धुमधामका साथ भइरहेको बालविवाह रोकियो

  • जेठ २६, २०७७ / "नेपाल रेखा"
alt

सोलुखुम्बु । थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा धुमधामका साथ भइरहेको बालविवाह रोकिएको छ । आइतबार तामझामका साथ दुलहीको घरमा दुलहासहित जन्ती आएको गोप्य सूचना पाएपछि जनप्रतिनिधि र प्रहरी पुगेर उक्त बालविवाह रोकेको वडाध्यक्ष भूपालसिं राईले जानकारी दिनुभयो ।

वडाध्यक्ष राईका अनुसार लोखिमका एक १९ वर्षीय युवक र १६ वर्षीया युवतीबीच दुवैको मञ्जुरीमा नै विवाह भइरहेको थियो । प्रहरी र जनप्रतिनिधि बेहुलीको घरैमा पुगेर दुवै पक्षलाई सम्झाइबुझाई विवाह रद्द गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ को उपदफा २ मा २० वर्ष नपुगी मञ्जुरीमा नै गरिएको विवाहलाई कानून विपरीत मानिएको छ । उमेर नपुगी भएको विवाह स्वतः रद्द हुनेसमेत उल्लेख गरिएको छ । साथै उपदफा २ मा विवाह गर्ने गराउने व्यक्तिलाई समेत तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ ।

सामाजिक सद्भाव र दिग ...

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापत ...

कात्स्यव गोत्रीय अधि ...

सामाजिक, सांस्कृतिक तथा निजामती सेवामा लामो अनुभव हासिल ...

बर्डफ्लु नियन्त्रणमा ...

चितवन । पन्छीमा देखिएको बर्डफ्लु रोग नियन्त्रणमा आएसँगै ...

दक्षिणकाली माताको मन ...

हेटौँडाको सानोपोखरास्थित प्रसिद्ध श्री दक्षिण ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]