मुख्य समाचार

    Showing 61-70 of 107 items.
  • प्राविधिक र समतामुलक शिक्षामा सरकारले जोड दिएको छः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल

    इटहरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले समतामुलक शिक्षामा सरकारले लगानी गरिरहेको बताउनु भएको छ । सुनसरीको इटहरीमा शुक्रबार नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालयको उद्घाटन गर्दै मन्त्री पोखरेलले विपन्न वर्गलाई प्राविधिक शिक्षा दिएर दक्ष बनाउन सरकार लागि परेको बताउनु भयो । मन्त्री पोखरेलले विपन्न समुदायलाई प्राविधिक शिक्षासँग जोडेर गरिबीलाई सुन्यमा झार्ने सरकारको लक्ष्य रहेको पनि जानकारी दिनु भयो । उहाँले जिवनको आवश्यकतासँग जोडेर प्राविधिक शिक्षा दिने अभियान स्थानीय तहदेखि नै सुरु गरिएको पनि प्रष्ट पार्नु भयो । उहाँले भन्नुभयो–‘७० प्रतिशत विद्यार्थील

    • प्रकाशित मितिः मंसिर १९, २०७७
    • 398 पटक पढिएको
    • "नेपाल रेखा"
  • संसद रामकुमारी चौधरीको नेतृत्वमा शहीद स्मृति विद्यालय परिसरमा सरसफाई

    इटहरी । सुनसरीको इटहरी १९ भवानीपुरमा अवस्थित शहीद आवासीय स्मृति विद्यालय परिसरमा सोमबार बिहान सरसफाई गरिएको छ । संघिय संसद तथा पूर्व राज्यमन्त्री रामकुमारी चौधरी, प्रदेश १ संसद उमिता बिक, संविधानसभा सदस्य सन्तोष थारुको नेतृत्वमा सो विद्यालय परिसरमा सरसफाई गरिएको हो । सरफाई कार्यक्रममा १९ नम्बर वडा अध्यक्ष श्री नारायण चौधरी, सोही विद्यालय व्यवस्थापन समिति अध्यक्ष मणिराम गिरी, प्रधानाध्यापक शिवचन्द्र राई, शिक्षक रिता फूयल साथै विद्यालयका अन्य कर्मचारी वर्गको समेत सहभागिता रहेको थियो । शहीद स्मृति विद्यालय परिसर सरफाई गर्न धरानबाटसमेत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता, कार्यकर्ताहरु आएका थिए

    • प्रकाशित मितिः कार्तिक २४, २०७७
    • 925 पटक पढिएको
    • "नेपाल रेखा"
  • भावुक हुँदै बिदाई भए न्यायाधीशहरू

    नेपालरेखा / सप्तरी । सप्तरी जिल्ला बार एकाइले सरुवा भएर जान लागेका सप्तरी जिल्ला अदालतका न्यायाधीशलाई सम्मानका साथ बिदाइ गरेको छ । जिल्ला बार एकाइको सभाकक्षमा आयोजित एक समारोहबीच बार एकाइ र कानून व्यावसायीले मायाको चिनोसहित सम्मानका साथ बिदाइ गर्दा न्यायाधीशहरू भावुक बने । कार्यक्रममा सप्तरी जिल्ला अदालतका प्रमुख न्यायाधीश चन्द्रमणि ज्ञवालीले आफू ठिक भए वातावरण पनि ठिक हुने बताए । कानूनी ज्ञानका लागि सप्तरी जिल्ला अदालत विश्वविद्यालय रहेको भन्दै न्यायाधीश ज्ञवालीले सबैले ज्ञान, विवेक र अनुभवका आधारमा इमान्दारितापूर्वक न्यायको उद्देश्यमा केन्द्रित भएर काम गर्नुपर्ने बताए । सप्तरी जिल्ला अदालत

    • प्रकाशित मितिः असोज २६, २०७७
    • 421 पटक पढिएको
    • "नेपाल रेखा"
  • रामु पोख्रेल राप्रपाको केन्द्रीय नेतृत्वमा

    नेपालरेखा / इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समिति विस्तार गरी ७२७ जना सदस्य पु¥याईएको छ । पार्टी एकीकरण भएपछि ३२७ जना सदस्य रहेको कार्य समितिमा आइतबार ४०० जना थप भई ७२७ जनाको केन्द्रीय कार्यसमिति निर्माण भएको हो । एकीकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलो पटक केन्द्रीय कार्य समितिको विस्तार भएको राप्रपाले जनाएको छ । सो पार्टीले असोज २९ गतेसम्म जिल्लास्तरमा समायोजन सम्पन्न गरिसक्ने र आगामी बैशाख २५ देखी २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा लाग्ने जनाएको छ । हालै चयन गरिएका नयाँ केन्द्रीय सदस्यहरूमा इटहरीबाट युवा समाजसेवी तथा राजनीतिक

    • प्रकाशित मितिः असोज २६, २०७७
    • 505 पटक पढिएको
    • "नेपाल रेखा"
  • इटहरीमा पाइन्छ सुत्केरी गाई, भैंसीको भत्ता

    इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले ३० वटा गाई, भैंसीलाई सुत्केरी भत्ता दिएको छ । गाई, भैंसी ब्याउदा दानापानीमा खर्च गर्न नसक्ने किसानलाई गाई, भैंसी सुत्केरी भत्ता दिइएको हो । इटहरी उपमहानगरपालिकाको पशुपक्षी विकास शाखा प्राविधिक ठक्करबहादुर खत्रीले पशुपालक किसानहरुलाई सुत्केरी भत्ता स्वरुप कुल ७५ हजार वितरण गरिएको बताए । सुत्केरी पशुलाई पौष्टिक आहार खुवाउन उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रममा ७५ हजार बजेट विनियोजन गरेको थियो । सुत्केरी भत्तास्वरुप वितरण गरिएको रकम सहकारी सदस्य, पशु विमा भएको गरिब किसानलाई पशुपालनका लागि प्रोत्सहान स्वरुप भत्ता वितरण गरिएको

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • 787 पटक पढिएको
    • "नेपाल रेखा"
  • अभूतपूर्व एकताका साथ संविधान संशोधन विधेयक पारित

    काठमाडौँ । नेपालको वास्तविक नक्शा निशान छापमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ लाई प्रतिनिधिसभाको शनिबारको बैठकको दुई तिहाइभन्दा बढी मतले पारित गरेको छ । दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक आजको प्रतिनिधिसभा बैठकबाट पारित भएको हो । संविधानतः विधेयक पारित हुन प्रतिनिधिसभामा हाल कायम रहेका सदस्यको दुई तिहाइ बहुमत आवश्यक पर्छ । शनिबारको मतदानमा सबै सहभागीले पक्षमा मतदान गरी राष्ट्रियताका विषयमा अभूतपूर्व एकता

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • 527 पटक पढिएको
    • "नेपाल रेखा"
  • सरकारद्वारा कोरोना नियन्त्रण खर्च सार्वजनिक

    काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको छ  ।कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा सो खर्च भएको जनाइएको छ । नेपालमा पहिलो सङ्क्रमण आशङ्कामा सङ्कलन गरिएको स्वाब नमुना परीक्षणका लागि हङ्कङ पठाइएको थियो । गुणस्तरीय र व्यवस्थित प्रयोगशालाको अभाव रहेको अवस्थाबाट तीन महिनाको अवधिमा देशमा २० भन्दा बढी प्रयोगशाला सरकारले स्थापना गरिसकेको छ । भारतलगायत विभिन्न देशबाट आएका एक लाख ५८ हजार ५० जना नेपाली अहिले क

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • 389 पटक पढिएको
    • "नेपाल रेखा"
  • धुमधामका साथ भइरहेको बालविवाह रोकियो

    सोलुखुम्बु । थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा धुमधामका साथ भइरहेको बालविवाह रोकिएको छ । आइतबार तामझामका साथ दुलहीको घरमा दुलहासहित जन्ती आएको गोप्य सूचना पाएपछि जनप्रतिनिधि र प्रहरी पुगेर उक्त बालविवाह रोकेको वडाध्यक्ष भूपालसिं राईले जानकारी दिनुभयो । वडाध्यक्ष राईका अनुसार लोखिमका एक १९ वर्षीय युवक र १६ वर्षीया युवतीबीच दुवैको मञ्जुरीमा नै विवाह भइरहेको थियो । प्रहरी र जनप्रतिनिधि बेहुलीको घरैमा पुगेर दुवै पक्षलाई सम्झाइबुझाई विवाह रद्द गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो । मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ को

    • प्रकाशित मितिः जेठ २६, २०७७
    • 256 पटक पढिएको
    • "नेपाल रेखा"
  • प्रदेश १ को नीति कार्यक्रमः मेरो कृषि, मेरो पौरख

    विराटनगर । प्रदेश नम्बर १ को सरकारका तर्फबाट प्रदेशसभामा वार्षिक नीति तथा कार्यक्रम पेश भएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ३५ (१) बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले आर्थिक वर्ष २०७७÷७८ का लागि सो कार्यक्रम सदनमा प्रस्तुत गर्नुभयो । नीति तथा कार्यक्रममा कोरोना भाइरसको महामारीद्वारा सिर्जिएको सङ्कटबाट प्रदेशलाई मुक्त गर्नु प्रदेश नं १ सरकारको पहिलो दायित्व हुने हुने उल्लेख छ । नीति कार्यक्रममा आगामी आर्थिक वर्ष २०७७÷७८ मा स्वास्थ्य र कृषि पहिलो प्राथमिकतामा रहने उल्लेख छ । कोभिड–१९को नियन्त्रण, रोकथाम र उपचार कार्यमा खटिने स्वास्थ्यकर्मी, अन्य

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • 449 पटक पढिएको
    • "नेपाल रेखा"
  • ६१ जिल्लामा सङ्क्रमण, २६६ जना डिस्चार्ज

    काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण नेपालका ६१ जिल्लामा देखा परेको छ । पछिल्लो रिपोर्ट अनुसार प्यूठानमा एक र पर्वतमा सातजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको जिल्ला ६१ पुगेको हो । कोभिड–१९ को सङ्क्रमण जेठ २० गते मंगलबार एकै दिन २८८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको रिपोर्ट अनुसार विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा २७० पुरुष र १८ महिलामा सङ्क्रमण देखिएको हो । यसअघि सोमबार २३९, गत शनिवार १८९ र गत शुक्रबार १७० जनामा सङ्क्रमण देखिएको थियो । योसँगै सङ्क्रमितको सङ्ख्या दुई हजार ९९ पुगेको छ । तीमध्ये पुरुष एक हजार ९४९ र महिला १५० रहेका छन् । एकै

    • प्रकाशित मितिः जेठ २१, २०७७
    • 210 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]