक, शैक्षिक, नैतिक, सामाजिक विकासमा असर पुग्ने गरेको छ ।
भ्वाइस अफ चिल्ड्रेनले अनलाइनमार्फत हुने यौन दुव्र्यवहार रोक्ने सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । भ्वाइस अफ चिल्ड्रेनको रेकर्ड अनुसार सन् २०२२ यता सुनसरी र मोरङमा ७२ वटा घटना अनलाइनमार्फत यौन हिंसाका घटना भएका छन् । यी घटनामा संलग्न दोषीलाई कारबाही गर्न र पीडितलाई संरक्षण भ्वाइस अफ चिल्ड्रेनले गर्दै आएको कार्यक्रम संयोजक लिला भुजेलले बताइन् । उनका अनुसार अनलाइनमार्फत बालिकालाई जर्वरजस्ती करणी, वेचविखन र मानसिक तनाब सिर्जना गर्ने गरेका पाइएको छ ।
यसरी निरन्तर रुपमा अनलाइनमार्फत विशेषगरी पुरुषबाट हुने यौन हिंसा रोक्नका लागि भ्वाइस अफ चिल्ड्रेनले सुनसरी र मोरङका विद्यालयस्तरमा सचेतना कार्यक्रम गर्दै आएको छ । पहिलो चरणमा इटहरीका ३६ वटा सामूदायिक विद्यालयमा सचेतना कार्यक्रम सकिएको छ । यस्तै, २५ वटा बालअधिकार समिति, ३३ वटा रेडियो स्रोत क्लब र २७ वटा बाल क्लब गठन गरि यौन दुव्र्यवहारबाट बच्ने कार्यक्रम गर्दै आएको संयोजक भूजेलले बताइन् ।

Kisori.jpg 1

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]