कुमोद अधिकारीविराटनगर । विराटनगर महानगरपालिकाको न्यायिक समितिले पूर्णता पाएसँगै इजलास सञ्चालनमा आएको छ । १० औं नगर सभाको दोस्रो बैठकले समितिमा दुईजना सदस्य नियुक्त गरेको थियो । नवनियुक्त सदस्यलाई समितिकी संयोजक तथा उपमेयर शिल्पा निराला कार्कीले सोमबार एक समारोहका बीच सपथ ग्रहण गराएकी छन् । कार्यक्रममा समितिका सदस्य तीर्थेन्द्र नेउपाने र रुपा देउजालाई संयोजक कार्कीले सपथग्रहण गराएकी हुन् । नेउपाने विराटनगर महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हुन् देउजा विराटनगर ९ की वडा सदस्य हुन् । न्यायिक समितिको संयोजक उपमेयर हुने संवैधानिक व्यवस्था छ । सफथ ग्रहणपश्चात उपमेयर कार्कीले न्याय सम्पादनम
विराटनगर । इस्लाम धर्मावलम्वीहरुले मनाउने दोस्रो ठूलो चाड बकरिद(ईद उल अजहा) विराटनगरमा हर्षोउल्लासका साथ मनाइएको छ ।यसै उपलक्ष्यमा आइतबार बिहान विराटनगर–१३ स्थित इदगाहमा सामूहिक नमाज(प्रार्थना) गरिएको छ । ठुलो शंख्यामा मुस्लिम समुदाय सहभागी भएर सामुहिक नमाज गरेका थिए ।इस्लाम धर्मावलम्बीहरूको महान चाड बकर ईद रमजान पर्वको ७० औं दिनमा मनाउने धार्मिक परम्परा छ । इस्लाम पात्रो हिजरी सम्वत् अनुसार नयाँ वर्षको जुल हिज्जा महिनाको दशौं दिनमा यो पर्व मनाइन्छ । ईदलाई आत्मशुद्धिको पर्व समेत भनिन्छ । यो पर्व मनाउनुअघि इस्लाम धर्मावलम्बीहरू बिहानै नुहाइ–धुवाइ गर्छन् । शरीरलाई शुद्ध बनाउँछन् । त्
इटहरी । प्रकृति पुजक किराँत राई समुदायले बैशाख पूर्णिमादेखि एक महिनासम्म मनाउने पर्व उभौली सुनसरीको इटहरीमा विभिन्न कार्यक्रमकाबिच धुमधामका साथ मनाइको छ ।किराँत राई वान्तवा खिम केन्द्रीय कार्यसमितिको आयोजनामा इटहरीमा बहुउद्धेश्यीय साँस्कृतिक संग्रालय भवन शिलान्यास, साकेलासिली लगायतका जातीय नाच सहित धुमधामका साथ मनाइएको हो ।आदिमकाल देखि नै पूर्वी नेपालमा किराँत समुदायको सघन रुपमा बसोबास रहदै आएको छ । किराँत समुदायले मनाउने चाडपर्वहरुले पूर्वी नेपालको धार्मिक तथा सांस्कृतिक विविधतामा महत्व राख्दै आएको छ । प्रकृति पुजक किराँत समुदायले मान्ने महत्वपूर्ण चाड उभौली बाली लगाएपछि मनाउने गरिने किराँत र
धरान । सम्पूर्ण उत्पीडित दलित शिल्पि एक होऔ भन्ने नाराकासाथ धरानमा १७ औ जातीय विभेद तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस सम्पन्न भएको छ । जेठ २१ गते धरान भानुचौकको लोकतान्त्रिक चौतारीमा सम्पन्न भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) नेता मुकसामहाङ मेन्याङ्बो (मुकेश) ले २०६३ साल जेठ २१ गते भएको जातीय विभेद तथा छुवाछूत उन्मुलन राष्ट्रिय घोषणा र २०७२ को नयाँ संविधानमा दलितको हकलाई मौलिक अधिकारमा लिपिबद्ध गर्दै दलित राष्ट्रिय आयोगको व्यवस्था हुनु दलित आन्दोलनको महत्वपूर्ण उलपलब्धिको रूपमा लिनुपर्ने वताए । हजारौं बर्ष देखि प्रतिक्रियावादीहरूले आफ्नो स्वार्थ सिद्ध गर्न निर्माण गरेको विचार र व्
इटहरी । स्थानीय तहमा निर्वाचित दलित जनप्रतिनिधिहरुले छुवाछुत व्यवहारिक रुपमा अन्त्यका लागि नेतृत्वदायी भूमिका खेल्नु पर्ने सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रमका सहभागी वक्ताहरुले बताएका छन् ।दलित कल्याण संघको आयोजनामा इटहरीमा आयोजित कार्यक्रमका वक्ता अतिथिहरुले छुवाछुत अन्तका लागि जनप्रनिधिहरुले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिएका हुन् ।कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै दलित कल्याण संघका केन्द्रीय अध्यक्ष मोतीलाल नेपालीले छुवाछुत व्यवहारिक रुपमा अन्त्य साथै अन्तरघुलनका क्षेत्रमा काम गर्नु पर्नेमा जोड दिए । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिताकुमारी चौध
इनरुवा । इनरुवा । एक साता अघि भएको स्थानीय तह चुनाव २०७९ अन्तर्गत सुनसरी जिल्लाको कोसी गाउँपालिकाको ७ नम्बर वडाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार लालदेव सदा निर्वाचित भएका छन् । २७ बर्षीय युवा सदाले लोकप्रिय ११ सय मत ल्याएर वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् । जम्मा २ हजार ४ सय ९९ मत खसेको थियो । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रामचन्द्र महतो कोइरीले ४ सय ४२ मत ल्याएका छन् । उनले वडा अध्यक्षमा दोहोर्याए पनि सफल हुन सकेनन् । सदा अर्थात मुसहर समुदायबाट जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि उनको चुलिनु साथै सर्वत्र चासो बढ्न थालेको छ ।
लोकतन्त्र वितरणमुखी राज्य व्यवस्था भएको हुँदा केन्द्रिकृत उपभोगको नीति निर्वाचन आयोगले अवलम्बन गरेसम्म त्यस्तो निर्वाचनलाई संघियतामुखी लोकतान्त्रिक अभ्यास मान्न सकिदैन । यसर्थमा बैसाख ३० गते सम्पन्न स्थानीय निर्वाचन प्राविधिक रुपमा लोकतान्त्रिक हो तर व्यवहारिक रुपमा लोकतान्त्रिक होइन । यस्तो पद्दतिबाट निर्वाचित पदाधिकारीहरु जनताका लागि लोकतान्त्रिक अभ्यास गर्छन् भन्ने कुरामा भरोसा गर्न सकिदैन । लोकतन्त्रमा सार्वभौम सत्ताको जन्म वालिगमतााधिकारबाट सम्भव छ भन्ने कुरामा विश्व जनमत विश्वस्त छ । त्यस्तो सार्वभौम सत्ता जन्माउने र वालिगमताधिकार प्रयोग गर्ने विधिमध्ये प्रथम हुने निर्वाचन प
बास्तविक रुपमा आम—नागरिक त त्यतिवेला खुशी र सुखी होलान जतिवेला आफुले चुनेको प्रतिनीधीले आफ्ना लागि, टोल, समाज र पुरै सार्वजनिक हितका लागि काम गर्नेछन् । अन्यथा नागरिकका सुखका सपना अन्यत्रै हरण नहोला भन्न पनि सकिदैन् । बैसाख ३० गते देशै भरिका ७५३ स्थानिय तहमा हुने निर्वाचनको उत्साह लगभग अहिले हरेक नेपाली जनताको घर आगनमा प्रवेश गरिसकेको छ । जनताको शासन स्थापीत गर्न संबिधानमा ब्यवस्था भएको आवधिक निर्वाचनले नै संघिय लोकतान्त्रिक गणतन्त्रको संस्थागत बिकाश पनि गर्ने छ । यद्दपी, अहिले पनि स्थानिय सरकारको कार्यकुशलता, शुसासन, पारदर्शीता र जवाफदेहिता साथै प्रभावकारि सेवा बितरणमा अझै
नेपालरेखा । इटहरी / पत्रकार एवं अधिवक्ता शालिग्राम पाण्डेको संस्मरणात्मक कृति ‘मुल्तबी कथा’ आइतबार इटहरीमा सार्वजनिकीकरण गरिएको छ । सामुदायिक प्रकाशन प्रालिद्वारा प्रकाशित ‘मुल्तबी कथा’ नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा, प्राध्यापक डा. बद्रीविशाल पोखरेल, अधिवक्ता द्वय सुमनचन्द्र कार्की, सारदाप्रसाद अधिकारी र समाजसेवी बिश्वप्रसाद रिजालले सार्वजनिक गरेका हुन् । सामुदायिक प्रकाशन प्रालिका अध्यक्ष सामेल पाण्डेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सर्जकहरू बद्रीविशाल पोखरेल, सुविद गुरागाई, दिनेश पौडेल, विक्रमश्री, बिसप ताम्राकारलाई
नपालरेखा ।ईटहरी । नेकपा एमाले सातौं जिल्ला अधिवेशनमा जिल्ला सदस्य पदमा एमाले निकट बिद्यार्थी संगठन अनेरास्वबियू सुनसरीकी प्रखर नेता अन्जु पाण्डेले २३२ मतको भारी अन्तरले सुनसरी जिल्ला सदस्य पदमा निवार्चित भएकी छन् ।अनेरास्वबियू बिद्यार्थी महिला कोटाबाट उम्मेदवारी दिएकी उनले आठ सय ७४ मत प्राप्त गरि बिजय हासिल गरेकी हुन् । नेता अन्जु पाण्डेको निकटतम प्रतिद्वन्दि मोनालिसा श्रेष्ठले ६ सय ४२ मत प्राप्त गरेकी थिईन् । २७ गते, मंगलवार सुनसरीको ईनरुवामा भएको निवाचनमा अनेरास्वबियू बिद्यार्थी महिला क्लसटरमा कुलमत अठार सय ५ खसेकोमा तिन सय ५ मत बदर हँदा कुल मत पन्ध्र्र सय रहेको थियो । लामो समयदेखि एमाले